जितेन्द्र श्रेष्ठ
काठमाडौं
सिन्धुपाल्चेाकको हैवुङ् गाउँबाट भारतको
मुम्बईको कोठीमा वेचिएका चेलीले अमेरिकाबाट अन्तराष्ट्रिय पदक पाए पछि आम नेपालीहरु मात्र हैन अन्तर्राष्ट्रि
जगतमै ख्याति कमाईरहेका चरिमायाँ तामाङ् ले उनले पाएको सम्मान संसारभरका मानव बेचबिखनको बिरुद्धमा आवाज
उठाउने हरुको जित हो भनेकी छिन् । नेपालका दलाल र मानव तस्करमा लाग्ने हरुको लागि त झनै गम्भीर धक्का हो चुनौती हो
। उनको भनाई छ। उनी समावेश रहेको संस्था शक्ती समुहले मानब बेचबिखन र अबैधानिक ओसार पोसारको बिरुद्धमा
२०४५ सालबाटै काम गर्दै आएको छ । चेलिवेती बेचबिखन रोकथाम गर्नुसंरक्षण सुरक्षण र सहयोग गर्नु कानुनी उपचार लगायत का काम गर्दै
आएका यी समुहको कामको मुल्याँकन स्वदेसमा मात्र हैन बिदेशमा पनि लोकपि्रय कमाउन सफल भए । फलतः त्यस
संस्थाकी चरिमाया तामाङ 'आधुनिक दासता विरुद्धको नायक २०११ अन्तर्राष्ट्रिय पुरस्कार' जित्न सफल भएकी छिन् ।
२०६८ असारको १३ गते अमेरिकी बिदेश मन्त्री हिलारी क्लिन्टको हातबाट आधुनिक मानव दासता अन्तको लागि कि्रयाशिल नायक - २०११ बाट सम्मानित हुनुभएकी चरिमायाँ तामाङलाई क्लिन्टनको अँगालोले स्वागत गर्दा आफुले गरेका सबैकाम फिका लागेको बताउँछीन् । आफुले गरेको योगदानको थाहै नपाई उनले यत्रो अन्तरष्ट्रिय सम्मान पाएकोमा देशको गौरब बताउने चरिमायाँ आफैमा संपुर्ण चिनारी बनेकी छिन् । बिगत बर्षमा मुम्वईको कहालीलाग्दो जीवनबाट आजको अवस्थामा आइपुग्दा उनका भोगाइ निकै चुनौती पपुर्ण नै रहेको चरिमायाँ बकताउँछीन । मुम्बइ बाट उद्धार भएपछि उनकै सकि्रयतामा स्थापनाभएको सक्ती समुहले हाल यस क्षेत्रमा काम गर्दै आएको छ । बेचिइ सकेकालाई स्वदेश फिर्ती पुनस्र्थापना सुरक्षित गृह र परिवार समाज सँगको पुर्नमिलनको काम गरिरहेको सक्ती समुहले हाल देशका १० जिल्लामा काम गरिरहेको छ । पहिलेका दिन हरुमा जस्तो कुनै जिल्ला र क्षेत्रमा मात्र मानव बेचबिखन हुने नभई देशका ७५ जील्लामा हुने भएकाले यसलाई देसव्यापी बनाउनु पर्ने चरिमायाँले बताउने गरेकी छिन।
नेपालबाट हाल पनि बर्षेनी पाँच हजारको हाराहारीमा मानिस बेचिने गरेको अनुमान लगाइन्छ । यसमा सबैभन्दा बढी उपत्यका नजिकैको जिल्ला नुवाकोट र सिन्धुपाल्चोक बाट मानव ओसारपोसार हुने गरेको अनुमान गरिएको छ । मानव बेचबिखन बिरुद्धमा कार्यरत संस्थाहरुको काम प्रभावकारी नभएको आलोचना भइरहेको बेला नेपालबाट मानव बेचबिखन र अबैधानिक रुपमा मानव ओसार पसार गर्नेको बिरुद्धमा काम गर्ने दुई व्यक्तिले अन्तराष्ट्रिय स्तरको सम्मान पाएका छन् । माइती नेपाल संस्थाको नामबाट यो क्षेत्रमा काम गरेकी अनुराधा कोइराला २०१० को सिएनएन हिरोको रुपमा सम्मानित भएको एक बर्ष नबित्दै चरिमायाँ तामाङले पनि एक अन्तराष्ट्रिय नायकको उपाधी पाएकी छिन । तिनै चरिमायाँ तामाङसँग उनको चित्कारबाट आजको उपलब्धी को बारेमा गरिएको कुराकानीको संपादित अंस ।
