कविता
गजल
2011-04-13 05:41:15 | मेरो सिन्धु
एक अंजूली माया दिन्थे जात भिन्ना भिन्नै !
तिमी पर् यौ कूल घरानकी बात भिन्ना भिन्नै
मेरो हातको चल्ने भए बांड्थे आधा गास पनि
बार्न खोज्लीन चुलो चौको भात भिन्ना भिन्नै
चुहिने खरको छानो अनि अन्धकार मेरो घरमा
के को निन्द्रा लाग्थ्यो सुत्ने खाट भिन्ना भिन्नै
रगत एउटै भए पनि बेग्लै बग्दो रैछ आखिर
धमनि र शिरा हुदै साथ भिन्ना भिन्नै
छुँदा सुनपानी छर्की चिता कस्ले लान्छ हाम्रो
मर्दा पनि जल्ने पछि भिन्ना भिन्नै
रामकृष्ण पौडेल 'अनयास'
भक्तपुर कौशलटार