
जितेन्द्र
श्रेष्ठ
भदौ ६, काठमाडौं
थाहै
नदिई एजेन्टको सहयोगमा बैदेसिक रोजगारको लागि आफ्नो श्रीमती चिनु तामाङ बहराइन पुगेको थाहा भएपछि सिन्धुपाल्चोक सिङ्पालकाभ्रे घर भै
जोरपाटी बस्दै आएका राज दोङलाई पर्नु पीर परेको
छ । अचानक घरबाट श्रीमती हराएपछि उनी विगत एक
महिनादेखी श्रीमतीको खोजीमा लागि परेका थिए । ससुराली पुगेपछि मात्रै उनलाइ थाहा भयो की श्रमिती चिनु एजेन्टको सहयोगमा कलंकीको एक म्यान पावर मार्फत विदेसिएकी रहेछन् । माइती पक्षले उनलाई थाहै नदिई विदेस
पठाएको उनको वुझाई छ । उनी आफ्नो अधाङ्गिनी
विदेस पठाउने एजेन्ट र म्यानपावर कम्पनी खोज्दै
कलंकी पुगे। फ्रेण्डसिप म्यानपावर कम्पनीबाट बहराइन गएको जानकारी
दिए पछि उनले एजेन्टको नाम र फोन नम्वर पत्ता लगाए । 'मेघराज के.सी. र सुमन राउत रहेछन् एजेन्टहरु।' उनले भने । तर ठेगाना पत्ता
लगाउन सकेनन् । अन्ततः उनी श्रमिती फर्काई दिन
अनुरोध गर्दै महानगरिय प्रहरी बृत काठमाडौंको
शरणमा पुगेका छन् ।
आर्थिक अभावले चरम अवस्थामा पुर् याए पछि बाध्यताले एजेन्ट मार्फत ८ वर्ष अघि कुवॆत गएका सिन्धुपाल्चोकका राज दोङको पहिलो धर्मपत्नी सिरीमाया दोङ हराएपछि आजभोली खाडिमुलुक सम्झनासाथ उनको आङ् जिरिङग हुने गर्दछ। तर जति चिन्ता गरे पनि के गर्नु उनको श्रीमती नेपाल फिरिनन् । हठास मनस्थितीमा जीबन विताउँदै आएका उनलाई अन्ततः सिरीमायाँ कै माइती पक्षबाट अर्को बिहेगर्न कागजी रुपमै सहिछाप ठोकेर अर्को बिबाह गर्न अनुमती दिए। उनी आजकाल खाडि मुलुकलाई स्वास्नी भगाई लाने आफ्नो जार भन्न रुचाउँछन् । पेसाले लोक गायक उनलाई सिरीमायाँले तीन छोरा र एक छोरीको भविष्य हातमा छोडेर गएकोले उनलाई त्यो भारी खेप्ने सहयात्रीको खाँचो महसुस हुन थाल्यो र काभ्रेकै उनको साथी विरे तामाङले आफ्नै साली चिनु तामाङसँग लगन गाँठो जुराइदिए । केहि वर्ष त दाम्पत्य जीवन सुखद रह्यो। तर यस पटक भने छोटो समयमै थाहै नदिई उनको कान्छी श्रमितीलाई पनि खाडि मुलुकले भगाई छाड्यो । अचेल दोङलाई खाडिमुलुक साँच्चिकै स्वास्नी भगाइलाने जार जस्तो लाग्न थालेको छ । भन्छन् 'मान्छे भए काट्न हुन्थो, देश पर् यो के गर्नु । नियतिको आँखा सधैं दुःखी माथी नै।' तर उनलाई दुवै ससुराली प्रति गुनासो छ । ससुरालीले उनीसँग सम्वन्ध छुटाउन रचेको षडयन्त्र भएको उनको ठहर छ । पैसा देखे पछि महादेवको पनि तीन नेत्र भने झैं उनको ससुरालीहरुको व्यवहारले उनी अवाक रहेछन् । भन्छन् 'यहाँ छोरीलाई ललाइफकाई विदेस पठाएर कमाइ खाने भाँडो बनाएका छन्।' उनलाई कुवेत गएको श्रीमती पनि जउिँदै भएको र माइतीको सम्पर्कमा रहेको शंका व्यक्त गर्छन् । ससुरालीबाट गरिने हरेक व्यवहारले शंका गर्ने ठाउँ पर्याप्त देखेको रहेछन् उनले । बहराइन पुगेका भनिएका पछिल्लो श्रीमती चिनु तामाङ पनि माइतकै रोहवरमा पासपोर्ट र भिषा बनाएर गएको वताउँछन् दोङ् । विना जानकारी नै श्रीमती विदेस किन गइन् शंका गर्नु पर्ने ठाउँ रहेको उनको धारणा छ ।
राज दोङ (पोंडे लामा)
मेरो विबाह बीस वर्ष अघि गाउँकै सिरीमायाँ लामासँग भएको थियो । गरिवी र चरम अर्थिक अभावको कारण विगत ८ वर्ष अघि घर सल्लाहमै मैले उनलाई रोजगारीको सिलसिलामा धेरै पैसा कमाउने आसामा कुवेत पठाउको थिएँ । कुवेट गए पश्चात उनीसँग न त फोन सम्पर्क नै भयो न चिठ्ठि नै । समय वित्दै गयो हरेक तवरबाट खोजी गरें तर केहि पत्ता लागेन । अन्ततः उनको माइतिको तर्फबाट अर्को बिहे गर्न मन्जुरनामा पत्र लेखिदियो । मेरो साथमा तीन छोरा एक छोरी थियो । उनीहरु सानै भएका कारण पनि मैले घर व्यवहार चलाउनकै लागि अर्को विहे गर्नु पर्ने वाध्यता आइपर् यो । पेसाले म लोक गायक हुँ । मैले गायन तर्फ समय दिँदा घरको घरको व्यवहार सम्हाल्न गाह्रो भएकै कारण मैले विहे गर्ने निधो गरें । काभ्रे नयाँ गाउँ देउपुर निवासी विरे तामाङले आफ्नो साली विहे गर्न भने पछि मैले उनकै सल्लाह वमोजीम चिनु तामाङलाई श्रीमती बनाएर घरमा लगें ।
समय राम्रैसँग वित्दै थियो । एल्वमको गीतहरुको भिज्युअल मा मोडलसँग नाचेको भन्दै उनी धेरै पटक रिसाएकी थिइन् । मैले यो त अभिनय मात्र हो भनि सम्झाउने गर्दथें । तर उनी हठी स्वभावकी थिइन् । मेरो कुरा केहि पनि नसुन्ने हुँदै गइन् । एक दिन चाँदै फर्कन्छु भनेर माइत गएकी उनी दुई साता वित्दा पनि नफर्के पछि म उनलाई लिन भनी ससुराली पुगे। तर उनी त्यहाँ थिइनन् । ससुरालीले उल्टै अस्ती नै फर्किसक्यो नि भन्दै हपारे । ससुरालीकै छिमेकीहरु सँग वुझ्दै जाँदा उनी एजेन्टको सहयोगमा कलंकीको एक म्यानपावर मार्फत विदेस गएको भन्ने सुने पछि म त्यो म्यानपावर र दलालहरुको खोजीमा लागिपरें । म्यानपावर र एजेन्टको नाम र फोन नम्वर त पत्ता लाग्यो तर सम्पर्क हुन सकेको छैन । त्यसैले प्रहरीको शरण परेको छु । श्रीमती झीकाइ पाउँ भनी जाहेरी दिएको छु । हेरौ मैले न्याय पाउँछु वा पाउँदिन ।