अमित घिमिरे
amurtaamit@gmail.com
यति बेला तीसौ वर्षदेखि विद्यालयमा अध्यापनरत् शिक्षकहरु कार्य सम्पादन
मूल्याङ्कन फाराम भर्न दौडादौडीमा छन् । कार्य सम्पादन मूल्याङ्कनको आधारमा
शिक्षकको स्तरोन्नति बढुवा गरिन्छ । वि।सं। २०५० देखि शिक्षकहरुको बढुवा
गर्दै लाने अवधारणा ल्याएता पनि २०५४ सालबाट कार्यान्वयनमा बढुवा आएको हो ।
आन्तरिक प्रतिस्पर्धाबाट र फाइल बढुवाबाट गिरंदै आएको शिक्षकहरुको फाइल
बढुवा कति सार्थक कति निस्पक्ष र कति औचित्यपूर्ण छ । अनि त्यसमा राजनीतिक
शक्तिको शिक्षा कार्यालयको भूमिका कुन प्रकारको हुन्छ भन्ने सधैँ
प्रश्नचिन्ह बनिरहेको छ । आज दुई दशक बित्ने तरखरमा छ तर कार्य सम्पादन
मूल्याङ्कनमा कति योग्य शिक्षक परे कति सिफारिसमा वा कोशेलीमा स्तरोन्नतिको
भर् याङ्ग चढे; त्यो पनि प्रश्नचिन्ह नै बनिरहेको छ ।
शिक्षकहरुमा पनि सकभर फाइल बढुवामा पर्न पाए हुन्थ्यो भन्ने चिन्तनले घर गरेको छ । उनीहरुलाई प्रतिस्पर्धा गर्नुभन्दा चाकडी गर्न बढी सजिलो लाग्दै आएको छ । अब क-कसलाई के-के प्रकारको नजराना-कोशेली पुर् याउनु पर्ने हो कुन-कुन विद्यालय निरीक्षकलाई हाकिमलाई कसरी पूजा-अर्चना गर्ने कसरी भ्रातृ संगठनहरु शिक्षक संघ संगठन परिषद् युनियन आदि-आदि को सिफारिसको विन्तिपत्र हाल्नुपर्ने हो वा भ्रातृ संगठनको जोड नलागे माउपार्टीकै जिल्ला स्तरीय नेता हुँदै केन्द्र स्तरीय नेतासम्मको सिफारिस दवाब अनुरोध गर्न लगाउनेतर्फ शिक्षकले दौडधूप गरििदंदा पनि माथिका प्रश्न यक्ष प्रश्नका रुपमा रहेको हो ।
शिक्षकहरुका लागि शिक्षा कार्यालय विश्वसनिय आत्मिक र अपनत्वको कसीमा रहनुपर्ने हो । तर यहाँ जुनसुकै शिक्षकसंग सम्बन्धित कार्य आयो कि दलहरुको हस्तक्षेप र उनीहरुकै चलखेल हुन्छ । मानौ शिक्षा कार्यालय त थपना मात्र हो । कार्यालयको कुन-कुन शिक्षकको दक्षता योग्यता खुवी कार्य सम्पादनको अवस्था के-के छन्- विश्वसनिय तवरले मूल्याङ्कन गर्दै लगत राखेर त्यही अनुसार निस्पक्ष कार्य गर्नुपर्ने हो । किन्तु कार्यालय चिनिएकाहरुलाई पहँुच पुगेकाहरुलाई चाकडेहरुलाई काखी च्याप्छ जसको सबुत भनेको जनगणनामा छुट्टाएको सुपरीवेक्षक र छुट्टाउने गणकहरुको खटनपटन र नामावली पनि एक हो । जो-जो सत्तामा छन्- उसैका खेमाहरुलाई अवसर-मौका र मूल्याङ्कन गर्छ कार्यालय । अझ कार्यालय क-कसको निर्देशनमा चल्ने हुन्छ को सरकारमा छ । तिनै ुड्याङ्का मूलाहरुलाई कानूनन् वा अनधिकृत टेको दिएर उकेरा लगाउँदै आएको छ । त्यही उकेरामा खुरुखुरु पठाउने नचिनिएका भ्रातृ संगठनको वैतरणी नसमातेका कोशेली र नजराना दिएर कार्यालयमा नपसेकाहरु नै; सोत्तर भएका छन् -कार्य सम्पादन मूल्याङ्कनको प्राप्तिमा ।
