Air Ticketing in Nepal Contact to Merosindhu.com

व्यक्ति व्यक्तित्व

एक अथक यात्री रामेश

2011-07-15 06:36:23 | कला अनुरागी


सुमधुर आवाजका धनी रामेश श्रेष्ठको स्थायी घर ओखलढुंगा हो । २००१ सालमा जन्मिएका रमेशको सानैदेखि संगीतस“ग साइनो जोडियो । परिवारका खा“चो टानर्का लागि उनका बाबु जागिर गर्थे पाल्पामा । रामेशका जागिरे पिता पनि संगीतसाधक थिए । रामेशका दाजु र दिदीहरू पनि गाउन र बजाउन सीपालु थिए । बुबाको जागिरको सिलसिलामा उनी देशका निकै स्थानमा पुगे । उनले जति धेरै ठाउ“ पुग्ने मौका पाए, उति नै ज्ञानको घेरा फराकिलो बन्दै गयो । पुस्तक र कलमका साथसाथै संगतिकँ धुनहरू पनि सजाइरहे मनभित्र । उमेरस“गै संगीतप्रतिको रुचि थपि“दै गयो । संगीतबाटै आनन्दित हुन्थे उनी । ०१६ सालमा तेह्रथुमको सिंहवाहिनी माविबाट प्रवेशिका उत्तीर्ण गरे रामेशले । पिता जागिरबाट रिटायर्ड भएपछि ओखलढुंगा फर्किए, त्यहा“ क्याम्पसहरू थिएनन् । त्यसैले उच्च शिक्षा लिन उनी काठमाडौं आए । आइ.ए र आइ.एड पढ्दापढ्दै उनलाई कम्युनिस्ट विचारधाराले तान्यो । पढिरहेका कापीकिताबलाई थन्काएर उनी जनजागरणमा निस्किए । जागरणको यात्रामा दौडिएर उनले शैक्षिक प्रमाणपत्र पाउन सकेनन् तर ज्ञानको असीम अनुभव बटुले । आजसम्म पनि जनजागरण सांगीतिक यात्रामा क्रियाशील उनी आफ्नो सांगीतिक योगदानमाथि गौरवान्वित छन् ।

मावन जीवनका अनुभव र अनुभूति व्यक्त गर्ने एक सशक्त माध्यम हो कला । मानिसका मनमा अति नै छिटो प्रभाव पार्ने विशेष गुणले भरिपूर्ण छ संगीत । व्याकुल र व्यथित मनहरूमा च्वास्स छुन्छ यसले । तैपनि, संगीत अमुर्त कला हो, जसले भाव र विचार सिगार्न सघाउ“छ । जीवनको पहिलो चरणमा संगीतमा आनन्दित रामेश पछिल्लो समय संगीतमा चेतना उनेर मूक्तिका गीत गाउन थाले । तीन बीस हिउ“द काटेका उनले अहिलेसम्म संगीतका औपचारिक कखरा त सिकेका छैनन् तर सुनेर, जानेर, सिकेर, संग्रह गरेर अनि बजाएर अनगिन्ती अनुभव र ज्ञान संग्रह गरेका छन् । प्रमाणपत्र नपाएपनि व्यावहार र अनुभवबाट खारिएका ज्ञान उनी राष्ट्रहितमा खर्च गर्न सधैं तयार छन् ।

संगीतलाई हरेक वर्गले आफ्नो उदेश्यमा प्रयोग गर्ने गर्छन् । अघाएकाहरूले ऐस, आराम र मनोरञ्जनका लागि संगीत श्रवण गर्छन् भने गरिब मानिसहरूले चेतनाको संवाहक मान्छन् । हुनेखानेका लागि संगीत विलासिता र मनोरञ्जनको साधन हो भने हु“दा खानेहरूका लागि मूक्तिको भाका हो । मानिसको जीवन र भोगाइ नै संगीतको एकमात्र श्रोत हो । 'विलासिताबाट भन्दा श्रम र संवेदनशीलताबाट सिर्जित संगीत मर्मस्पर्शी र दीर्घकालीन हुन्छन् ।' कर्तव्यबोध र आवश्यकताले गीत र संगीत सिर्जना हुने रामेशको ठम्याइ छ । मूक्तिका लागि मानिसले संघर्ष गर्छ । संगीतले संघर्षमा प्रेरणा भर्छ, सुस्ताएका मनहरूमा हौसला थप्छ अनि अज्ञानताको घुम्टो हटाइ वास्तविकता र्छलङ्ग पारिदिन्छ । गरिबी, अभाव, अन्याय, अत्याचार, यातना र अपमानबाट मूक्तिका लागि हुने हरेक आन्दोलनमा साथ दिन्छ जनसंगीतले । कर्मलाई दोष दिएर पुर्पुरो छामिरहेका मानिसमा मुक्तिको आशा जगाउ“छ ।

