कविता
उनीसँगै हाँसेका ति,रात उतै बस्यो!
2011-06-12 20:51:19 | मेरो सिन्धु
म छु नि तिम्रो भन्ने,बात् उतै बस्यो!
दुख पर्दा थामिदिने,हात् उतै बस्यो!!
रोइ-रोइ बितेकाछन्,परदेशिका पलहरु
उनिसगै हासेका ति,रात् उतै बस्यो!
गाउघर,मेलापात्,दाजुभाइ र इस्टमित्र
दशै-तिहार् चाडपर्बको,उन्माद् उतै बस्यो!
नमिल्दो रैछ स्वाद्,परदेशको परिकारमा
गुन्द्रुक् र ढिडो अनि,भात् उतै बस्यो!
भर् छैन जिन्दगिको,घर् छैन खुशिको
नछुटिने कसम् खाको,साथ् उतै बस्यो!
रामशरण थापा
बतासे-१,सिन्धुपाल्चोक
हाल्-दुबइ