पत्रकारहरुको बिषयमा संवेदनशील छौं
अग्निप्रसाद सापकोटा
सूचना तथा संचारमन्त्री
देश असाध्यै ठूलो संक्रमणकालमा रहेको बेला तपाई संचार मन्त्री हुनु भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
भिन्न अनुभूति छैन किनभने शान्ति प्रकि्रयामा आएको पनि चार/पाँच वर्ष भैसक्यो । तर पनि अहिले सरकारको सूचना तथा साचार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा साचार माध्यममा रहेका जटिलता त्यसको रुपान्तरणको बोध त्यसका साथसाथै त्यसप्रतिको संवेदनशीलताको भारचाँहि अलि बढेको जस्तो महशुस भएको छ ।
संचार मन्त्रालयले के-के योजना अगाडि बढाउँदै छ ?
अहिले सरकार र राष्ट्रकै कार्यभार शान्ति र संविधानलाई निष्कर्षमा पुर् याउँने नै हो । त्यस माथि सूचना तथा साचार मन्त्रालयको काम पनि शान्तिलाई निष्कर्षमा पुर् याउन र नयाँ संविधान निर्माण गर्ने कुरामा नै सम्पूर्ण ध्यान केन्द्रीत भएको छ र जनशक्ति पनि त्यसरी नै परिचालन भएको छ । जनताको सूचना हक प्राप्त गर्ने कुरा साचार जगतका समस्याहरु पत्रकारका समस्या पत्रकारको स्वतन्त्रता पत्रकारलाई जनता र राष्टप्रति जिम्मेवार बनाउने सवाल र श्रमजीवी पत्रकारका समस्या लगायतका कार्ययोजना निर्माण गर्नुपर्छ भन्ने सोचमा छ । अहिले मुख्यतः शान्ति र संविधानमा केन्द्रीत हुनुको साथसाथै पत्रकारिता जगत साचार मन्त्रालय अन्तर्गतका दूरसाचार टेलिकम लगायतका संस्थाहरुमा पनि बाँकी रहेका कतिपय कामलाई अगाडि बढाउने सोचिएको छ । यो सम्बन्धमा कार्ययोजना निर्माण हुँदैछ । त्यो कार्ययोजना निर्माण भैसकेपछि छिट्टै हामी सबैलाई आमन्त्रण गरेर आगामी दिनका लागि नीति धारणा र कार्यक्रम सार्वजनिक गर्दैछौं ।
निजी मिडिया र सरकारबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तै देखिन्छ निजी मिडियालाई समेटेर लैजाने कुनै योजन निर्माण गर्नुभएको छ ?
पहिलो कुरा सरकार र मिडियाबीचको असमझदारी छलफल र अन्तरकि्रयाद्वारा हल गर्न सकिन्छ । दोश्रँेः अहिले नयाँ सुरुवात भएको छ मैले पनि नयाँ जिम्मेवारी लिएको छु नेपाल पत्रकार महासंघमा पनि नयाँ टिम अगाडि आएको छ । त्यस कारण तपाईंको लोकप्रीय पत्रिकामार्फत् आम साचार जगतलाई के अपिल गर्न चाहन्छु भने वितेका कुरा वितिसके त्यसको समीक्षा गरौंआवश्यक शिक्षा लिदै भविष्यप्रति स्पष्ट दृष्टिकोण राखौं र वर्तमानमा हामी कि्रयाशील रहौं भन्न चाहन्छू । किनभने वर्तमानको समय हाम्रो लागि महTवपूर्ण हुन्छ । त्यस कारण नयाँ शिराबाट कामलाई अगाडि बढाऔं । म पनि खुला दिमागले वहस छलफल अन्तरकि्रया गर्न तयार छु । सबै साचार जगतका सम्पूर्ण साचारकर्मीलाई नयाँ अध्याय नयाँ आयामको सृष्टि गरौं भन्ने अपिल गर्न चाहान्छु ।
अहिले अधिकांश पत्रकारले न्यूनतम वेतन समेत नपाईरहेको र नियुक्ति नलिई काम गरिरहेको अवस्था छ यो समस्यालाई कसरी हल गर्नूहून्छ ?
आम पत्रकारिता जगतमा पनि समस्या छन् । पत्रकारको सुरक्षा स्वतन्त्रताका
कुराहरु पनि छन् । त्यसको साथसाथै यो भन्दा पनि गम्भीर समस्या चाँहि
श्रमजीवी पत्रकारहरुको छ । उनीहरुको हातमा न नियुक्तिपत्र छ न पेशाको
ग्यारेन्टी छ वेतनको ग्यारेन्टी छैन साचयकोष पेन्सनको कुरा त टाढाकै रहे ।
कुनै दुर्घटनामा परे लाईफ ग्यारेन्टी पनि छैन । विमाको पनि व्यवस्था छैन ।
त्यसकारण यी सबै समस्याहरु छन् । समस्यालाई समाधान गर्न कमसेकम श्रमजीवी
पत्रकारहरुको अहिलेको अवस्थालाई परिवर्तन गर्नको लागि साचार मन्त्रालयको
तर्फबाट हामी एउटा नयाँ कार्यक्रम सोचिरहेका छौं । कमसेकम नयाँ कुरा
सुरुवात होस् । न्यूनतम र आधारभूत कुराहरु पूरा गर्न सकियोस् । जसले गर्दा
निर्धक्क भएर पत्रकारिता पेशामा लाग्न सक्ने स्थिति बनोस् । समग्रमा भन्दा
पत्रकारहरुको बिषयमा संवेदनशील छौं ।
प्रस्तुती : कला अनुरागी