आत्मलाप
म आजभन्दा ३४ बर्षअघी सिन्धुपाल्चोकको हेबुङ गाउँमा जम्मेकी हुँ । खेतीपातीले धानेको परिवार खानै नपाउने गरिव पनि हैन भने सुख सुबिधा सम्पन्न । धनी पनि हैन । खनिखोस्री खाने पाखेाबारी थियो भने केही बाख्रा गाईबस्तु पनि थिए। २०४६ सालमा मैले कक्षा पाँच पास गरेको थिए । गाउँको सबै परिवार मध्ये म एक्लैमात्र छात्र बिद्यार्थी थिएँ । कक्षा पाँचको उतिर्ण पछि नजिकै बिद्यालय नभएका कारण बिद्यालय जान पाइएन । मलाई थाहा थियो गउँबाट छोरी चेलीहरु बेचिदै गएका छन् र यसमा ठुलो दलाल समुहको हात रहेको छ । तिनीहरुलाई पनि मैले चिनेको थिएँ ।
गाउँको पढेलेखेको भित्र परेकेा हुनाले प्रौद्ध बाल शिक्षामा म सहयोगीको रुपमा काम गर्ने गरेको थिएँ । उक्त कार्याक्रमहरुमा मैले उनिहरुको बिरुद्धमा बोल्न थालेँ । यसको परिणामतः मलाई स्थानिय दलाल हरुले धम्की दिन थालेका थिए । तर मैले यो क्रम रोकेको थिइँन । २०५० सालमा मेरो बुबा बित्नुभयो । बुबा बितेपछि तिनीहरुले मलाई यस्तो पढेको मान्छेलाई बिदेशमा जागिर लागाईदिन्छौं भनेर फकाउन थाले । मैले मानिनँ तिनीहरुले मलाई अपहरणको लागि योजना बनाइराखेका थिए । त्यहि महिनाको चैत्रमा म घाँस काट्न जंगल गएको बेला जंगलमानै दुई व्यक्ती फकाउन आए । मैले मानिनँ । हप्काए कुटे । म भाग्न खोजंे तर मेरो केही लागेन मलाई हातपात गर्न थालेपछि चिच्याउन थालंे । अन्तमा मलाई बेहोस पार्ने आषधि खुवाइयो । त्यसपछि के गरे मलाई थाहा भएन । होस आउँदा गोरखपुर भन्ने सहरमा पुगेको बाहिरका रिक्सावाला गाडिवाला हरुको आवाज र पसलमा टाँगिएको फ्लेक्सवोर्डहरुबाट थाहा पाएँ । म चिच्याएँ कराएँ मलाई छोडिदिन आग्रह गर्दै तर कसैले सुनेनन् । एक खालको लामो गाडिमा हालेर मलाई लगियो पछि थाहा पाएँ बुभुदा रेल पो रहेछ । उनीहरुले हामी पनि घरै जाने हो सँगै फर्काैला भन्दैथे । रात र दिन केहि थाहा भएन भएन कास्मिर लाने भन्थे । भोलिपल्ट होला मलाई अँधेरी भन्ने ठाउँमा लगिएछ । त्यहाँ गएपछि एक महिला आएर मलाई लएिर गइन् । हामी जाने ठाउँमा पुरुष र महिलालाई एकै पटक लगेमा प्रहरीले समात्ने भएकाले यो केटी सँग जान तिनीहरुले भने । मैले घर लान भनिरहेँ तर तिनीहरु बेस्सरी हाँसे । धेरै छिटो ट्यक्सी दौडियो मलाई त्यहाँ लानेहरु निमेसमै हराए । केही समयको हिडाई पछि ‘वेलकम टु मुम्बई ‘भन्ने ठाउँदेखें मेरो त होस हवास नै उड्यो उनले मलाई कता लगे थाहै भएन । मनमनै डराई डराई आफुले आफैलाई भनें तँ वेचिइसकेछस् चरि ।
