Air Ticketing in Nepal Contact to Merosindhu.com

लेख रचना

नेपालमा जारी शान्ति प्रक्रिया र पर्यटन

2011-07-30 12:19:48 | मेरो सिन्धु

पवन भण्डारी
बिगत दस वर्षे सशस्त्र द्वन्द्वले नेपाललाई मानविय र भौतिक तवरबाट क्षतविक्षत पारेकोछ जसलाई मानविय क्षती परिपुरण गर्न असम्भव र भौतिक रुपमा खर्बौ रकम बरावरको लागानी राज्यलाई आवश्यक छ । द्वन्द्वलाई समाप्त पारी शान्तिप्रकि्रयामा ल्याउने कार्य जटिल जुन कार्य सफल पार्न हाम्रा राजनैतिक नेतृत्वहरु १२ बुदे सम्झौताको आधारमा तत्कालिन विद्रोही नेकपा माओवादीलाई अन्य राजनैतिक दलहरुसंग सहमतीमा ल्याई तत्कालिन राजाको प्रत्येक्ष शासनमा १९ दिने जनआन्दोलनको भरका राजाको शासनलाई हटाई तत्कालिन प्रतिनिधीसभालाई पुर्नजीवित गराई जनताको हातमा शासन ब्यवस्था साचालन गरियो । तत्समयमा राज्य पक्ष र विद्रोही पक्षलाई शान्तिबार्ताको माध्यमबाट विस्तृत शान्तिसम्झौता सम्पन्न गरी नेपाली सेना र विद्रोही सेनाको युद्ध विराम गराई हतियार र सेनालाई निश्चित स्थानमा राखिएको छ र माओवादी सेना समायोजनको प्रकि्रयामा रहेको छ साथै देशमा ऐतिहासिक संधिानसभाको निर्वाचन सम्पन्न गरी संविधान बनाउने प्रकि्रयामा छ । हाल नेपाली राजनैतिक उच्च तेतृत्वका व्यक्तिहरुले विगतको द्वन्द्वका दृष्टान्तलाई विस्रेर पुन युद्धको संग्राममा जाने र देशलाई गृहयुद्धमा फसाई नेपालको नामोनिशान हटाउने पक्षमा उभिन खोजेको देखिन्छ । जसको उदाहरण नेपालका ठुला तथा प्रभावशाली भनिएका राजनैतिक दलहरु सत्ता लिप्सा राजनैतिक अकरमन्यता विदेशी हस्तक्षपको बातावरण सिर्जना गर्ने आर्थिकसंकटको अवस्था जन्माउने जनताहरुमा नैराश्यता पैदा गराउने भ्रष्टाचार सर्वसाधारणलाई दुःख दिने राज्यका मुख्य निकायहरु कमजोर बनाउने लगाएतका विभिन्न नकारात्मक भाव पैदा गराउने कारक तत्वको रुपमा अग्रसरता भएको देखिन्छ । यस्ता गतिविधिले प्रमुख दलहरु एक आपसमा शान्तिसम्झौतालाई समाप्त पारी देशलाइ खरानी पार्ने हुर्मतमा लागि परेका देखिन्छ । यसको सट्टा एकआपसमा दलहरु मिली सरकार संाचालन गरी प्रमुख कार्य भनेको तोकिएको समयावधीमा उत्कृष्ट संविधान लेखन कार्य सम्पन्न गर्ने विद्रोही सेनालाई उचित व्यवस्थापन गर्ने र अर्काे निर्वाचन मार्फत सरकार गठन गरी देशलाई सुशासन आर्थिक सम्बृद्धिमा अघि वढाउने कार्यमा लाग्नु पर्ने देखिन्छ ।

