दोहा, जेष्ठ २६
सिन्धुपाल्चोक युवा सिर्जना समूहको पाँचौ वाषिर्क साधारण सभाले विमल
गिरीको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसको
उपाध्यक्षमा कान्छा वम्जन, सचिव इन्द्रमणी नेपाल, कोषाध्यक्ष्य कैलाश गिरी,
सह सचिव मिनबहादुर माझी र सदस्यहरुमा ललित वम्जन, अरुणकुमार भट्टराइ,
दिपेन्द्र भट्टराई, रामकुमार भट्टराई, रामजी माझी, दिपक दनुवार,
सूर्यबहादुर श्रेष्ठ, रामकाजी सुनुवार छन् ।
अध्यक्ष विमल गिरीको सभापतित्वमा सम्पन्न भेलामा सचिव इन्द्रमणी नेपालले सञ्चालन र संस्थापक विनोद लामाले संस्थाको विवरण सुनाएका थिए । संस्थाका प्रमुख सल्लाहकार तथा तामाङ
सेवा समाजका अध्यक्ष शंखलाल तामाङले प्रवास तथा प्रवासीको स्थिति तथा त्यसमा संघसंस्थाको भूमिकाको बारेमा बताए ।