Air Ticketing in Nepal Contact to Merosindhu.com

लेख रचना

पर्यटकीय दृष्टिकोणमा सिन्धुपाल्चोक

2011-07-15 05:37:13 | मेरो सिन्धु


Milan Tamang

पर्यटकीय दृष्टिकोणमा सिन्धुपाल्चोक

हाम्रो देश ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक भण्डार हो । नेपाल संसारकै एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । देशका ७५ जिल्ला मध्ये सिन्धुपाल्चोक मुलककै एक नमूना पर्यटकीय स्थल हो भन्दा अत्युक्ति नहोला । नेपालको राजधानी काठमण्डौ र विश्वमै आर्थिक प्रगतिले अचम्मित पार्ने मित्र राष्ट्र चीनको मूख्य ब्यापारीक नाकासँग जोडिएको यो जिल्ला मनमोहक हिमश्रृंखला प्राकृतिक हरियाली बन जंगल खोला नाला तथा अन्य विविध ऐतिहासिक तथा साँस्कृतिक सौन्दर्यता िसंगारिएको छ । जिल्लामा पर्यटकहरुको निमित्त आफ्नै किसिमको सौन्दर्यता र मौलिकता भेटिन्छ । पर्यटनका विशेषज्ञहरुले अध्ययनले आन्तरिक तथा वाह्य पर्यटकहरुले चाहना गरेको चिज कम खर्च र छोटो दुरीमा पाउने एक मात्र जिल्ला सिन्धुपाल्चोक रहेको बताउँछ । यस जिल्लामा कुनै पनि पर्यटकहरुले छोटो पैदल यात्रामै ट्रेकिङ्ग बन्जी जम्प क्यानोइङ्ग स्विङ्ग हिडन क्यानोइङ्ग हाई रोप्स् एक्सपिडिसन टूर प्रोगामर क्लाइम्बिङ्ग एड्भेाचर टूर र् याफ्टिङ्ग कायाकिङ्ग रक क्लाइम्बिङ्ग तथा पर्यटन खेलहरुको रोमााचक अनुभूति संगाल्न सक्छन् । । अर्को कुरा नेपाल बन्द मौसम खराबीका कारण उडान रद्द हुने समस्या पनि यो जिल्लामा छैन । किनकि यो राजधानीबाट निकै नजिक छ ।

यस जिल्लालाई प्रकृतिले सँच्चिकै अतुलनिय सम्पत्ति प्रदान गरेको छ अब यसलाई नगदमा बदल्नु छ । नेपालकै पुरानो तथा चर्चित गन्तब्य हेलम्बु विश्वको सिमसार कुण्डहरुमध्ये नवौ स्थानमा पर्ने पाँचपोखरी र भैरबकुण्ड लगायत दर्जनौ कुण्डहरु पछिल्ल्ााे चरणमा निर्माण भएको एशियाकै गहिरो बन्जी जम्प राफ्टिङका लागि उत्कृष्ट नदीहरुमध्ये विश्वकै दशौ स्थानमा पर्ने भोटेकोशी अबिरल बग्ने इन्द्रावती र जुगल हिमालबाट बग्ने ब्रम्ह्याणी बलेफी खोला तामाङ ह्योल्मो शेर्पा नेवार लगायत बिभिन्न जातिको भेषभूषा धर्म कला सँस्कृति र जीवनशैली यहाँ छन् । नेपालकै सबैभन्दा धैरै बुद्धिष्ट गुम्बाहरु गौरती पाल्चोक र लिस्तीमाई लगायतका दर्जनौ मठमन्दिर जताततै झर्झराएका काचन झर्नाहरु ठुला-ठुला हरियाली घना वन जंगलहरु यसै गरी शक्तिशाली राष्ट्र चीनसँगको एकम्ाात्र ब्यापारीक नाका तातोपानी धारा नेपाल तिब्बत बिच युद्ध क्रममा निमाण गरिएको दुगुनागढी भोताङ स्थित रणविर िसं थापा काजीको हेबली जस्ता ऐतिहासिक सम्पदाहरुले सिन्धुपाल्चोकलाई पर्यटकीय हिसाबले निकै समृद्ध बनाएको छ । जडिबुटीका राजा यासा्र गुम्बा लगायत २५० प्रजातिको जडिबुटी र १५० भन्दा बढि जातिका चराचुरुङ्गीहरु पाइने यो जिल्लामा पर्यटन उद्योगको प्रचुर संभावना रहेको छ ।

पर्यटनको महत्वः

१ आर्थिक मेरुदण्ड २ बैदेशिक मुद्रा आर्जनमा योगदान ३ रोजगारीको अवसर ४ स्वदेशी तथा विदेशी लगानीको संभावना ५ जिल्लाको सर्वाङ्गिण विकासमा योगदान ।