विशुद्ध मायाप्रीतीका गीत गाउने कलाकलाकार धनि वर्गको हितमा गाउ“छन्, नाच्छन् र मनोरञ्जन पस्किन्छन् । त्यसबापत केहीले मात्रै बक्सिस र नाम कमाएका छन् तर धेरै त्यस्ता कलाकार दुःखमै बा“चिरहेका छन् । अर्कोतिर जनकलाकारहरू निकै कष्टकर यात्रा गरिरहेका छन् । उनीहरू गरिब वर्गका प्रतिनिधि पात्र हुन् । जस्तो जीवन तल्लो वर्गका मानिसले बिताइरहेका छन् उनीहरूको जीवनस्तर पनि ठीक त्यस्तै छ । उन्मूक्तिको गोरेटोमा त्यस्तै रेखाहरू कोरिरहेका छन् उनीहरू । धन बटुलेर विलासी जीवन बिताउ“ने सपना हु“दैन, सपनाको संसारलाई विपना बनाउने यात्रामा खटिरहन्छन् । 'विभिन्न समयमा सत्तामा पुगेका नेतृत्वकर्ताको हुलले देश र जनताप्रति धोका नदिएको भए जनताको जीवन यति दुःखदायी हु“दैनथ्यो होला ।' उनी स्पष्ट छन् कि नेपाली जनताको जीवनस्तर जुन छ जनकलाकारको पनि त्यही हुन्छ । दशकौंदेखि जनसंगीतमा समपिर्त उनी नया“ धारणा प्रस्तुत गर्छन् । 'जनकलाकारहरूले जीविकाको आधार अर्कै पेशालाई बनाएर गीत/संगीतलाई सेवाको कर्म बनाए अति उत्तम हुन्छ ।'  व्यवसायीक गीत/संगीतलाई पेशा बनाएका कलाकारलाई त बा“च्न गार्‍हो छ भने शासनसत्ता धनिवर्गको हातमा रहेको अवस्थामा जनताका कलाकारलाई त दुःख नहुने कुरै भएन । तैपनि, जनताका काम गर्दा जस्तै कठीनाइमा पनि गर्वको अनुभूति हुने उनी ठान्छन् । जनताले जस्तै कष्टमा पनि आफ्ना कलाकारलाई साथ दिने उनको विश्वास छ ।

संसारमै र नेपालमा पनि जनसंगीतको स्तर अलि कमजोर रहेको टिप्पणी पाइन्छ । ज्ञानको कमी र साधनाको अभावले जनसंगीत कमजोर रहेको बताइन्छ । निरन्तर साधना र अध्ययन संगीतमा मात्र होइन, सबै क्षेत्रमा उत्तिकै आवश्यक पर्छ । तैपनि, जनकलाकारको क्षमता र स्तर पहिलेको भन्दा निकै माथि उठेको देखिन्छ आजकाल । र्'वर्तमान समयमा जनकलाकारको संगीतस्तर र प्रस्तुति व्यावसायिक कलाकारको भन्दा कम छैन ।' वास्तविकता यसरी प्रस्तुत गर्छन् रामेश । कलाशैलीमा कमजोर भइएला भनेर निकै कलाकार सचेत छन् अहिले । आफ्नो स्तर बढाउन पाएसम्मको ज्ञान हासिल र साधना गर्न कलाकारहरू मरिमेटेको पनि उनले देखेका छन् । अर्कोतिर पश्चिमी र बम्बैया शैली अपनाउन सके खुब स्तरीय भइने सोच पनि कलाकारहरूमा जन्मिएको छ । यसले नेपाली कलाक्षेत्रलाई विकृत बनाउने उनको धाराणा छ । 'विचार र उदेश्य प्रष्ट छैन भने साजसज्जाले मात्र रचनालाई जीवन्त बनाउन सक्दैन, मृत शरीरलाई सिंगार्दा कस्तो हुन्छ -' कलामा केही कमी भएपनि त्यसमा निहित विचार सत्य र बहुसंख्यक जनताको हितमा छ भने त्यो आफैं कालजयी र लोकप्रिय हुने अभिमत छ उनको ।

