प्रवासी समाचार

थाईल्याण्डको चुनावी परिणाम : रातो र्सट हाई हाई

2011-07-15 05:25:10 | कला अनुरागी

थाईल्याण्डको चुनावी परिणाम : रातो र्सट हाई हाई


गत साल थाइल्याण्डको राजधानी र त्यसको वरपर भएको रातो र्सटधारीहरूको प्रदर्शनलाई विश्वले सजिलै बिर्सने छैन । त्यहा“का जनताले त कसरी बिर्सन सक्थे र । प्रजातन्त्र र राजनीतिक स्थायित्वको माग गर्दै रातो र्सटमा सडकमा शान्तिपपूर्ण प्रदर्शनमा ओर्लिएका थाई जनतालाई त्यहा“को राजतन्त्रप्रति बफादार रहेको सेनाले थेगेको अभिजित भिजाजिभा नेतृत्वको सरकारले निर्मम दमन गर्‍यो । ९० जना भन्दा बढी प्रदर्शनकारीहरूको हत्या भयो र आठसय जनाभन्दा बढी घाइते भए ।

यो आन्दोलन जनताद्वारा निर्वाचित सरकार निर्माणको पक्षमा थियो । आन्दोलनलाई निष्कर्षा नपुर्‍याउञ्जेल आन्दोलनकारीहरू थाकेनन् । चारैतिरको दवावपछि तत्कालिन सरकारले ताजा जनादेशको लागि आम चुनावको घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्न बाध्य भयो । त्यसकै परिणामस्वरूप जुलाई ३ अर्थात गत असार १९ गते थाइल्याण्डमा संसदीय निर्वाचन भयो । जसमा जनताले गत बर्षरातो र्सटधारी आन्दोलनमा देखाएको र्समर्थन अभिव्यक्त भएको छ । फलस्वरूप लोकप्रिय पूर्वप्रधानमन्त्री समर्थित फु थाई पार्टी स्पष्ट बहुमत हासिल गरेको छ । त्यसको नेतृको रूपमा उदाएकी यिङलक सिनावात्राले थाई इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा आफूलाई दर्ज गर्न सफल भएकी छिन् । उनको पार्टी  ६६ प्रतिशत मत अर्थात २ सय ६५ सिटसहितको विजय हासिल गरेको छ । थाइल्याण्डको संसदमा ५सय सिट रहेको छ । राजतन्त्र र सेनाको विस्वासपात्र मानिएका पूर्व प्रधानमन्त्री अभिजित भिजाजिभाको नेतृत्वमा रहेको डेमोक्रयाट पार्टीसय ६२ स्थानमा खुम्चिएको छ ।

यिङलक राजनीतिक रूपमा स्थापित नेतृ पक्कै पनि होइनन् । उनको दखल सञ्चारसम्बन्धी व्यवसायमा छ । तर पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कान्छी बहिनी भएकोले उनको राजनीति प्रवेश सहज भयो । तर यिङलकले राजनीतिक रूपमा पनि आफूलाई निकै चलाख सावित गरेकी छिन् । जनताको संवेदनशीलतालाई पक्रने कुरामा उनी र उनको पार्टीफल भएको छ । यस अघि पूर्वप्रधानमन्त्री थाक्सिनले ग्रामीण जनताको हितका कार्यक्रम अघि सारेर जनतामा स्थापित हुन सफल भएका थिए । तर यसले विश्वमा राजतन्त्र लोप हु“दै गएको वर्तमान परिवेशमा पनि आफूलाई जनतामा लोकप्रिय रहेको प्रचार गर्दै आएको थाई राजतन्त्रले  धक्का महसुस गर्‍यो । यही कारण २००६ मा उनलाई सैनिक कू गरी पदबाट अपदस्त गरियो र भ्रष्ट्राचारको आरोप लगाइयो । तथापि उनको लोकप्रियता जनतामा कामयै रहेको त्यसपछि रातो र्सटधारी आन्दोलन र पछिल्लो निर्वाचन परिणामले देखायो । फु थाई पार्टी थाक्सिनको अघोषित नेतृत्वमा चलेको मानिन्छ ।

थाइल्याण्डको पछिल्लो निर्वाचन परिणामलाई विश्वमा विभिन्न कोणबाट चर्चा परिचर्चा गर्न थालिएको छ । तथापि यसको समग्र पक्षको अध्ययन गर्ने हो भने यसको स्पष्ट सन्देश हो 'जनता परिवर्तनको पक्षमा छन् ।' त्यहा“को आम जनताको मत राजतन्त्रको आडमा सीमित व्यक्तिहरूले शासन गर्ने पद्दतिको विरुद्धमा छ भन्ने निर्वाचन परिणामको सन्देश हो । गत सालको आन्दोलनमा पनि यो मत प्रकट भएको थियो । विशेष गरी ग्रामीण क्षेत्रमा कष्टकर जीवन गुजारा गरिरहेको गरिब महिला र किसानहरू आफ्नो जीवनमा परिवर्तनको खोजी गरिरहेका छन् जुन परिवर्तन परम्परागत कुलिन राजतन्त्रका कठपुतलीहरूद्वारा सम्भव छैन भन्ने पनि उनले बुझेका छन् । त्यो बुझाईलाई उनीहरूले आन्दोलन र चुनाव दुवैमा व्यक्त गरेका छन् ।

जनताको परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्नुपर्ने दायित्व नया“ प्रधानमन्त्री यिङलकमाथि आएको छ । उनले थाई जनताको त्यो चाहनालाई कसरी सम्बोधन गर्छिन् त्यो त हेर्न बा“की नै छ । तर एउटा कुरा के चाहिं निश्चित हो भने चुनावी भाषणमा जनताको संवेदनशीलता र परिवर्तनको चाहनालाई सम्बोधन गर्न सजिलो छ, व्यवहारमा त्यति सजिलो छैन । एकातिर आफ्नो राजनीतिक शक्ति क्षयिकरणको रन्को त्यहा“को राजपरिवारलाई परिरहेको छ ।  यो चुनावी परिणामलाई शक्तिको बलमा उल्ट्याउन त्यो शक्ति लाग्दैन भन्ने कुनै ग्यारेन्टी छैन । यी तथ्यहरूमाथि संवेदनशील भएर जनता र प्रजातन्त्रको पक्षमा दृढतापूर्वक उभिने या जनताको संवेदनशीलतालाई सत्तामा पुग्नमात्रै प्रयोग गर्ने भन्ने कुराले नया“ सरकारको भविष्य निर्धारण हुनेछ । किनकि जनता त आफ्नो परिवर्तनको चाहना पूरा गर्न कुनै पनि बेला संर्घषको मैदानमा उत्रन तयार हुन्छ । थाइल्याण्डका जनता रातो अर्थात पूर्ण परिवर्तनको पक्षमा छन् भन्ने देखिइसकेको छ ।

(एजेन्सीहरूको सहयोगमा कला अनुरागी)

 

 

 

 


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box