पर्यटन वर्ष २०११ ज्ासलाई सरकारले घोषणा गरेको कार्यक्रम भव्यताका साथ मनाईदैछ । बास्तवमा नेपालको विकास र आर्थिक सवलताको प्रमुख श्रोत भनेको पर्यटनको विकास गर्नु हो । यसलाई सरकारले नै मनाउने घोषणा गर्नु अझ सकारात्मक पक्ष हो । पर्यटनको आधार भनेको शान्ति हो । नेपाल शान्तिको देश भनिएता पनि हाल आएर द्वन्द्वको चपेटाबाट शान्ति प्रकि्रयामा उन्मुख हुदैछ । त्यसकारण शान्ति प्रकि्रया नै धरापमा परेको विद्यमान अवस्थामा पर्यटन वर्ष मनाउने कार्य ज्यादै चुनौतीपूर्ण कार्य हो । घोषणाको समयका एउटा आशा र विश्वास लिएको थियो तर सो अबस्था हाल ओझेलमा परेको छ । संविधान बन्नुपर्छ तर विगतको समयमा पनि निश्चित समयमा संविधान नवनेको तीतो यर्थात छ । त्यसकारण संविधान घोषणा नभए केहुने भन्ने आंशंकाले मनमा डेरा जमाएको छ तसर्थ आशंका हटाउने कार्य राजनैतिक दलको गर्नु पर्छ । पर्यटन बर्ष २०११ को मुल नारा टुगेदर फर टुरिजम पर्यटनको लागि संगसंगै दिएता पनि पर्यटन बर्ष मनाउने पक्षहरु वीच मेल खाएको देखिदैन समग्र रुपमा सरकार वा राजनैतिक दलहरु शान्ति भाड्ने कार्यमा उन्मुख भैरहेकाले पर्यटनसंग सम्वन्धित संघसंस्था र यसका सरोकारवालहरुको एक्लो प्रयासले मात्र के हुन्छ राजनैतिक दलहरुले पर्यटन बर्षको समयमा बन्दहडताल आदी पर्यटन विरोधी कार्य नगर्ने भनी दलका शिर्ष नेताहरुले लिखित प्रतिवद्धता जाहेर गरेता पनि व्यवहारमा लागु हुन सकेको छैन र भावी दिनमा समेत नहोला भन्नॆ कुनै विश्वासको आधार छैन । पर्यटन मन्त्रालय पर्यटन बोर्ड लगाएत यसका सरोकार संस्थाहरु र िसंगो सरकारले पर्यटन बर्ष हल्लाको भरमा सम्पन्न हुन्छ भन्ने विश्वास लिएकोछ । जसको लागि पर्यटकलाई भित्राउनको लागि आधारभूत भौतिक संरचना र पुर्वाधारहरुमा प्रयाप्त मात्रामा ध्यान दिनु पर्दछ र पर्यटक भित्राउनुमात्रै पर्यटन वर्षको सफलता मान्न सकिदैन । पर्यटकले आफ्नो बसाईमा आत्मियता सत्कार आत्मसन्तुष्टी सकारात्मक पक्षको अनुभव र अविस्मरणीय कसरी बनाउनेमा सवैको ध्यान दिनु जरुरी छ यदी यसो नभए भविष्यमा त्यो पर्यटक नेपाल नफर्कने र नकारात्मक सन्देश फैलने सम्भावना हुन्छ जुन देशको लागि हानिकारक हुन्छ । हालको अवस्थामा पर्यटनको सिमित दायरमा खुम्चाईएको छ जसमा हिमालपहाड ताल वनजंगल छहरा पदयात्रा जलयात्रा पर्बतारोहण चराचुरुङ्गी र जनावार आदीको दृष्याअवलोकन गराउने भन्नेमात्र बुझने गरिन्छ यसको साथै जसमा सधै नाम सुनिरहेका र गैरहेको स्थानहरुलाई मात्र प्राथमिकता दिईएको छ यसको साथसाथै नेपाल प्राकृतिक सुन्दरताले भरिएको विश्वको बगैचा हो जहाँ विश्वको अग्लो चुचुरो सगरमाथा देखि विश्वको होचो स्थान अरुण उपत्यका समेत यहाँ अटाएको छ । जसको लागि विदेशी तथा आन्तरिक पर्यटनलाई आर्किर्षत गर्ने प्याकेज बनाउन जरुरी छ । त्यसबाट सिमित व्यक्तिले मात्र पर्यटनको प्रत्यक्ष लाभ पाउने विद्यमान परिपाटीलाई हटाई समग्र नेपालीले आर्थिक उपार्जन गर्ने वातावरण सृजना गर्नुपर्छ साथै दिगो पर्यटनको अभावमा मौसम अनुसार पर्यटनको आवागमन भएकाले सो समयमा पर्यटन व्यवस्थापनमा पनि जटिलता थपिएको छ ।