मलाई उनको घरमा लगेर राखे आजको रात यतै बस भने । त्यो केटीले मलाई चलाई । यतिसम्म मलाई नाङ्गो पारेर मेरो संवेदनसिल अङ्ग धित मरुाजेल खेलाईन् त्यतिखेरै मैले थाहा पाएँ केटिहरुबाट पनि कॆटिमान्छे बलात्कृत हुँदो रहेछ भनेर । भोलिपल्ट त्यो केटी सहितका अन्य तीन आईमाइहरु आए र मेरो कपाल चालाए। मैले मानिन जगल्टाइदिएँ। मेरो केही लागेन मेरो लुगा खोल्न थाले। सुरुमा कुर्ता खोलीदिए नुहाउनु पर्छ भनिन् तिनीहरुको भाषा खासै बुझिन । मेरो सुरुवाल पनि खोलीदिए नुहाइदिने नाममा मेरो जिउ सबैले मुसारे। मलाई सर्बाङ्ग नाङ्गो परिदिए र संवेदनसिल अङ्ग मुसार्दै मुसार्दै पानी लगाएर सबै जीउ पखालीदिए । कपाल पनि काटिदिए । म रोएँ कराएँ । सके जती बल गरेर फुत्कन खोजें तर पिंजडामा परेको यो चरिको के सिप लाग्थ्यो र ! उनीहरुले मलाई जबरजस्त गरे जमिन मुनि बेच्दिन्छु भनदै धम्क्याए अरुको थाउँमा मारेर फालिदिन पनि के ठेगान तिम्रो केही पनि चल्दैन । तिमी त बेचिइसक्यो मुम्बईको कोठिमा । भने पछि म चुपलाग्न बाध्य भएँ । उनीहरुले तिम्रा दिन गए भनदे नुहाई दिए । नुहाइसकेपछि आफन्त छिमेकी साथि सँङ्गी आज रात भरीमा सधैं भरकिो लागि वसिन भने। तलाई भोली लिन आउँछन् यतै बस भने । म रातभरी रोएरै बसेँ । भाग्ने उपायको खोजी गदै थिएँ । झ्यालको माथिपट्टि भ्यान्टीलेसन फुटेको रहेछ मैले त्यो बाटो बाट भाग्न सकेजती प्रयास गरेँ तर सकिन । त्यो दिन कोहि पनि आएन । तीनै आईमाईहरु आएर मेरो कोमल शरिर मुसार्दै हेरे र तिमी भाग्यमानि रहेछौ। आज लिन आएनन् अव भोली आउँछन् भनेर गए । म बिछिप्त अवस्थामा भै कोठामै थुनिएर रहें। दिउँसोबाट म आत्म हत्याको प्रयासमा लागेँ । मेरा अघि कुनै बिकल्प थिएन । पलङको माथि फेन्को जुकी रहेछ । म त्यही जुकीमा सल बाधेँर त्यसैमा झुण्डिएँ । असिन पसिन भएँ मेरो घाँटिको घोक्रोमा सलले भेटेन रहेछ चिउँदेमा मात्र अल्झियो । जब भेट्न लागेको थियो मलाई अत्यन्तै अप्ठ्यारो भयो र म छटपटाउन थालें । कोठा एकदमै अँध्यारो थियो । लाग्छ राती मध्यरात भएको थियो । आँखा बाट आँसु आए जिउभरी पसिना भयो मलाई संसार सबैले थिचेको जस्तो भयो । एक्कासी मेरो सल चुट्टीयो र म पलङमा पछारिएँ । म एकदमै छटपटिएँ त्यो कसैले पनि थाहै पाएनन् । पानी पिउन मन लाग्यो ज्यानको पनि मायाँ पो लागेर आउन थाल्यो । कतै पनि पानी थिएन । मेरो घाँटिमा वेरिएको सल केही बेरको मृत्यु सँगको घम्साघम्सी पछि खोले र अव कैले पनि आत्महत्या नगर्ने प्रण गरें मर्न त सारै गाह्रो पो हुँदो रहेछ।
आज पनि कोहि मलाई लिन नआओस भनी भगवाणलाई प्राथना गरेँ । भाग्य बस एक जना मान्छे आएर भने । ‘आज राती भो तँ बचिस अबभोली लान्छौं भन्यो ।
भोलि पल्ट केही महिला र पुरुषको समुह अएर मलाई लगे। जुन बास्तविक कोठी रहेछ। गएको दिन आएका ग्राहकहरुले मेरो जीउ र अङ्ग प्रत्यङ्ग यसरी चलाए कि मानै विरालोले मुसो खेलाए जस्तै गरी । लुगा फुकालेर सबैथोक मनलाग्दी गरे। मैले गएको दिन त यौन पिपासुहरुसँग प्रतीकार गरेँ । तीन दिन सम्म त्यसै गरी विते । तर मेरो शक्ती सबै क्षिण हुँदै गयो र मैले केही गर्न सकिनँ । नाजवाफ तेश्रो दिन बाट सर्वाङ्ग सुमिपीदिएँ । यसरी नै दिन हप्ता महिनाहुदै बर्ष बिते । यौन कोठीमा २२ महिना यस्तै काममा बिते ।
