Air Ticketing in Nepal Contact to Merosindhu.com

लेख रचना

चलचित्रमा रहस्यमय नै रहेको दासढुङगा सुनियोजित दुर्घटना प्रकरण

2011-05-16 05:23:24 | मेरो सिन्धु

-जितेन्द्र श्रेष्ठ
एउटा रहस्यमय घटना जो जनताले पटक पटक खोज्ने प्रयास नगरेका होइनन् । कालो दिनको निस्सा चिर्न जन्मेका होनहार सपुतको अन्त्य आखिर दासढुङ्गामा लगेर षडयन्त्रमुलक तरिकाले गरियो । राजालाई मैदानमा उत्रन चुनौती दिँदै आएका नेता मदन भण्डारीको सुनियोजित हत्या आखिर कस्ले गर् यो यो प्रश्नको उत्तर खोजिरहेका छन् आम नेपाली जनताले । ०४७ सालमा आएको प्रजातन्त्रको केहि वर्षको अन्तरालमै एउटा बत्ति निभ्यो । जस्ले देशमा छाउने अँध्यारोको लागि कहिल्यै पनि कुनै सम्झौता गरेनन् । उनका पार्टीले मात्र हैनन् सबै दल र सबै नेपालीले उनलाई आदर्श पूरुषका ग्रहण गरेका छन् ।

तिनै आदर्श पूरुषका फोताहरु एमाले पार्टी मुख्यालय देखि एउटा साधारण नेपालीहरुको घर र कोठा सम्म टाँगिएका छन् । विभिन्न राजनैतिक कार्यक्रम होस वा अन्य सभा सम्मेलन जहाँ भण्डारीको मृत्यु दुर्घटना बाट नभै सुसनयोजित हत्या भएको हो भन्ने भनाईहरु आउने गरेका छन् । एमाओवादिका नेता पूष्पकमल दाहाल प्रचण्डले त वेलामौकामा भन्ने पनि गरेका छन् 'मलाई पनि मदन भण्डारी र राजा विरेन्द्रलाई जस्तै खतरा छ ।' प्रचण्डको यो भनाईले दासढुङ्गा प्रकरण दुर्घटना नभै सुनियोजित हत्यानै हो भन्ने संकेत गर्दछ । घटनाको खोज र अनुसन्धान हुन थाले पछि एक मात्र साछिको रुपमा रहेको चालक अमर लामाको पनि हत्या भए पछि सो घटनाले झनै रहस्यमय को रुप लिन पुगेको थियो ।०५० सालको ३ जेष्ठ को इतिहाँस विरोधाभासपूर्ण छन् भनि भण्डारी र जीवराज आश्रीतको पोष्टमार्टम रिपोर्टबाट लिन सकिन्छ । स्रोतका अनुसार वेलायतको फोरेन्सिक ल्याव रिर्पोटले पानीमा डुव्नु अगावै भण्डारी र आश्रीतको मृत्यु भैसकेको रिपोर्ट दिएको थियो । जुन सार्वजनिक भने गरिएन । तात्कालिन सरकारहरुले सो विषयमा गहन अनुसन्धान गर्न इच्छा शक्ती समेत देखाएनन् । ०५१ मा सत्ता सम्हालेका एमाले सरकारले समेत भण्डारीको मृत्यु प्रकरणको विषयलाई जोडदारले उठान गरेर चुनाव जिते तर सत्तासिन भए पछि यर्थात खोजको लागि चासो नदेखाउनुले घटनालाई गम्भिर रहस्यमय भनि विभिन्न विष्लेषकहरुले विष्लेषण गरेका थिए । तर इतिहाँस बनिसकेको यो घटनाको सवै प्रमाणहरु गायव गरिएको छ ।

चालक लामा को हत्या पछि सम्पुर्णरुपमा भण्डारी मृत्युप्रंकरणको प्रमाण दहन गरियो । सिर्फ एउटै प्रमाण बाँकी छ त्यो हो भण्डारी सवार जीव नम्वर बा.अ.च ८७२३ मात्र । लामा हत्या सँगै जिउँदा प्रमाण सकिए सो क्रम सँगै अनुसन्धानको सबै फाईल बन्द भैसकेका छन् । उनै महापूरुष अर्थात प्रजातान्त्रिक नायकको मृत्य प्रकरण बारे रहस्यमय मृत्युको विषयमा बनाईएको चलचित्र दाशढुङ्गा चलचित्र रोक्ने काट्ने र च्यारिटी सो मा प्रतिवन्ध लगाउने काम भए पनि अन्ततः दासढुङगा चलचित्र जनता माझ पुगे तर बास्तविकतामा सम्भावित कहानीहरु कटिएर पुगे । काटिएको संवाद के थियो त चलचित्रको कथामा राष्ट्रिय अनुसन्धान आयोगका प्रहरी निरिक्षक तथा सो घटनाका अनुसन्धान अधिकृतले अमर लामासँग सोढ्छन् नेता मदन भण्डारीको घटना कस्ले गराएको हो त प्रत्युत्तरमा अमर लामा भन्छन् 'यो प्रश्न मलाई होइन केपी वलि र माधब नेपाललाई सोढ्नुस' जब सेन्सर वोर्डले कैंची चलायो अनि यी शब्दहरु दर्शक सामु पुग्न सकेनन् । सेन्सर वोर्डका सदस्य राजेस थापाका अनुसार व्यक्ती विषेशको मानहानी हुनॆ सामाजिक सद्भाव विगार्ने राष्ट्रिय अखण्डता माथी आँच आउने र सार्वभौमिकतामा असर पुर् याउने विषयबस्तु देखिय चलचित्र रोक्ने सम्मको अधिकार सेन्सर वोर्डमा सुरक्षित छ । निर्देशक र निर्मातासँगबसी लामो छलफल पछि नै आपसी समझदारीमा चलचित्रमा मिल्नेसम्मको सेन्सर गर्दै आएको छ । उनका अनुसार कानुनी बाटो नविराईकन चलचित्र दासढुङ्गा सार्वजनिक भएको हो । चलचित्र जाँच सम्वन्धि ऐनको बुँदा नम्वर ४ अनुसार दासढुङगामा सेन्सर गरिएको छ । गत आइतबार गुरुकुलमा प्रिमीयर सो गरेको दासढुङगा फिल्ममा उनै नेता मदन भण्डारीको हत्यारा खोज अभियानको एक सारांस प्रस्तुत भए तर अझै पनि तथ्यगत घटना सो फिल्मले पनि दिन सकेको छैन । सो फिल्मका निर्देशक मनोज पण्डितका अनुसार दासढुङ्गा निर्माणको लागि एमालेले चासो देखाएर लागि पर्नु पर्नेमा उल्टै चलचित्र रोक्ने षडयन्त्र भएको आरोप छ ।

प्रतिक्रियाहरु

हत्यारा पत्ता नलाग्ने नै हो कि वा हत्यारा मरे पछि मात्रै सार्बजनिक हुने हो खोइ के खोइ के

- raju thapa : dhading

हत्यारा छाया मुनि भएर पनि कारबाही हुन सकेको छैन के भन्नु र खोइ लेख पढ्दा फिल्म ले भनेझै चोर औला आफै तिर पो सोझिने देखिन्छा राम्रो लाग्यो लेख .

- sagam rai : dharan


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box