'विशेष अवस्थामा नारावादी गीत अति आवश्यक हुन्छ, त्यो नभइ हु“दैन' भन्ने धारणा छ उनको । तर, त्यसमा कलाशैली गुमाउन नहुनेमा पनि उनी निकै सजग छन् । अर्कोतिर कलाक्षेत्र मानिसको संस्कार र संस्कृतिस“ग जोडिएको पाटो हो । त्यसमाथि गीत/संगीत त झन् र्सवमान्य हुनै नसक्ने उनी बताउ“छन् । अर्को सत्य यो पनि छ कि वर्गीय समाजमा हरेक कलाकर्मले प्रत्यक्ष, अप्रत्यक्ष आफ्नै वर्गको सेवा गरिरहेको हुन्छ । त्यसकारण जनकलाकारहरूले आफ्नै वर्ग खनीखोस्री हातमुख जोड्ने गरिब अनि पाखुरीको बलमा जीवन धान्ने मजदुर वर्गको सेवालाई अभिष्ट बनाउनर्ुपर्छ, बनाइरहेका छन् । इतिहासमा जनसंगीत प्रायः कम्युनिस्ट आन्दोलनस“गै हर्ुर्किएको पाइन्छ । नेपालमा पनि राल्फा व्रि्रोही कलाकार मार्क्सवादी विचारमा समर्पित भएपछि कम्युनिस्ट आन्दोलन व्यापक बनेको उनले देखे । 'नेताका भाषणले भन्दा जनताका गीत, नृत्य र नाटकले दिएका सन्देशबाट प्रभावित भएर जनताका छोराछोरी कम्युनिस्ट आन्दोलनमा लागेका हुन् ।' उनी गर्व गर्छन् । हुनपनि, उनले झण्डै तीन दशकअघि गाएका 'गाउ“ गाउ“बाट उठ...', 'जीवन संर्घष्ा हो...' र 'रक्तक्रान्तिको ज्वालामूखीमा आज उठेको यो बलिदान..' आजपनि उत्तिकै सान्दर्भिक छन् । आन्दोलनमा हातेमालो गर्दै कलाकारहरूले प्रतिगामी शक्तिको सामना गरे, छिनछिनको र दिनदिनको मृत्युको बेवास्ता गरी नेपाली जनताको घर आ“गनमा पुगेर चेतना जगाए । तर, शक्तिमा पुगेपछि सत्तास्वार्थमा लिप्त हुने राजनीतिक थीत्रि्रति उनी खिन्न र आक्रोशित छन् ।

राजनीति सबै क्षेत्रको अगुवा हो । तर, नेपालका कतिपय पार्टीमा सत्ताबाहिर हु“दा एउटा बोल्ने र सत्तामा पुगेपछि जनता बिर्सने र देशलाई घात गर्ने थीति विद्यमान छ । 'यसको अन्त्यका लागि जनताले अब मौरीबाट सिक्नर्ुपर्छ, देश र जनताप्रति इमान्दारलाई मह दिने र गद्दारहरूलाई खिल हानेर ढालिदिने ।' तबमात्र अग्रगमनतिर देश लम्कने उनको धारणा छ । जनताको डर र भरमा पार्टी चल्ने हो भने १५ वर्षै नेपालको का“चुली फेरिनेमा उनी विश्वस्त छन् । पछिल्लो समय नेपालीको मात्रै नभएर संसारकै आशा बनेको माओवादी विवादमा अल्भिmएको राम्रैस“ग देखेका छन् उनले । त्यो शुभसंकेत होइन । विश्वले माओवादीलाई हेरिरहेको छ । १४ हजारको बलिदानी, हजारौं घाइते र बेपत्ता अनि गरिबहरूलाई माओवादीले कुनै पनि हालतमा बिर्सनुहु“दैन । गणतन्त्र घोषणा भएपनि जनताको हालत झन् खराब भइरहेको छ । राष्ट्रियता पनि उस्तै संकटमा छ । माओवादीको पछिल्लो विवादप्रति उनी चिन्तित छन् र आक्रोशित पनि । सत्ताको लोभमा, धनसम्पत्तिलेे चुलिन, ऐस, विलास र अहंकारमा डुब्न कसैले जाली खेल खेल्दैछ भने धिक्कार र दुभाग्यको कुरा हो । 'त्यत्रो जनयुद्ध गरेर पनि पूराना पञ्चे र का“ग्रेस र एमालेजस्तै भयो भने युगमाथि नै घात हुनेछ, त्यो माओवादीकै लागि पनि महादुःखको कारण बन्नेछ ।' माओवादीलाई सजग गराउ“छन् उनी । अहिले माओवादीमाथि दुनि“याका आशाका साथै भ्रम पनि उत्तिकै छन् । भ्रमलाई चिर्दै आशालाई यथार्थ बनाउनुर्पर्छ माओवादीले । माओवादीस“गे संसारले माग गरिरहेको ठान्छन् उनी, त्यो माग आफ्नै  विनाशको होइन,  आमूल परिवर्तनको हो ।

 प्रस्तुतिः सोभित नेपाल

प्रतिक्रियाहरु

Appanretly this is what the esteemed Willis was talkin' 'bout.

- Bharti : pskZgRiCoKRibsKs


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box