अमित घिमिरे
पछिल्लो हप्तादेखि सिन्धुपाल्चोकमा एक प्रकारको सनसनी र तरंग पैदा भएको छ ।
१०२ गुण्डा प्रकरणले । विभिन्न विकास निर्माण र समाजमा आपराधिक
कि्रयाकलापमा संलग्न राजनीति दलका कार्यकर्ता भनिएका सार्वजनिक १०२ नामको
पछाडि गुण्डाको ट्याग झुण्डाइएपछि यसले केही गम्भिर कानूनी सामाजिक र
राजनैतिक प्रश्नहरु खडा गराएको छ ।
सर्वदलिय वैठकमा प्रहरीले सबै राजनीतिक दल माओवादी काँग्रेस एमाले र राप्रपा का नेताहरुलाई १ महिने अल्टीमेटम दिएर प्रमुख जिल्ला अधिकारीलाई साक्षी राखेर १०२ को नाम लिष्ट भिडाएको छ । र सार्वजनिक भएको छ । प्रहरीको यो कदम शान्ति सुरक्षाका हकमा स्वागत योग्य भनिहाल्नु पूर्व यस कदमले पारेको वा खडा गरेको कानूनी सामाजिक र राजनैतिक यक्ष प्रश्नको पहिले अध्ययन हुनुपर्ने देखिन्छ ।
कानूनन १०२ गुण्डाको शव्दीकतामा जाने हो भने नेपाली शव्दकोषमा गुण्डा शव्द नाम वर्गमा पर्छ । यसले अरुलाई फोस्रा धाक÷रवाफ देखाउने ठग्ने व्यक्ति डर त्रासले अरुलाई दुःख दिने व्यक्ति फटाहा बाहिर ठाँटिएर हिँड्ने तर भित्र चाँही खाक्रो व्यक्ति स्वास्नीमानिसलाई जिस्काउने तथा सताउने व्यक्ति आवारा भनेर परिभाषित गरेको छ । उल्लेखित परिभाषामा अनुवंध गरिएका १०२ जनाको पुलिस रेकर्ड रहनु आश्चर्य होइन । पुलिस प्रशासनबाट आफ्ना खुफिया माध्यमले हर नागरिकको निगरानी र उनीहरुको कि्रयाकलाप प्रस्तुतिको अभिलेख गरिन्छ । जसलाई पुलिस रेकर्ड भनिन्छ ।
त्यही पुलिसको रेकर्डमा रहेका १०२ व्यक्तिहरु जसमा केही सार्वजनिक अपराध ऐन अन्तरर्गत परेका र केही पटकेहरु समेत छन् । पुलिसबाट प्रशासन पुग्दाको अवस्था राज्यको कानूनी शासनको कार्यविधि हो तर तत् पश्चात् भए÷गरिएका कार्य भने विधिसंगत देखिँदैनन् । कानूनको मनसायमा नहिँडेकोले विधिसम्वत काम भएन । कानूनले सुधारात्मक पथबाट यस्ता सामाजिक पृष्ठका कानूनी कुराको संवोधन गर्नु पर्दथ्र्यो । कानून समाजमा उपचारात्मक हुनुपथ्यो्र आक्रमक हैन । कानूनन् १०२ कानून उलंघन कर्ता हुन् भने आफ्नो गिरफ्तमा लिएर प्रशासनले कानूनी कारवाहिको प्रकि्रया थाल्नु पथ्र्यो । राजनीतिक दललाई सोध्न जाने वा उनीहरुको इच्छा सोध्न जाने होइन । यदी राजनीति दललाई अनुमति मागिएको हैन भने साच्चिकै सुधारात्मक नीति कानून प्रशासन÷प्रहरी को थियो भने आफैले बोलाएर अन्तिम मौका दिएर नाम सार्वजनिक गरिने चेतावनी दिईने गरिन्थ्यो । तर यहाँ कानून गएर राजनीति दलको खुसामतमा गएको देखिन्छ ।
