प्रेम लामा दोहा कतार ।
मे ६ २०११ का दिन दोहास्थित होमल्याण्ड
रेष्टुरेण्टमा सम्पन्न नेपाल प्रवासी तामाङ समाज कतारको चौथो अधिवेशनले
अध्यक्षमा पुनः शंखलाल तामाङलाई निर्विरोध चयन गरेको छ । ‘तामाङ जातिको
परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण’भन्ने
मूल नाराका साथ सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा कुमार मोक्तान
तामाङ द्धितिय उपाध्यक्षमा रमी मोक्तान तामाङ, महासचिवमा माइला वाईवा तामाङ सचिवमा
सुशिल तामाङ कोषाध्यक्षमा राज कुमार तामाङ र सहकोषाध्यक्ष रोशन दोङ तामाङ
निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सपना गोले तामाङ, साचली वल तामाङ, आईती तामाड, साजय वाईवा, कलमान वाईवा, सुजन गोले
तामाङ,
श्याम कुमार घलान, तामाङ विनोद लामा तामाङ, राम कुमार स्याङ्वो
तामाङ,
पेम्वा तामाङ, सुमन लामा, नर बहादुर तामाङ, बिनोद तामाङ र राजेन्द्र तामाङलाई चयन गरिएको छ । लामागुरु प्रमुख
थार्चा लामा, संचार तथा साहित्य प्रमुख प्रेम स्याङतान र महिला विभाग प्रमुखमा मिना
तामाङ निर्विरोध चयन भएका छन् ।
समाजका अध्यक्ष शंखलाल तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मानबहादुर साँवा लिम्वु रहेका थिए । कार्यक्रमको विशेष अतिथिमा जनजाति महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ तामाङ समाजका संस्थापक तथा प्रमुख सल्लाहकार सुक बहादुर तामाङ समाजकै संस्थापक तथा सल्लाहकार बिनेश तामाङ लगायत थिए । त्यस्तै अतिथिहरुमा समाजका लामा गुरु प्रमुख थार्चा लामा सल्लाहकार आशमान तामाङ समाजसेवी तथा ब्यवसायी सूर्यबहादुर तामाङ, किराँत याक्थुङ चुम्लुङका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र पान्दुक लिम्वु, किराँत राई यायोक्खा कतारका सचिव धिराज राई, तमु वौद्ध सेवा समितिका अध्यक्ष जगन तमु, प्रवासी भूजेल सेवा समितिका महासचिव काशीराम भूजेल, थारु कल्याणकारिणी समितिका महामन्त्री सिताराम चौधरी नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष देवबहादुर मगर, धनकुटा प्रवासी सेवा समाजका अध्यक्ष दुर्गाबहादुर तामाङलगायत रहेका थिए ।
कार्यक्रमका वक्ताहरुले समाजको चौथो अधिवेशन सफलताको कामना गर्दै नयाँ कार्य समितिले प्रवासमा कार्यरत तामाङ दाजुभाई तथा दिदी वहिनीहरुमा आईपर्ने हरेक समस्या समाधानमा साथ दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ दोहा कतारका अध्यक्ष मानवहादुर साँवा लिम्वुले आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार हक अधिकार राज्यले सुनिश्चित गर्नु पर्ने बताए । पहिले संविधान बनाएर मात्र राष्ट्रिय जनगणना गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष लिम्बुले भने “राज्यको उच्च तहमा रहनेहरुले जनजातिहरुलाई जाल झेलको खेल खेलाएर पछाडि पार्दे आएको छ । अबका दिनहरुमा यस्तो नहोस भन्ने कुरामा हामी आफै सचेत हुनुपर्छ ।“
नेपाल आदिवासी जनजाति महासंघ दोहा कतारका महासचिव तथा नेपाल प्रवासी तामाङ समाजका विदेश विभाग प्रमुख एवं सल्लाहकार विनेश तामाङले “तामाङ जाति पछि पर्नुमा एकात्मक राज्यव्यवस्था नै प्रमुख कारण भएको बताए । राज्यले आदिवासी जनजातिहरुको सही तरिकाले तथ्याङ्क नल्याएको दाबी गर्दै उनले भने - वि।स। २०५८ सालको राष्ट्रिय जनगणनाले नेपालमा तामाङ जातिको जनसङ्ख्या बाह्रलाख मात्र देखाएको छ । तर नेपालमा तामाङ जातिको जनसख्या तीस लाख भन्दा बढी रहेको अनुमान छ । तामाङहरुले आफ्नो थर मात्र लेखेका कारण पनि सही तथ्याङ्क नआएको भन्दै उनले नजिकिदै गरेको राष्ट्रिय जनगणनामा जातिमा स्पष्ट तामाङ लेख्नुपर्ने बताए । अव आउने नयाँ कार्यसमितिले पद भन्दा आफ्नो दायित्व के हो भन्ने कुरा वुझ्न जरुरी रहनेमा उनले जोड दिए ।
मन्तब्यकै क्रममा समाजका प्रमुख सल्लाहकार सुक वहादुर तामाङले तामाङ लगायत आदिवासी जनजातिहरु शैक्षिक आर्थिक राजनैतिक रुपमा सवल भएर अगाडि बढ्न जरुरी रहेको बताए । “हामी जुनसुकै क्षेत्रमा पछि परेका छौ । हामीलाई मतवालीको गणनामा राखेर राज्यबाट विभेदपूर्ण निति लिएकोले हामी राज्यको हरेक अवसरबाट बिाचत भयौं ।“ उनले भने “संघिय संरचनामा जाने कुरा अन्तरिम संविधानमा नै उल्लेख भैसकेको छ । नयाँ संविधानमार्फत यसलाई संस्थागत गर्नुको विकल्प छैन ।“ नेपाल प्रवासी तामाङ समाजलाई स्थापना काल देखि विभिन्न ब्यक्तिहरुले सहयोग र साथ दिएकाले नै आज सम्म यो संस्था सफल रुपमा सबैमाझ उभिएको वताउदै सल्लाहकार आशमान तामाङले तामाङ जाति नेपालको मुलवासी हो या आदिवासी भन्नेबारे आफ्नो धाराणा राखेका थिए ।
विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङले जनजातिहरुलाई राज्यले सदियौ देखि भेदभाव गर्दे आएकोले नै पछि परेको वताए । जनजातिहरु एकजुट भएर आफ्नो हक अधिकारको लागि लड्नु पर्नेमा उनले जोड दिए । नेपालको प्रत्येक भूगोलको कुना कुनामा रहेको अशिक्षित र गरीव तामाङहरुलाई आफ्नो भाषा कला संस्कृति र धर्मवारे ज्ञान दिनुपर्नेमा गुरुङको जोड थियो ।
कार्यक्रमका अध्यक्ष शंखलाल तामाङले कार्यक्रम सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिँदै तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई प्रवासमा एक जुट भएर लाग्नको लागि तामाङ समाज कतार एउटा आधार भएकोले भविष्यमा पनि यस संस्थामा आवद्ध भई तामाङ जातिको हक हितको लागि गरिने कार्यहरुमा सहयोग गर्नको लागि अनुरोध गरे।
सुमन लामा वाईवा तामाङद्धारा साचालित कार्यक्रममा लक्ष्मण लामा तामाङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा २८४७ औं ल्होछार कायक्रम सफल वनाउन सहयोग गर्ने र स्थानीय कलाकारहरुलाई प्रमुख अतिथिबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।