आरोप वा कुनै पूर्वाग्रह हैन । कार्यालयलाई-कार्यालयप्रति अपनत्व जागृत गराउन अवरोध कार्यालयका अलावा शिक्षक स्वयम्को प्रस्तुति पनि उत्तिक्कै सङ्गीन प्रकारको छ । शिक्षकहरुलाई शिक्षा कार्यालयप्रतिभन्दा बढ्ता राजनीतिक दलसँग बढी अपनत्व र विश्वास हुनु अझ एक कदम अगाडि बढेर भन्ने हो भने आफ्नो योग्यतासँग कम र सिफारिसमा ज्यादा विश्वास गरिने हुँदा पनि पक्ष-पक्षपातको खेल चर्केको हो- फाइल बढुवामा ।
नेपालमा फाईल बढुवा संयन्त्रलाई ुतेल बढुवाु खुवाउन सक्ने रिझाउन सक्ने सिफारिस ल्याउन सक्नेकाहरुको लागि बिर्ता हो । झन् यति बेला त राजनीतिक दलहरुले आपुू सत्तासिन हुने बित्तिक्कै आफ्नो ईशारा बुझ्ने र निर्देशन मान्ने बफादारहरुलाई आफ्नो पकड क्षेत्रमा िभœयाउने परिपाटी चलेकेा छ । यस्तो अवस्थामा २०५० सालदेखि अनवरत् कार्य सम्पादन मूल्याङ्कन भर्दै आएका शिक्षकहरु फेरि पनि ट्वाँ पर्ने स्थिति निर्विकल्प छ ।
प्रधानाध्यापकदेखि स्रोतव्यक्ति विद्यालय निरीक्षकहँुदै हाकिमसम्मको निगाहामा पर्न नसके फाइल बढुवा तेल बढुवा नहुने हाम्रो नियतिलाई चुस्त-दुरुस्त निस्पक्ष अनि विश्वसनीय बनाउन सकिएमा निश्चितरुपले शिक्षकहरुमा कार्यप्रति लगाव बढ्छ । उत्साह र आत्मविश्वास जागृत हुन्छ । तर यहाँ प्रयोगमा सबैकुरा उल्टो छ । सबैभन्दा हेलाको क्षेत्र तुल्याइएको छ । अन्त कतै नबिकेपछि वा अवसर नपाएपछि छिर्ने कहाँ त भन्दा शिक्षण पेशामा । यहाँ शिक्षकमा विद्यमान रहनुपर्ने गुणहरु भन्दा पनि राजनीतिक पहँुचलाई सर्वगुण सम्पन्न रुपमा अङ्गीकार गरिन्छ । खासगरि २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु भर्ति गर्ने जागिरे केन्द्रमा विद्यालयहरु परिणत भए । ५० को दशकपछि एमालेहरुको बिर्ता बन्यो र ६० पछि अहिले माओवादीहरुको कब्जामा छ । अनि यी तीन कालखण्डका शिक्षकहरुको घीनलाग्दो कि्रडास्थल र व्यवस्थापन समितिको मुखुण्डोमा फेरि पनि उनै राजनीतिक दलहरुको परेडस्थल बनेको सतही वास्तकिता छ ।
राम्राको मतलब हाम्रा भए काफीको मूलमन्त्रका साथ चलेको राजनीतिक कर्मचारीको अप्राकृतिक ुनशबन्दीु खशी पाराइ मा शिकार बन्दै आएकाले कर्मठ ईमान्दार लगनशील शिक्षकहरु कार्य सम्पादन मूल्याङ्कनको अवमूल्यनमा परेर पेशाप्रतिको मोहभङ्ग हँुदै गएका शिक्षकहरुको फाईलबाट विगतमा झै अब पनि पन्ना नै गायब हुने छ÷छैन राजनीतिको प्रभावमा कोशेली र नजरानामा प्रभावित हुन्छ÷हुन्न; त्यो त केही समयपछि प्रष्ट हुने नै छ । तर माथि उल्लेख नियत र नियतिमा सुधार नआएसम्म कार्य सम्पादन मूल्याङ्कन कुण्ठित गराउने कुवा हुनेछ । कार्य सम्पादन मूल्याङ्कनूको पछाडि ुरिझाऊ सिफारिस ल्याऊ नजराना चढाऊ तेल घस राजनीतिक दलको सर्वश्रेष्ठ कारिन्दा बन् र सबै खाले मौका तालिम अध्ययन विदा अवसर देखि स्तर उन्नति गर-गराऊ मा समाप्त हुनेछ । चेतना भया ।