सन् १९९६ भारतको महाराष्ट्र सरकारले १८ बर्ष मुनिका सबै बालबालिकालाई यौन शोषण गर्न नपाइने भन्दै मुम्बइको कोठीहरुमा छापा मार्दा म पनि भाग्यमानि नेपाली चेलीमा परे । र उद्धार भएँ । म सहित कोठीबाट नेपाल भारत र बंगललादेशका पाँच सय यौनकर्मी उद्धारमा परे जसमा २०० नेपाली दिदि वहिनी थिए । तत्कालिन अवस्थामा नेपाल सरकारले नेपाली नगरिकता नभएकाहरुलाई नेपाली भन्न नसकिने बतायो । यसको साथै यिनीहरु रोगको पोको । यौन व्यवसायी नानाथरी लान्छना लगाइयो । जसबाट धेरैलाई गम्भीर चोट पुग्यो । यिनीहरुले देसमा रोग फ ैलाउँछन् भनेरअपबाह पिटीयो । संचारका माध्यमहरुले पुर्नस्थापना भन्दा अतिराजना फैलाए । त्यती बेला नेपालमा कार्यरत बिभिन्न सात वटा गैर । सरकारी संस्थाहरु ओरेक नेपाल माइती नेपाल एबिसी सिविन नवज्योती शान्तीपुर्ण पुनस्र्थापना गृह आदी संस्थाले सरकारी निर्णयलाई चुनौती दिदै उद्धारको पहल गरे । कोठी बाट निस्किएको ६ महिना पछि कुल १२८ नेपाली महिला त्रिभुवन नारकिय जीवन कबाट मुक्त भएर स्वदेस फर्के त्यसमा म पनि परें ।
स्वदेस फर्केर पनि सबैतिर बाट अपहेलीत भयौं । मुख छोपेर हिड्नु पथ्र्थो । नेपाल आएको एक हप्ता पछि बाटै सरकारले नागरिकता को व्यवस्था गर्नु पर्ने संबिधानमा वेचिएका नेपालि महिलाका अधिकार अधिकार संघसंस्थाले अवसर र समाजले स्विकार गर्नु पर्ने लगायतका आवाज उठाएर म लगायत साथीहरु अघी बढ्न थाल्यौं । आएको ६ महिना पछि ओरेक नेपालले १० दिने तालिम दियो । हामी १५ जना महिला सहभागी भयौं । तालिम सकिएको अन्तीम दिन तालिम लिएका हामी सबैजना मिलेर शक्ती समुह नामको संस्था खोल्यौं । समाजमा एक रुप र सरकारसँग अर्को परिचय दिएर हामीले यो संस्थालाई अघी बढायौं । संस्था सुरु भएको १० बर्ष पछि २०६४ साल बाट यसका कार्यक्रम हरुलाइर्ं देशका दस जिल्लामा लगियो । यसका राम्रा कामको सबै तिर बाट पशंसा भयो । यसैले सन् २०११ सालको अन्टरर्राष्ट्रिय अवार्ड हाम्रो संस्थाको नाममा अमेरिका द्धारा मलाई प्रदान गरियो । त्यसले एउटा हौसला प्रदान गरेको छ यो क्षेत्रमा लागेका हामी जस्ता महिलाहरुको लागि ।
अन्तबार्ता
अन्तरष्ट्रिय पदक पाउनु भएको छ । कस्तो अनुभव भैरहेको छ ?
यो पदक प्राप्तीले मेरो जीवनको पर्दा खुलेको छ । हिजो हराइसकेकी चरिमाया आज खुला आकासमा उड्न सक्ने भएकी छे । हिजो कती ठाउँमा नाम लुकाएर देाहोरो परिचय दिन पर्ने अवस्थामा अव त्यस्तो अवस्था हटेको छ । खुलेआम सबैलाई मैले भोगेका भोगाई हरु वताउन पाउकी छु । म नै थिएँ बेचिएकी तर आज बेचबिखन र ओसार पोसार बिरुद्धमा बोल्ने पनि आफुलाई अघि सार्न पाउँदा वेग्लै खालको सन्तुष्ति पाइरहेकि छु । - तपाईले चेलिवेती ओसार पोसार बेचबिखनको बिरुद्धमा बोलेको आवाज कहाँ सम्म पुगेको छ?
