Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

हामी सेन्सर बोर्डमा आएपछि खैलाबैला भएको छ

2011-07-15 06:50:17 | मेरो सिन्धु


हामी सेन्सर बोर्डमा आएपछि खैलाबैला भएको छ

-चेतन सापकोटा, सदस्य फिल्म सेन्सरबोर्ड

· सेन्सर बोर्डसँग त धेरैले धेरैथरी गुनासो गर्छन् नि ?

हो मैले पनि धेरै गुनासा सुन्ने गरेको छु । सेन्सरबोर्डले हिन्दी सिनेमालाई बढी माया गर्छ, नेपालीलाई चाहिं कम गर्छ भन्ने गुनासो छ । मैले बाहिर छँदा सुनेको गुनासो यही हो । त्यहाँ गएर भत्ता खाने, चिकेन रोष्ट खाने, हिंड्ने, सिनेमा नहेर्ने, घरको कुरा गर्ने, फोनमा झुण्डिएर बस्ने, सिनेमा धेरैबेर नहेर्ने त्यसै सेन्सर गर्ने भन्ने गुनासो सुनिरहेको हो । तर हामी गैसकेपछि अहिले त्यहाँ केही खैलाबैला भएको छ । पहिलेजस्तो होइन, यो अलि फरक खालको छ भन्ने कुरा उहाँहरुलाई परिसकेको छ । अर्को कुरा उहाँहरु कर्मचारी हुनुहुन्छ । उहाँहरुको हेर्ने आँखा अर्कै हुन्छ । सिनेमा बुझ्ने, साहित्यलाई बुझ्ने आँखा अर्कै हुन्छ ।

· तपाईंहरु पुगेपछि फरक चाहिं के भो त ?

फरक भनेको नेपाली सिनेमालाई हामीले बढी माया गर्न थालेका छौं । भनेको समयमा काम गर्दिने, अप्ठेरो नपारिदिने, कुनै डिमान्ड नगर्ने, उहाँहरुको सुविधा अनुसार काम गर्ने गरेका छौं । सबैभन्दा ठूलो कुरा नेपाली सिनेमा राम्रो बनाउन कानुन, नीति आवश्यक छ ।

· तपाईंहरु आउने बित्तिकै गुनासा कम भए त ?

म पुगेपछि चाहिं मैले सुनेको छैन । बाहिर हुँदा त धेरै सुनेको थिएँ । एउटा कुरा के हो भने मान्छेले कुनै कुरा सृजना गरेको छ, त्यसलाई यसो गरेको भए हुन्थ्यो भनेर कसैले भन्यो भने उसलाई रीस उठ्छ । यो स्वभाविक पनि हो ।

· सिनेमालाई सेन्सर गर्नुपर्ने जरुरत चाहिं कत्तिको हो त ?

पक्कै हो नि । खुलामञ्चमा भाषण गरेको, गाली गरेको जस्तो हुन भएन नि सिनेमाको संवाद । वास्तवमा कला संस्कृति भनेको देशको परिचय हो । देश चिनाउने कुरा हो । देशको पहिचान भनेको संस्कृति हो । अहिले संस्कृतिलाई सबैले बुझ्ने गरी झल्काउने भनेको सिनेमाले हो । त्यसैले त्यो सन्तुलित हुनु त जरुरी छ नि ।

· गुनासो नआउने गरी कसरी काम गर्ने सोचाई छ अब ?

सेन्सर बोर्डलाई अब हामी स्वायत्त बनाउँछौं । अब यो मन्त्रालयमा रहँदैन । विकास बोर्डसँग जोडिन्छ । बोर्ड पनि आफैं स्वायत्त हुन्छ । कुनै काम गर्न मन्त्रीकहाँ धाउनुपर्दैन । अनि पाँचै विकास क्षेत्रमा विकास बोर्डको शाखा पनि खुल्छ । त्यसपछि क्षेत्रीय फिल्महरुको सेन्सर शाखाबाटै हुन्छ । हरेक कुराको अनुगमन हुन्छ । कडा र फराकिलो दायराको कानुन बन्छ । यति भएपछि सबै समस्या आफैं हल हुन्छ ।

स्रोत: अनलाइन डट कम


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box