पर्यटनमा यात्राको ठूलो महत्व छ यात्राले मासिनलाई सवैभन्दा ठुलो ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्छ । यस्तो अवसरलाई नेपालले अध्ययन तथा अनुसन्धानको केन्द्रलाई पनि प्रर्वद्धन गर्न सक्नुपर्दछ । किनकी नेपाल भौगोलिकरुपमा बिषमताको छ जसमा म्याग्दीको दाना गा।वि।स।मा कालीगण्डकी नदीले बनाएको संसारको होचो गल्छी रहेको छ भने विश्वको प्रसिद्ध र उचाईमा रहेको सगरमाथा समेत रहेको छ । त्यसकारण कृर्षी पर्यावरणीय जलबायु तथा अन्य पर्यटन क्षेत्रको अन्वेषण गर्नुपर्छ । विश्व हाल जलवायु परिर्वतनको चपेटामा परेकोछ । यसको प्रत्यक्ष प्रभाव हिमाली देश नेपालमा परेको छ जसलेगर्दा हिमालमा हिउँ पग्लिएर कालो पत्थरमात्र रहने अवस्था र सामुदि्रक सतह बढ्दै गएकॊ छ । यस अवस्थालाई विश्वले गम्भिर भएर चाँसो दिएको छ । जसलाई न्यूनीकरण गर्न प्रत्यक्ष अध्ययन अवलोकन गर्न आवश्यक हुनेहुदा अन्य देश भन्दा नेपाल सवैभन्दा उपयोगी हुन्छ । यस विषयलाई प्रमुख मुद्दा बनाई नेपाल अनुसन्धान केन्द्र बनाउने पहल गर्नु पर्छ । पर्यटन वर्षमा यसलाई पनि पर्यटनको अर्काे आधार बनाउन सके पर्यटनको सम्भावनालाई अझ उचाईमा पुग्नेछ । नेपाल पहाड र तराईले पनि भरिएको देश हो जहाँ विभिन्न जाती भाषा रहनसहन सांस्कृतिक चालचलन र पृथक परिवेश विविधता भएको समुदायहरुको एकै स्थानमा बसोवास छ यसलाई पनि पर्यटनको आधार बनाउनुपर्छ र उचित गन्तव्यको पहिँचान गरी बहुसंख्यक मानिसले प्रत्येक्ष रोजगार र पर्यटनबाट लाभ पाउने निश्चित छ । यसले पर्यटनमैत्री वातावरण बनाई त्यहाँका जनतामा पर्यटनको महत्व जागृत हुनेछ । त्यसकारण नेपाल पर्यटन बर्ष २०११ मनाउदै गर्दा नेपालका राजनैतिक दलहरुले शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याई नयाँ संविधान निर्माण गर्न सके नेपालको विकासमा पर्यटन नै प्रमुख श्रोत हुनेमा दुईमत छैन र हालको वर्षमा अपेक्षा गरिएको दसलाख पर्यटक भित्राउने आकांंक्षा पुराभई भावी वर्षमा गुणात्मक परिमाणले बृद्धि हुनसक्छ र नेपाल विश्वको प्रमुख पर्यटन गन्तव्य मुलुक बन्ने पक्का छ ।

सम्पर्कका लागि
धुस्कुन-४ सिन्धुपाल्चोक
सम्पर्क नं ९८४९६५१८३५ Email: bhandari.pawan@gmail.com


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box