- राम थापा
संविधानको हलो हजुर्!कुन्नि के मा अड्क्यो भन्छन्
ख्याल् गर्नु है हर्के दाइ!फेरि बन्दुक्'पड्क्यो'भन्छन्!
भोका-नाङा,अशिछीत् र दुखि जनता तड्पीराछ्न्
शान्ति आउला भन्दाभन्दै,फेरि त्यो नि'भड्क्यो'भन्छन्!
देसको बिकास् कता-कता,आफ्नै बिकास् गरे अरे
चोरले झै ठुलो स्वोरमा,उल्टै
नेता'कड्क्यो'भन्छन्!
सहनुको नि सिमा हुन्छ,जनता अब उठ्नै पर्छ
कुन्नि कुन्चै नेताको त,दाइने गाला'चड्क्यो'भन्छन्!
देश् रहे हामि हुन्छौ,बुझ्दैनन् यि नेता किन?
समय् फाले सत्ता-खेलमा-ऐले बेला'घड्क्यो' भन्छन्!