प्रवासी समाचार

कतारमा जनजाति चलचत्रि महोत्सव हुने ।

2011-07-20 10:13:51 | मेरो सिन्धु

प्रेम स्याङतान तामाङ, दोहा कतार
नेपाल आदीवासी नजाजाति महांसंघ कतारको आयोजनामा यही जुलाई २९ तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा जनजाति चलचित्र महोत्सव २०११ हुने भएको छ । १७ औं विश्व विश्व आदीवासी दिवसको अवसर पारेर सो महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा आदीवासी जनजातिहरुकॊ जातिय संस्कृतिकमा आधारमा निर्माण गरिएको जातिय तथा संस्कृति झल्कने खालका चलचत्रिहरु प्रदर्शन गरिनेछ ।

गुरुङ्ग भाषाको कृपा तामाङ भाषाको गोदेवा मगरभाषाको आशे लिम्वु भाषाको नुमाफुङ राईभाषाको सिम्मा र थारु भाषाको व्रुहान गरी जम्मा ६ भाषाको चलचित्रहरु प्रदर्शन गरिने छ । संयोजक महासचिव विनेश तामाङका अनुसार मातृसंस्थाहरुमा तमु वौद्ध सेवा समिति शाखा कतार नेपाल प्रवासी तामाङ समाज कतारथारु कल्याणकारीणी सभा कतार च्याप्टर किराँत राई यायोख्खा शाखा कतार नेपालप्रवासी मगर संघ कतार किराँत याक्थुङ चुम्लुङ कतार नेपाल प्रवासी दराई सेवा समाज कतार प्रवासी शेर्पा संघ कतार र प्रवासी भूजेल सेवा समाज कतारको विशेष सहयोग सहयोगमा कार्यक्रम हुन लागेको हो ।महांसंघका अध्यक्ष मान वहादुर साँवा लिम्वुको भनाई अनुसार १७ औ विश्व आदीवासी जनजाति दिवस विशेष प्रकारले मनाउने भएकोले जनजातिहरुको जातिय पहिचान र संस्कृति झल्कने खालको फिल्म प्रदर्शन गर्न लागेका वताए । दोहा सिनेम हलमा विहान ८।३० देखि हुरु हुने चलचित्र महोत्सव वेलुका ६।३५ सम्म प्रदर्शन गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box