नेपाल र भारतका गाउँहहरुमा हराईसकेको मेरो आवज सात आज सात समुद्रपारीका देशहरुमा समेत पुगेको छ । अमेरिका जस्तो शक्तीसाली राष्ट्रले समेत यसलाई कदर गरेको छ । हिजो देशका कसैलाई पनि नभनेको कथा आज साचारका माध्यमहरुले सारा नेपाली र बिदेशी हरुलाई यो आन्दोलन र अभियानको बारेमा सुनाउँदै आएको छु । यो आवाज भारत कै कोठि सम्म पनि पुगेका छन् जस्ले चेलिवेति वेचविखन गर्ने गीरोहहरुको आत्मबल गिर्दैछ ।
- मानव बेचबिखनको वर्तमान परिप्रक्ष्य बारे केहि वताईदिनु न ।
मानव बेचबिखनको अवस्था भारतका कोठीहरुमा लाने क्रम केही कम भएपनि ओसारपोसारको क्रम चलिरहेको छ । देशभित्रका सहर हरुका होटल रेष्टुरेन्ट हरुमा पनि नेपाली चेलीहरु बेचिन बाध्य भएकोको अवस्था छ । यो भन्दा डरलाग्दो परिस्थिती बैदेशिक रोजगारीको नाममा ओसार पसारको काम भइराखेको देखिएको छ । प्रायोजन र शैली मात्र परिबर्तन हो तर ओसार पोसार र मानव बेचखिनको क्रम भारत मात्र नभएर स्वदेसमै र बिश्वभर भइराखको छ । जसमा तुलनात्मक रुपमा महिला बढी होलान्ा् तर पुरुष पनि कम छैनन् । यसको साथै ठुलो समुह यसबाट पीडित बनेको अवस्था छ ।
-तपाईले परिकल्पना गरेको जस्तो बेचबिखन रहित समाजको स्थापना कहिले होला
हुन्छ । ढिलो चाँडो मात्रै हो यसको अन्तको लागि हामी सबैले आवाज उठाउनु पर्छ । कानुन निर्माण र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । मानविय इतिहाँसमा यो कलङ्क हो । मानिसको शरिरमा लागेको धब्बा के जहिले पनि रहिरहन्छ र सबै जना लागि परे असम्भव केहि छैन ।
- चेलिवेटी वेचविखन नियन्त्रणको लागि नेपालका कानुन र कार्यान्वयनको अवस्था कस्तो छ ?
नेपालको कानुनलाई धेरै अपर्याप्त भन्न मिल्दैन । कार्यन्वयनको पक्ष फितलो रहेको छ । कानुनी प्रवधानलाई परिवर्तन गनुपर्ने प्रसस्त ठाउँहरु छन् । नेपालको कानुन बमोजिम एक बेचिएको मान्छेलाई उद्धार गरेर देश ल्याउन कम्तीमा ५ महिना लाग्छ । यसले गर्दा अपराधीलाई बल पुगेको छ । हाललाई भएका कानुनको कार्यान्वयन गर्न जोड दिएर अपर्याप्तलाई सुधारको लागि काम गरिनु आवस्यक छ ।
- यहाँको अभियान कहाँ पुगेको छ
अभियान बिच बाटोमा छ । यो अन्तरष्ट्रिय पदक पाएपछि अस्ती बामे सरेको चरि हिड्ने आसाका साथ अगाडि बढिरहेका छ । देश बिदेशमा बेचिएका नेपालीको मौलिक अधिकार मानव अधिकारको पक्षमा काम गर्न म र मेरो समुह अगाडी बढ्ने प्रण गरेका छौं ।
-आम साचारकर्मी हरुले मानव वेच बिखन र अबैधानिक ओसारपोसारलाई नियन्त्रण गर्न कस्तो भुमिका खेल्नु पर्ला ?
यो कुनै एक व्यक्ती संस्था वा देशको मात्र सवाल हैन् । त्यसैले साचारमाध्यमले सरोकारवाला सबै निकायलाई काम गर्न प्रण गर्न सक्ने खालका समाग्री दिनु पर्छ । लहडमा के भएको छ भन्दा पनि समाजिक सवालहरुका तथ्यगत खोज गरेर सन्देशको प्रबाह गर्नु साचारकर्मिहरुको दायित्व हो ।