प्रवासी समाचार

मलेसियामा नेपाली महिलाद्वारा आत्महत्या

2011-07-26 23:28:24 | मेरो सिन्धु

जय आले। क्वालालम्पुर, ११ साउन
मलेसियामा एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । नेपालको स्थायी ठेगाना सिन्धुपाल्चोक भएकी अन्दाजी ३५ वर्षीया शर्मिला गोलेले गत आइतबार आत्महत्या गरेकी हुन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै निलाइमा रहेको एक कम्पनीमा प्याकेजिङ सेक्टरमा कार्यरत गोलेले सहकर्मी कामका गएको समयमा कम्पनीको होस्टलमा रहेको बाथरुमको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

आत्महत्याको कारणबारे थाहा हुन सकेको छैन । २९ महिनाअघि मलेसिया आएकी गोलेको शव हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको सोही कम्पनीका कार्यरत जिवी लामाले जानकारी दिए । पछिल्लो समयमा मलेसिया आएका कामदारहरुमा आत्महत्या गर्ने क्रम बढेको छ । भनेजस्तो कमाई नहुने तथा ऋणमा डुब्नुपर्ने अवस्था आएपछि वितृष्णा र हिनताबोधका कारण उनीहरुले आत्महत्या गर्ने गरेको पाइएको छ ।

स्रोतः नेपालकुवेत डटकम्

प्रतिक्रियाहरु

नेपालमै रोजगारी दिने हो भने सायद यो घटना हुने थियन होला

- kabindra timilsina : sangachock 1 si. pa .


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box