अमित घिमिरे
राष्ट्रियरुपमा प्रवेशिका परीक्षाको नतिजा ९ प्रतिशतले घटेतापनि जिल्लामा
१५ प्रतिशतले बढेको भन्दै फर्जी अभिमान दर्शाएको पाईन्छ । त्यसो त आजका
मितिसम्म शिक्षा कार्यालयसँग नतिजाको पूर्ण विवरण आएको छैन । न त उसले
प्रवेशिका परीक्षाको नतिजा विश्लेषण नै गरेको छ । उपलब्ध भएको कच्चा
तथ्याङ्क अनुसार जिल्लाले ७०.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको
बजार हल्ला छ र फर्जी अभिमान छ ।
तुलनात्मक रुपले जिल्लाको यो नतिजा गत वर्षको भन्दा कमजोर हो । झन् सरकारी खैराते विद्यालयको हकमा त फितलो नै हो । केही निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन बढी नै सफल भएका छन् । १२/१५ वटा खैराते सरकारी विद्यालयहरुले शत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन पनि सकेको तथ्याङ्कमा आएको छ । तर कसरी तिनीहरुले सके कतैबाट त्यसको विश्लेषण भने भएको छैन । विगतमा नीलका नील जाने विद्यालयले ठूलो मात्रामा उत्तीर्ण गराउन सक्नुको पछाडि के शैक्षिक सुधार भएकै हो त?
तथ्याङ्कले जे जे बताए तापनि हाम्रो वास्तविकता हामीसँग छ र त्यो तीतो नै छ । यहाँ यसो भनिरहँदा मेधावी केही विद्यार्थीको र राम्रा गुणस्तरीय विद्यालयहरुको अपमान गर्न खोजिएको हैनm, मानमर्दन गर्न खोजिएको हैन । वास्तविकताको कुरा मात्र गरेको हो । छातीमा हात राखेर भनौ जे जति उत्तीर्ण भएका छन् अपवाद छाडेर के ती उत्तीर्ण हुनलायक विद्यार्थी थिए त र केही विद्यालयहरु छन् जस्को नतिजाले स्वयम् विद्यालय नै दंगदाश परेका छन् । कसरी हुन सके आफै अनुउत्तरित छन् ।
प्रवेशिका परीक्षापूर्व केही घटनाक्रमहरुलाई सिंहावलोकन गरौं । अस्थायी अनुमतिमा चलेका-चलाइएका कामचलाउ विद्यालय जहाँ कामचलाउ शिक्षकहरुबाट भएको अध्यापन कति सार्थक रह्यो राजनीतिक दलका सिफारिसमा भर्ती गरिएका विषय विहीन शिक्षकबाट के दिक्षित भए होलान् विद्यार्थीहरु अनि जहाँ प्रवेशिकाको केन्द्राध्यक्षदेखि परीक्षामा सामेल हुने निरीक्षक गार्ड समेत दलीय भागबण्डाका आधारमा तय गरिन्छ त्यहाँबाट आएको परीक्षाको प्रतिशतमा के अभिमान गर्नु चोरीचकारी विना परीक्षा नै लिने हो भने अहिले उत्तीर्ण भएकाको चौथाई पास होलान् प्रश्नचिन्ह बन्ने छ ।
प्रवेशिका परीक्षाको निरीक्षण ज्यादै फितलो छ । सदरमुकाममा शिक्षा कार्यालय सीडिओ र डीएसपी कार्यालय भएकोले केही हदसम्म निरीक्षण भयो होला । त्यसभन्दा पर त कस्ले परीक्षा दिईरहेको छ भन्ने नै एकीन थिएन । व्यापक अमर्यादाका बीच सम्पन्न भएको प्रवेशिका र त्यसबाट प्राप्त हुने नतिजाप्रति हामी बाहिर त खुबै दंगदाश गर्ने गरौंला तर भित्रभित्रै हामीलाई आत्मग्लानी भएको छ । शिक्षकहरुलाई राजनीतिक दलको झोला बोक्दैमा ठीक छ । शिक्षा कार्यालयलाई त राजनीतिक दलका भ्रातृभगिनी संगठनहरुले तह लगाई हाल्छन् । जसरी हुन्छ आफ्नो संस्था विद्यालय÷बोर्डिङ ले शतप्रतिशत अझ विशिष्ट श्रेणी बढि ल्याउने होडबाजीमा हामी झुटको खेती भुटेर बीउ छर्ने काम गरिरहेका छौं ।
उता परीक्षा हलमा प्रश्नपत्र वितरण भएको दश मिनेट बित्न पाएको हुँदैन यता बाहिर भने प्रश्नको हल गरेर फोटोकपिसमेत गरिसकेको हुन्छ । परीक्षा अगाडिदेखि आफ्नो विद्यालयको र विद्यार्थीको अनुकुल हुनेगरी स्थान परिवर्तन स्थान मिलाउने काम सिटप्लानिङ गरिन्छ । दश मिनेट बित्न नपाउँदै चिटहरुको व्यवस्थापन गर्नसक्ने गार्डको परिचालन गरिन्छ । परीक्षाका निरीक्षक सुरक्षाकमी्र विद्यालय शिक्षक अभिभावक सबैको मिलीभगतमा प्रवेशिका खियाग्रस्त पत्रु ढोका बनाईएको छ ।
शिक्षा नीतिमा जुन विद्यालयले प्रवेशिकामा राम्रो प्रतिशत आर्जन गर्छ यसलाई विभिन्न राहत सेवासुविधा दिने भएपछि जसरी हुन्छ बढीसेबढी प्रतिशत ल्याउनका लागि जेसुकै पनि गर्न पछि नपर्ने परिपाटी मौलाएको छ भने होमसेन्टर अर्को दुर्भाग्य हो ।
सारमा अध्ययन अध्यापनको मापन परीक्षा लिखित मात्र हुनु बिडम्वना हो । सबै घटनाक्रमको िसंहावलोकनपछि हामीले गरेको फर्जी अभिमानमा हामीले हाम्रा विद्यार्थीहरुको मौलिक सिर्जना र उनीहरुमा अन्तरनिहित अविष्कारको स्तरलाई दोहन गरिरहेका छौं । सम्भावित रचनालाई हत्या गरिरहेका छौं । यहि प्रवेशिकाको आडमा शिक्षकले विद्यार्थीको यौनशोषणसमेत गरिरहेका घटना छर्लङ्गीएको छ । विद्यार्थी विद्यार्थीबीच हुने यौनशोषण सहयोगीहरुले परीक्षामा गार्ड बसेकाहरुले लुटेको यौन प्रकरण आदि इत्यादि गर्दा प्रवेशिका त्यस्तो हाउगुजी भएको छ जसले भोलिको सभ्यतामा ठूलो घातक परिस्थिति सिर्जना गर्ने छ ।
त्यसो त प्रवेशिका मात्रै हैन कक्षा ११ कक्षा १२ स्नातक सबैखाले परीक्षाको गति उस्तै हो । नहोस् पनि किन जहाँ स्वयम् शिक्षकहरु चोरी गर्न पाएनौ भनेर बबाल गर्ने गर्छन् । यस पल्टको परीक्षा विद्यार्थीले कम राजनीतिक कार्यकर्ता र स्थानीय गुण्डाले परीक्षा केन्द्र नै सदरमुकाम बाहेकका केही केन्द्रहरु कब्जा गरेर संचालन गरेको हुँदा यति प्रतिशतले बढ्यो भनेर फर्जी अभिमान गर्नु मित्थ्या हो ।