जिल्लाको संभावित पर्यटकीय स्थलहरुको अध्ययन गर्दा ४५÷५० गाविसका स्थानीयबासीले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् । यसै गरी एक्काइसौं शताब्दीमा विश्वको सबैभन्दा प्रमुख ठूला उद्योगको रुपमा पर्यटन उद्योगलाई लिइन्छ । वर्तमान विश्वमा पर्यटन विभिन्न प्रकारको आनन्द प्राप्ति गर्ने माध्यम मात्र नभएर राष्ट्रिय अर्थतन्त्रको विकास र अन्तर्राष्ट्रिय शान्ति एवं सम´दारीको सर्वोच्च माध्यम भइसकेको छ । त्यसैले चिया पसलदेखि पाँच तारे होटलसम्म पर्यटन उद्योगले महत्वपूर्ण योगदान गरेको छ । यसै गरी यस व्यवासायले जिल्लाको संस्कृतिलगायत विविध पक्षको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार-प्रसार गर्न सहयोग पुर् याउने छ साथमा स्थानीय रुपमा उत्पादन भएका खाद्य बस्तुलाई विभिन्न परिकारको रुपमा बनाई घरमै बसी राम्रो आयस्रोत गर्न सकिने छ । कसैले गाइड कसैले पोर्टर त कसैले विभिन्न प्रकारको साना तथा ठूला होटलहरु संचालन गर्न सकिने छ । त्यसैले पर्यटन क्षेत्रमा मात्र विकास गर्ने हो भने नयाँ सिन्धुपाल्चोक बन्न कुनै लामो समय कुर्नु पर्ने देखिदैन ।

कमजोरीहरु

विकासको प्रबल संभावना रहेर पनि प्राचिनकाल देखि नै गाँस बास र कपासकै लागि अनवरत रुपमा संघर्षरत सिन्धुबासी यथार्थमा अशिक्षा विपन्नता पछौटेपन र अन्धकारले गाँजिएका छन् । राज्यको उदासिनता श्रोत साधनको बाँडफाँडमा गरिदै आएको भेदभाव स्थानीय प्रतिनिधिहरुको लुछातानी स्थानीय कर्मचारी संघ संस्था र जिम्मेवार ब्यक्तिहरु स्थानीय स्रोत साधनको स्थानीय स्तरमा परिचय गराउनुको सट्टा अन्धकारमै राखी अज्ञानताको फाईदा लिन मन पराउने चुनावी अभियानमा बाहेक पार्टी प्रतिनिधिहरु लगायत टाठा बाठा ब्यक्तिहरु आफ्नो सम्पुर्ण समय चौतारा -काठमाडौ र काठमण्डौ-चौतारा गर्दै राजधानीमा बसी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँग विकासको बाहनामा भलाकुसारी गरि सम्पत्ति कमाउन सभा गोष्ठी सिन्धु अभियान तातोपानाी महोत्सवजस्ता विभिन्न निरर्थक कार्यक्रहरु संचालन गर्न मन पराउने हाम्रा अगुवाहरुको भूल नै सिन्धु विकासको बाधक तत्व हो । अहिले समा जति पनि बिकासका बजेटहरु छुट्याइयो त्यसले परिवर्तनको छेउसम्म पनि ल्याउन सकेको छैन । मात्र कर्मचारी जनप्रतिनिधिहरुको गैर उत्तरदायीपन एवं उदासिनतालाई संरक्षण गर्ने र गैरसरकारी संघ संस्थाहरुको मागी खाने भाँडो र परिक्षण थलो भइराखेको छ । त्यसैले सम्पूर्ण पार्टी प्रतिनिधिहरु दलीय स्वार्थ भन्दा माथि उठी पारदर्शी रुपमा यसको महत्वलाई आँकलन गर्न सकेका मात्र विकास सम्भव देखिन्छ ।

आवश्यकताहरुः

१ जिल्लामा एक पर्यटकीय कमिटिको गठन ।

२ बजेट बाँडफाँडमा यस क्षेत्रलाई प्राथमिकता ।

३ पर्यटकीय जानकारी क्ष्लायचुबतष्यल केन्द्रको स्थापना ।

४ जन चेतनाको बिकासका कायक्रमहरु ।

५ निजि क्षेत्रलाई प्रोत्साहन ।

६ दक्ष जनशक्तिको लागी आवश्यक प्रबन्ध ।

७ जुगल हिमाल लगायत अरु हिमालहरुको ट्याक्स खारेज ।

८ राजनीतिक दलका नेताहरु दलिय स्वार्थ भन्दा माथि उठ्न जरुरी ।

९ बेला बेलामा सम्बन्धित बिषयका ब्यक्तिहरु र स्थानिय बासिन्दाहरुको अन्तरकि्रयम

कार्यव्रुम संचालन ।

अन्तमा

जिल्लामा रहेको सम्भावित गन्तब्यहरुको पहिचान र यसको बिकास गराउन पुर्वाधारको ब्यवस्था गराई यस क्षेत्रलाई प्रथमिकताका साथ जोड दिइ स्थानीयबासीलाई ब्यवासायिक रुपमा अग्रसर गराएमा यस ब्यवसायले जिल्लाको संस्कृति लगायत विविध पक्षको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न सहयोग पुर् याउने छ । यस्तो गर्न सकिएमा पर्यटन ब्यवासायले जिल्लाको आर्थिक सामाजिक शैक्षिक र यसको समग्र विकासमा टेवा पुर् याउने छ । अहिल्यै जिल्लामा आमूल परिवर्तन गर्न नसकिए पनि आजको एक्काइसौं शताब्दीको प्रविधि प्रविधिको प्रयोग गरी धेरै सुधार ल्याउन सकिनेमा दुइमत छैन । त्यसैले स्थानीय जनताको चेतना अभिवृद्धि गरी श्रोत र साधनको अधिकतम उपयोग गर्न जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी तथा जिल्ला तथा राज्यको नेतृत्व लाग्नु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box