जितेन्द्र
श्रेष्ठ
बैशाख ११, काठमाडौंबाबा
बाबा आमा खोइ… कहाँ छिन हाम्री आमा कहिले
आउँछिन् किन बोल्नु हुन्न बाबा यिनै
प्रश्नको धारले दिनहुँ घोचिरहेको छ सिन्धुपाल्चोक सिङ्पालकाभ्रे-२ बसेरीका नेमा
तामाङको मन। सुँक्क सुँक्क रुँदै दस वर्षीया छोरी अनितातेह्र वर्षीया सम्झना र
पन्ध्र वर्षीया सुनिता तामाङले भक्कानिँदै सोध्न थालेपछि बुबा नेमालाई रुनु न
हाँस्नु हुन्छ । छोरीलाई दिने जवाफ नपाउँदा धेरैपटक एक्लै बसी सिरकले मुख थुनेर रुँदारुँदै समय
बित्ने गरेको
छ उनको । पाँच वर्षअघि कुवेतमा रोजगारीको लागि गएका तामाङकी श्रीमती
सम्माइ लमिनी विदेश गएकै समयदेखि सम्पर्कमा छैनन् । ‘खोई कस्तो परीक्षा लिँदै छ
भगवान्ले पनि मैमाथि किन यत्रो वज्रपातु उनले
टाउकोमा
हात राख्दै भगवान पुकारे ‘हे
कुन्जुसुम्…।‘
एजेन्टको काम गर्दै आएका सिन्धुपाल्चोकको पाल्चोक निवासी रामबहादुर तामाङ र नेपालगंजका अर्का दलाल राजु खड्काको साथ लगाएर धेरै पैसा कमाइने प्रलोभनमा २२ फेव्रुअरी २००६ मा श्रीमतीलाई ऋण गरेर कुवेत पठाएका थिए नेमाले । एजेन्टको विश्वास नलागेर भारतसम्म सँगै गएर प्लेन चढाए पछि ढुक्क भई घर फर्केका तामाङले जीवनमा पहिलोपटक सपना सजाएका
थिए। तीन महिना बितिसक्दा पनि श्रीमतीसँग सम्पर्क हुन नसकेपछि उनले दलाललाई भेटे । नयाँमा घरमालिकले फोन दिन गाह्रो मान्न सक्ने भएकाले सम्पर्क हुन नसकेको दलालको भनाइ सुनेपछि उनी धेरै समयसम्म श्रीमतीको फोनको प्रतीक्षामा रहे । उनको समय न्यास्रीएर बित्न थाल्यो र आर्थिक विपन्नताका कारण उनी पनि श्रीमती विदेसिएको केहि समयपछि नै रोजगारीकै क्रममा साना तीन छोरीलाई १५ वर्षीय छोरा कुमारको जिम्मा लगाएर साउदी अरब हानिए ।
त्यसपछि के भयो
नेमा
साउदी अरवको रियादस्थित हर्क भन्ने ठाउँको अब्दुलरमण जिरसको घरमा काम गर्न थाले। उनका दिनहरु मजबुरीमै
बित्दै गए । छोराछोरीलाई पढाई
खर्च जुटाउँदै स्वदेश पठाउन थाले। आमाबारे पनि बुझ्दै गर्न छोरालाई अह्राएर
बिदेसिएको उनको जीवन कहिल्यै पनि चैनमा बितेन।
श्रीमतीको चिन्तैचिन्तामा कमाउँदै पठाउँदै गर्न थाले। छोराले आमा नभेटेको कुरा सुनाउँदा उनको मन भक्कानिएर आउने गर्दथ्यो । दुई वर्षको भिसामा विदेसिएका उनको कामको इमान्दारी देखेर उनका मालिक जिरसले उनलाई थप पाँच हजार रियाल बोनस दिने कागजसहित साँढे दुई वर्ष समयाविध थप गरिदिएपछि घरको अर्थिक अवस्थासँग उनले सम्झौता गरे। समय बित्दै
गयो अरब बसाइको समयावधि पनि सकियो । जिरसले कागज गरेझैं पाँच हजार रियाल बोनस त दिए तर रियाल हातमा पर्न साथ जिरसका छोरा कालेदले हातबाटै उनको रकम खोसे । ‘नेपाली कामदारलाई किन यत्रो रियाल दिने सस्तोमा अरु नै नेपाली कामदार जति पनि पाइन्छु तामाङले गुनासो पोख्दै भने’ रियाल खोसाखोस भयो मैले उनलाई ढकेली दिँदा नजिकैको बन्चरोमा हात टेक्न गयो र उनको हातमा घाउ भयो त्यही केसमा मलाई जेल हाल्यो।