Air Ticketing in Nepal Contact to Merosindhu.com

कविता

मेलम्चीका आँखा

2011-06-10 20:47:34 | मेरो सिन्धु

-रामेश्वर राउत 'मातृदास'

पोल्टाका चराहरू
घामका झुल्का रत्यौली खेल्छन्
र, भोका बाँदरको नाङ्गो घर
ताजमहलकी प्रेमिका चुम्बन मुस्कुराउँछिन् ।

यी गुलावी गालाहरू
र, एकराते दहीको सात हर्पे घ्यू
हलगोरु नारेको बाँझो खेत
चराका मनमोहक चिरबिराहट
र, मेघमल्हारमा मनकै सौर्न्दर्यपूर्ण नाच
एउटा होनहार कविले
जिन्दगी अनन्त सपना बुनेर गए ।

आङमा सिङ उमे्रका स्यालहरू
बैंकको नाङ्लो र कीलाको साङ्लो
आफ्नै घाँटीमा सुर्केनी सिउरेर
पराधीन पाइला हाँसिरहेका छन् निर्लज्जहरू !

बागमतीको हृदयमा उजाड लाज
बाँदरहरूले लगातार इज्जत च्यातिरहे
हिमालको चुचुरो,
इन्द्रावतीले अँगालो हालिन्
र, मेलम्चीका आँखा
बगिरहेका छन् प्यास बोकेर !
पोल्टाका चराहरू
रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box