प्रेम स्याङतान तामाङ, दोहा कतार
आदीकवि भानुभक्त आचार्यको १ सय ९८ औं जन्म जयन्ती दोहास्थित टपफर्म
रेष्टुरेन्ट ८ जुलाई शुक्रवार दिन भब्यताका साथ कविता वाचन सहित उत्साहपूवक
मनाइएको छ । नवोदित साहिहित्यक मोवाईल पुस्तकालयका र अन्तराष्ट्रिय नेपाली
साहित्य समाज अनेसासकतार च्याप्टरले संयूक्त रुपमा आयोजना गरेका थिए ।
भानु जयन्ती कार्यक्रम अध्यक्ष कृष्ण क्षितिज राईको सभापतित्वमा सम्पन्न
भएको थियो । सो भानु जयन्ती कार्यक्रममा प्रमुख अतिथि नेपाली नियोगका
द्धितिय सचिव जय वहादुर राई तथा ईन्जिनियर एशोसियन कतार च्याप्टरका अध्यक्ष
अर्जुन भट्टराईले संयूक्त रुपमा ब्यानर उद्दघाटन गर्नुका साथै दीप
प्रज्वलन गरेका थिए । कार्यक्रममा दोहामा रहेका विभिन्न साहित्यकारहरु तथा
विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको वाक्लो उपस्थित रहेका थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुमा सन्ध्यग्रुप अलखोरका अध्यक्ष थर्चा लामा
मुग्लानी सौगातको ब्यवस्थापक धनेश्वर जि।सी नेपाली जनप्रगतिशिल माचका
अध्यक्ष होमनाथ शर्मा नेपाली जन सम्पर्क समिति कतारका सभापति विमल सुवेदी
ब्यवसायी टि।वी कार्की एनआरएनए आईसीसीका उपाध्यक्ष सागर नेपाल यूवा
समाजसेवी लक्ष्मण खतिवड आदीवासी जनजाति महांसंघका अध्यक्ष मान वहादुर साँवा
लिम्वु सल्लाहकार अमृत गुरुङ्ग सुनसरी सृजनशिलका उपाध्यक्ष नरेश राई लगायत
महिला दिदीवहिनीहरुको पनि उपस्थिती थियो । राष्ट्रिय गान पछि ज्ञात अज्ञात
सहीदहरु प्रति एक मिनेट मौन धारण पछि कार्यक्रम संयोजक रेगिस्तानी तिर्थ
संगम राईले उपस्थित सवै अतिथि तथा साहित्यकारहरुलाई स्वागत मन्तब्य
प्रस्तुत गरेका थिए ।
साहित्यकार चर्चित ढुंगेलद्धारा आदीकवि भानुभक्तको जिवनी र नेपाली साहित्यमा उनले गरेको योगदान वारेमा विस्तृत रुपमा उपस्थित सम्पूर्ण अतिथिहरु तथा साहित्याकारहरुलाई भानुजयन्तीको जानकारी गराईएको थियो । सो अवसरमा राखेको खुल्ला कविता प्रतियोगीता २०६८मा २८ जना कवि तथा २ जना कवियत्रीहरु गरेर जम्मा ३० जना साहित्यकारहरु को सहभागीता रहेको थियो । धेरै जसो साहित्यकारहरुले कविता मार्फत आफनो देशलाई सम्झना गरे देशको वर्णन गरेसंविधान नवनेकोमा आक्रोश ब्यक्त गरे नारीको वेदनाको चर्चा गरे भ्रष्टचारी विरुद्ध आवाज वुलन्द गर्दे कविता वाचन शुरु गरेका थिए कवि प्रविण राईद्धाराले ूतिमी म मान्छे र फूलू एकराज घिमिरेले घायल ूहाम्रो वुद्ध नगरीू सन्तोष सगुनले ूतिम्रो वयानू कूल वहादुर थापाले ूविरानो यो देशू खिमानन्द उपाध्यायले ूनेपाली र नेपालू सन्तोष सिटौलाले ूआयतित चिचिण्डोू पूर्ण वेघाले ूनयाँ संविधानू यूग योगी राईले ूम देश खोजी रहेछुूसरोज थापाले ूकालको कैदी मान्छेू निराजन प्रभात लुईटेलले ूफूल ईकाई केशू नविन लामाले ूजिन्गदीको रहरू जगतराम वर्देवाले ूचुनौतिको पहिचानू सागर अजनवीले ूआँशुूवराईली मोहनले ूशहीदको रगत ूराजेश रुम्वा लामाले ूएक हौ संयूक्त साथ केही गरौू ईन्द्रमणी नेपालले ूकर्तब्य र जन्मभूमिू श्याम कुमार घलान तामाङले ू तिमी म र उनीहरु ू भानु विराहीले ूरेगिस्ताका पाईलाहरुू जंग वहादुर मिजारले ूअनाथ बालकू राजेश्वर