Air Ticketing in Nepal Contact to Merosindhu.com

सिने संसार

राजधानी भित्रदैं 'म बिर्सुं कसरी'

2011-04-18 02:35:46 | मेरो सिन्धु

काठमाण्डौ, २०६८ वैशाख ४

यतिबेला मोफसलमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र 'म बिर्सुं कसरी' अब भने राजधानी भित्रने भएको छ । रिमेश अधिकारीले निर्माण गरेको सो चलचित्र बैशाख १६ गतेबाट राजधानीका करिब एक दर्जन सिनेमा घरमा लाग्ने बताईएको छ ।

बासुदेव पोखरेल निर्देशित चलचित्र 'म बिर्सुं कसरी' अहिले मोफसलमा मुख्य शहरमा प्रदर्शन भईरहेको छ । चलचित्रमा सुमन सिंह, आयुष रिजाल, मुकेश आचार्य, नीता ढुंगाना, सोनिया केसीलगायतको अभिनय हेर्न सकिनेछ । चलचित्रमा विनोद खम्बू तथा प्रल्हाद भक्तको संगीत, राम जनकको द्वन्द्व तथा बब्बु थापाको नृत्य रहेको छ । युवा पुस्तामाझ मौलाइरहेको प्रेमप्रसंगलाई चलचित्रले मुख्य कथाबस्तु बनाएको छ । यसको साथमा चलचित्रमा एक्सनलाई पनि फरक ढंगले प्रस्तुत गरिएको द्वन्दनिर्देशक राम जनकको भनाई छ ।

छोटो समयमा रिलिज गरिएको प्रचारप्रसारको अभावले गर्दा शुरूमा चलचित्रको व्यापार सन्तोषजनक नरहेपनि अहिले भने दर्शकहरूले आफ्नो चलचित्रलाई मन पराएको दाबी गर्छन् निर्माता अधिकारी । स्मरण रहोस् निर्माता अधिकारीले केहि समय अघि फिल्मीखबर समक्ष आफू चलचित्र उद्योगलाई सफल वनाउनको लागी युद्धमा निस्केको एउटा योद्धा भएको बताएका थिए । साथमा उनले भनेका थिए, 'कि त विरगती प्राप्त गर्छु कि त युद्धमा विजयी हुन्छु ।' अब नेपाली चलचित्रको बिकाशका लागि युद्वमा निस्केका यि निर्मातालाई बिजयी गराउने या विरगतीको बाटो तर्फ डोर्‍याउने काम दर्शकको ।

filmykhabar.com बाट


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box