‘ तीन महिनापछि अदालतले चार हजार रियाल ८० हजार नेपाली रुपैयाँ जरीवाना माग गरेपछि कमाएको पैसा त्यहीँ तिरेर स्वदेश फर्कने मनसाय बनाउँदै गर्दा एक दिन छोरीले घरबाट फोन गरिन् । उनले रुँदै रँदै छोरा कुमार आमा खोज्न कुवेत गएको जानकारी गराइन् । ‘म जिन्दगीमा यति धेरै रोएँ कि मनभरि छोराछोरीको बिचल्लीपनले चिथोरिरह्यो कहिले घर पुगौंलाझैं भयो’ उनले भने ‘एक दिन कुवेतबाट छोराको फोन आयो । उनले कुवेतको प्रमुख सहरहरुमा खोजेछन् तर त्यत्रो ठूलो सहरमा कहाँ भेट्टाउन सक्थिन् र आमा कहीँ पनि पाइएन भन्यो । मैले उनलाई तुरुन्तै स्वदेश फर्कन भनेँ र म पनि लगत्तै ०६७ भदौ महिनामा स्वदेश फर्के । ‘तामाङ्ले आँखाबाट रसाएको आँसु पुछे । उनी स्वदेश फर्केपछि हराएकी श्रीमती खोजी दिन दलाल रामबहादुर तामाङलाई भेट्न गए । उनी कुवेतमै बस्न थालेकाले भेट हुन सकेन ।
काठमाडौंको दक्षिण ढोकामा डेरा गरेर बसेका तामाङ्की श्रीमती निमालाई भेट्न गएँ । उनले श्रीमतीको कि सास कि लास पाउनुपर्ने दाबी गरे तर निमाले उल्टै छोरा कुमारलाई आमा खोज्न कुवेत पठाउँदा लागेको खर्चको एक-एक हिसाब जोडेर दुई लाख दस हजार रुपैयाँ तिर्नुपर्ने देखाएपछि उनी छाँगाबाट खसेजस्तै भए । आमा खोज्दै कुवेत पुगेर फर्केका कुमार भन्छन्
‘टिकटको २५ हजार र कुवेतबाट पठाएको २५ हजार गरी जम्मा ५० हजाररुपैयाँ मात्र उनीहरुको खर्च लागेको छ । ‘यो त आमा नखोज्ने उनीहरुको निहुँ मात्र हो’ उनले भने ‘तर पानी मुनि गए पनि मेरी आमा नपाएसम्म म तिनीहरुलाई छोड्ने छैन अब कानुनी प्रकि्रयामा जान्छु ।‘ म त बर्बाद भएँ नेमा श्रीमान् आँखै अगाडि ठगिएँ सर । जीवनमा यस्तो वज्रपात होला भन्ने सोचेकै थिइनँ । विश्वास गर्दा घात गर् यो । झन् यस्तै होला भनेर भारतको एयरपोर्टसम्म
आफैं गएर श्रीमती पुर् याएर फर्केको । बाह्र हजार रुपैयाँमात्र खर्च लाग्छ राम्रो काम हो घर सरसफाइ गरे पुग्छ केही पनि दुःख हुँदैन भनेर फकाए । होला नि त भनी पठाएँ । म त सोझो मान्छे के थाहा गएको दिनदेखि नै न फोन छ न चिठ्ठि नै । पछि म पनि कमजोर आर्थिक अवस्थाकै कारण साउदी गएँ । फर्कनेबेला त्यहाँ पनि जेलमा बस्नु पर् यो के गर्नु ‘अभागी खप्पर जहाँगए पनि ठक्कर ‘ भन्ने यही रहेछ ।
स्वदेस फर्के पछि श्रीमतीको बारेमा पटकपटक दलाल रामबहादुर र उनकी श्रीमती निमालाई सोधेँ खोजीदिन्छु भनी आश्वासन मात्रै दिन्छन् । खै मलाई त बेचेकै हो कि भन्ने शंका लागेको छ । श्रीमतीसँगै गएका छिमेकी सुइरी तमाङ्नी दुई वर्षपछि विदामा घर फर्केर पनि पुनः गएर यो वैशाखमा घर फर्कने भएकी छन् । उनीसँगै गएकी मेरी श्रीमतीचाहिँ हराइन् । सुइरीलाई सोध्दा एयरपोर्टमा फरक फरक मान्छेले लिन आएकोले छुट्टिएपछि कहिल्यै पनि भेट नभएको बताइन् । न्याय खोज्न कहाँ जाने भन्ने थाहा नपाएका नेमाले पाँच वर्षपछि पौरखीमा पहिलो पटक उजुरी दिएका छन् । भन्छन् ‘हेरौ के गर्नेछन् ! अब अन्तिम अनुरोध गर्छु त्यसरी पनि मानेनन् भने प्रहरी रिपोर्ट पनि तयार पारिसकेको छु जे-जे पर्लापर्ला कानुनको शरण परेपछि कि लास कि सास त पाइएला नि !’