ढकालले ूिसंगो नेपालू मान वहादुर कार्कीले ूनेपालीहरु ू थीर प्रसाद कट्टेलले ूसगरमाथाू भोला थापा क्षेत्रीले ूझरेकै छ हाम्रो पसिना ू राम प्रसाद ढुंगेलले ूनदी र जीवनू दीपक भुषालले ूमेरो देशू कुल वहादुर थापामगरलेूउजाड वस्तीहरु ू ज्ञानेन्द्र अंगाई लेूछोरीको सन्देशू राजेश आलेमगरलेूतिमी विनाको जिवनूसावित्री गिरीलेूतिमीले के दियौू र अन्तिम प्रतियोग थिईन सानु याक्खाले ूप्रतिविम्वा शिर्षकको कविता वाचन गरेकी थिईन । सो कविता प्रतियोगीताको निर्णय मण्डलमा तीन सदस्यीय निर्णय मण्डलको गठन गरिएको थियो । नेपाली नियोगका द्धितिय सचिव जय वहादुर राईको अध्यक्षतामा वद्री प्रसाद पराजुली र सेलिङ्ग के।सी गरी तीन सदस्यीय निर्णय मण्डलको गठन गरिएको थियो । प्रथम पुरस्कार जित्न सफल भएका छन् सन्तोष सिटौलाको कविता ूआयतित चिचिण्डाूेले भने दोस्रो पुरस्कार जित्न सफल भएका छन् राजेश्वर ढकालको कविता ूिसंगो नेपालू त्यसैगरी तेस्रो पुरस्कार जित्न सफल भए ज्ञानेन्द्र अंगाई ूछोरीको सन्देशू कविताले भने उत्कृष्ट वाचन ईन्द्र मणी नेपालले जित्न सफल भए । महिला तर्फ भने सावित्री गिरीले चौथो पुरस्कार जित्न सफल भईन् । । पुरस्कार विजेता साहित्यकारहरुलाई द्धितिय सचिव जय वहादुर राईले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । साथै निर्णयकहरुलाई पनि आयोजकले प्रमाणपत्रद्धारा सम्मान गरे । साहित्यलाई माया गरी सहयोग गर्ने विभिन्न ब्यतित्वहरुलाइै प्रशंस पत्रद्धारा सम्मान गरिएको थियो ।
चौथो वाचन श्रृंखला सम्पन्न ।
नवोदित साहित्यिक मोवाईल पुस्तकालय तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज दोहा कतारको संयूक्त रुपमा गर्दे आईरहेको कविता वाचन श्रंृखला रेगिस्तानी कवि तिर्थ संगम राईको संयोजकत्वमा चौथो वाचन श्रृंखला सम्पन्न भएको छ । प्रमुख श्रोताको रुपमा कतार एयरवेजमा कार्यरत नेपाली चेली पवित्र खड्का रहेकी थिईन् । आफनो कार्यवस्तताको वावजुद यस्ता कार्यक्रममा उपस्थित नसकेको वताउँदै आउँदो दिनहरुमा भने सहभागि हुने वाचा गर्दे यस खुल्ला कविता प्रतिगोगितमा भागलिएका सम्पूर्ण कवि तथा कवियात्रीहरुको कविता साह्रै राम्रो लागेको वताईन् । सागर नेपाल दिलीप अविरल हेमन्त परदेशी जय वहादुर राई विमल सुवेदी सेलिङ्गले कविता वाचन गरेका थिए भने नवोदित कृति अर्वाड जित्न सफल भएका साहित्यका वद्रीप्रसाद पराजुलीले गीत गाएर सम्पूर्ण उपस्थितहरुलाई मनोरन्जन प्रदान गरेका थिए । सो कार्यक्रममा अतिथिको रुपमा उपस्थि भएका केही अतिथिहरुले आ आफनो मन्तब्य पनि राखेको थिए । यसरी मन्तब्य राख्नेहरुमा ब्यवासायी टि।वी कार्की अमृत गुरुङ्ग समाज सेवी लक्ष्मण खतिवडा र सागर नेपाल रहेका थिए।
कार्यक्रम अतिनै सफल भएकोमा उपस्थि भएर खुल्ला कविता प्रतियोगिता तथा अप्रतियोगीतमा भाग लिने सम्पूर्ण साहित्याकारहरुलाई धन्यवाद िदंदै आउँदो दिनहरुमा पनि यसै गरी कार्यक्रम सफल रुपमा सम्पन्न गर्दे जानपर्नु धारणा सभापति कृष्ण क्षितिज राईले ब्यक्त गरे । अतिनै राम्रो शैलीमा कार्यक्रम संचालन गरेका थिए अन्तराष्ट्रिय नेपाली साहित्य समाज दोहा च्याप्टरका अध्यक्ष तथा साहित्यकार दीपक भेटवालले ।