आमाको माया सम्झेर रोएँ - कुमार छोरा
आमा कुवेतमा गएपछि बुबा तीन बहिनीलाई मेरो जिम्मा लगाएर कमजोर आर्थिक अवस्थासँग सम्झौता गर्न साउदी अरब जानुभयो । त्यसपछि तीन बहिनीहरुको हेरचाह र पढाइको जिम्मेवारी मेरो काँधमा पर् यो । त्यतिखेर म चौध वर्षको मात्रै थिएँ । बाटोमा अरुका आमा छोराछोरी ठाँट्टिएर हिँड्दा मेरी सानी बहिनी अनिताले खाना खाने बेला होस वा स्कुल जाने बेला राति ब्युँझँदा होस वा बिहान उठ्दा जहिले पनि रुँदै रुँदै आमा खोज्थिन् । माइली बहिनी सधैं जसो रुँदै भन्थिन् ‘सबैको मामु छ हाम्रो मामु खोइ दादा कहिले आउँछ ‘ म तिनैजना बहिनीलाई ढाँट्थें ‘याम्बुरी गएको छ ।‘ अरुले तिम्रो आमा खोइ भनेर प्रश्न गर्दाचाहिँ म नाजवाफ हुन्थें । कुवेत गएको आमा नफर्केपछि म पनि आमाको माया सम्झेर एक्लै रुन्थेँ र बहिनीले थाहा पाउलान् भनी छिट्टै सम्हालिन्थेँ । बुबा आमाको अभावमै एसएलसी दिएँ । पास पनि भएँ । गाउँ नजिकैको ऐँसेलुखर्क उच्च माविमा भर्ना भएँ । बहिनीहरु पनि हुर्कंदै गए । एक रात आमासँग हाँसखेल गर्दै बहिनीहरु र म यति विघ्न रमाएर खेल्यौं कि आमाले मायाका साथ चुम्बन गर्दै मिठाइ बाँढिदिनु भयो । हामी आमा-आमा भन्दै पुतलीजस्तै आमाको वरिपरि झुम्मियौं अचानक मिठाइ भुइँमा खस्यो ब्युँभषदा त सपना पो रहेछ ।
त्यो रात म सुत्नै सकिनँ । भोलिपल्ट नराम्रो खबर सुनियो बुबा अरबमा जेल परेछन् । त्यो खबरले म धेरै विक्षिप्त भएँ । आमालाई कुवेत पठाउने दलाल रामबहादुरको श्रीमतीलाई छिमेकीको सहयोगमा भेट्न गएँ । मैले मेरो आमा दाखिल गर्न जिद्दी गरेपछि उनीहरुले आफैं गएर खोज्न भने । मैले आफ्नो आमा पाइन्छ भने जहाँ जान पनि तयार रहेको बताएपछि कुवेत जाने-आउने टिकटको व्यवस्था मिलाइदिए । ३४ दिन कुवेतमा आमाको खोजिमै भौतारिएँ । कुवेतको अलकन्दरी भन्ने एजेन्टको मातहत आमालाई लिएर जाने दलाल कुवेत-नेपाल कन्ट्रयाक्टमा काम गर्दोरहेछ । सबै होटलमा खोजेँ कहीँ पनि पाइएन । मैले क्षतिपूर्तिसहित आमाको कि सास कि लास दाबी गरेँ ।
कुवेतमा रहेको नेपाली दूतावासका सहायक बताउने पुष्पा भट्टराईले एजेन्ट र दलालकै पक्षमा वकालत गरेर गाली गरिन् ‘हेर भाई तिमीले केही पनि क्षतिपूर्ति पाउँदैनौ खुरुक्क नेपाल फर्के हुन्छ हराएको मान्छे खोजेर कहाँ भेट्टाउने यति ठूलो सहरमा । हराएको मान्छेको क्षतिपूर्ति मागेर पनि पाइन्छ? ‘ मनभरि रीस उठ्यो । अर्काको देशमा आफ्नैले गाली गर् यो कम्ती चित्त दुखेन । म सडक सडक भौतारिएको थाहा पाएपछि कुवेतस्थित नेपाल एसोसिएन संस्थाका राजेश थापाले मेरो सबै कुरा बुझेर आमाले जस्तै मलाई सम्झाइबुझाइ गरेर पचास हजार रुपैयाँ सहयोग गरेर स्वदेश फर्कन भने । विशाल सहरमा के पो पत्ता लाग्न सक्थ्यो खै ! अन्ततः जसरी आमा खोज्न कुवेत गएको थिएँ त्यसरी नै रित्तो मनको भारी बोकेर स्वदेश फर्कें । खै कस्तो परीक्षा लिँदैछ दैवले पनि सायद मेरै भाग्य यस्तो हो कि !
के
भन्छ पौरखी
ठेगाना
नहुँदा खोज्न गाह्रो - माजु
गुरुङ अध्यक्ष
अधिकांश
कुवेत गएका दिदीबहिनी यातनाको शिकार बनेका उजुरी धेरै दर्ता भएका छन् । हराएका कामदारको उजुरी पनि
दर्ता हुनेक्रम बढ्दो छ । स्वदेशमा वेरोजगारीको कारण नेपाली महिला बिदेसिन बाध्य
भएका छन् । जति कुवेत विदेसिएका
छन् त्यति नै त्यहाँ गएका अधिकांश पीडित महिलाको समस्या लिएर यहाँ आउने गरेका छन् । पौरखीले सुरक्षित
रोजगारको काम गर्दै आएको छ । हामी
बिदेसिनेलाई बिदेश नजाउ पनि भन्दैनौ र नजानेलाई उत्प्रेरित पनि गर्दैनौं । पीडितहरु कुवेतमा पनि कहाँ र के काम गर्छन् भन्ने
तथ्याङक छैन।
अधिकांश कामदार भारत हुँदै बिदेसिने भएकाले उजुरी पर्न आउनेको उद्धार गर्न पनि समस्या हुने गरेको छ । पासपोर्ट नम्बर दलाल र पीडितले काम गरेका घर वा कम्पनीको स्पष्ट ठेगाना र सम्पर्क स्रोतहरु उपलब्ध गराएको खण्डमा कुवेतस्थित दूतावासको सहयोगमा खोजी दिन सक्छौं । कुवेत भनेको धेरै सानो सहर हो। दूतावासले चाहेको खण्डमा कुवेतमा हराएको कामदार सजिलै खोज्न सक्दछ । तर चेतनाको अभावले गर्दा त्यहाँ गएका दिदीबहिनीलाई केही कुरा थाहा हुँदैन । यतिसम्म कि आफू बसेको घरमालिक र फोन नम्बरसमेत थाहा नभएको अवस्था छ । त्यसले गर्दा उद्धारमा एकदमै कठिनाइ हुने गरेको छ । जति पनि उजुरीहरु दर्ता भए ती बिदेसिएका भनी आजसम्म कुनै पनि अभिलेखमा छैन । आमा खोज्दै गएका कुमारलाई दूतावासले दुव्र्यवहार गरेको कुरा आयो उनी सही ठाँउमा नपुगेको पनि हुनसक्छ । दूतावासबाहिर पनि धेरै दलाल हुन्छन् । तिनीहरुले आफैं राजदूत बनेर दलालको पक्षमा वकालत गर्ने गरेका घटना पनि सुनिएका छन् । तर यो घटना शंकास्पद छ । त्यसैले यो काम सम्माइलाई कुवेत पठाउने दलालबाट नै सहयोग लिएर काम गर्नुपर्ने हुन्छ । यो वैदेशिक रोजगार विभागमा पनि दर्ता गर्दा सजिलो होला ।
आमा
हेर्ने मन छ - सम्झना
छोरी
मेरो
नाम सम्झना तामाङ हो । अहिले कक्षा ४ मा गाउँकै सिङ्पालेश्वरी माविमा
पढ्छु । म सानै छँदा मलाई छाडेर विदेश जानु भएको आमा कस्तो हुनुहुन्छ
मलाई थाहा छैन । मेरो मामु हराएको धेरै भयो । बाबा र दादा आमालाई
सम्झेर लुकिलुकि रुनुहुन्छ । दादा रोएपछि दिदीहरु पनि रुनुहुन्छ । आमा कस्तो हुनुहुन्छ मलाई पनि हेर्ने मन छ । तर कहिले कहिले आउने हुन् मेरी आमा।