यसै प्रकारको कानूनको इच्छाले संविधानको मर्म प्रति परिहास जोक्स गरेको छ । जस्तै संविधानको भाग ३ मौलिक हकको दफा १३ को उपदफा २ अनुसार कानून वमोजिम बाहेक कुनैपनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता हनन् हुने छैन भनिएको जुन तौर तरिका जुन इच्छा शक्तिका साथ १०२ को नाम सार्वजनिक भयो त्यसले यो प्रावधानलाई धक्का मारेको छ÷छैन प्रश्न उठाउने ठाउँ छ ।
अर्को धारा २५ न्याय सम्बन्धी हकको उपधारा ६ ले कुनै अभियोग लगाईएको व्यक्तिलाई नीजले गरेको कसूर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन । उपधारा ९ को प्रत्येक व्यक्तिलाई नीजविरुद्ध गरिएको कारवाहिको जानकारी पाउने हक हुनेछ भनेर गरिएको संवैधानीक हक १०२ गुण्डाका हकमा बाझिएको छ । उनीहरुको न त कसूर प्रमाणित भएको अवस्था छ । न त आफूलाई गरिएको कारवाहि गुण्डाको रुपमा सार्वजनिक को नै जानकारी छ । धारा २८ अन्तर्रगतको गोपनियताको हक अन्तर्रगत कुनैपनि व्यक्तिको जीउ आवास सम्पत्ति लिखित तथ्याङ्क पत्रचार चरित्र सम्बन्धी कुराहरुको गोपनियता कानूनद्वारा तोकिएको अवस्थामा बाहेक अनतिक्रम्य हुनेछ भनिएतापनि १०२ को चरित्र अतिक्रम्य भएको छ । १०२ लाई कुन कानूनले के तोकेको हुनाले नाम सार्वजनिक भयो खुलेको छैन ।
१०२ को गुण्डा पदवीले मूल कानूनका जति हाङ्ाविङ्गा लाछेको छ त्यही मापनमा सामाजिक विचलन ल्याएको छ । समाजमा अराजक गर्नेहरुको नामको सार्वजनिकिकरणले अर्को अराजकता थोपरेको छ । प्रेस पनि भयमा परेको छ । प्रेसलाई दोषी देखाएर उम्कने भित्रि यत्नहरु पनि भएका छन् । प्रेसले त आफ्नो धर्म निवार्ह गर्ने हो र गर् यो । जुन नामावली तयार गरियो सो सुत्र मार्फत जनमानसमा ल्याइदियो । हिजो सम्म हल्ला खल्ला गर्ने अल्लारेहरु भनेर मात्र चिनिँदै आएका रातोरात गुण्डामा गणना भएका छन् । सामाजिक वहिष्करणको संघारमा पुगेका छन् । विवाह वटुलो सरसापट ऐंचोपैंचो समेतमा प्रभाव पर्ने थुप्रै संकेत देखापरेका छन्÷देखिन्छन् । पारिवारिक झंझट झमेला पनि १०२ को नाम सार्वजनिकले धक्का पुर् याएको पक्ष हो । हाम्रो समाज त्यसै त तिललाई पहाड बनाउँछन् । झन् पुलिस प्रशासनको आधिकारीक धारणामा किटिएर नाम आउँदा त्यसले ल्याएको हलचल समाजको लागि हितकर नहुन पनि सक्छ । एक अज्ञात प्रकारको हिनतावोधको जागृतताले अभियोगमा परेको व्यक्ति खुंखार अपराध तर्फ ओरालो झर्न पनि सक्छ वा आफ्नो पथबाट हिनतावोधले च्यूत हुनपनि सक्छन् ।
राजनीतिक दल र कानून दुबैले समाजमा स्थापित गराएर सामाजिकीकरण गर्नु पर्ने ठाउँमा यहाँ १०२ को प्रकरणले सामाजिक दरार ल्याउने काम गरेको छ । संसार समाज पुनस्थापनाकोलागि नयाँ शील्प खोजिरहेको अवस्थामा विस्थापनको कार्य हुनु सामाजिक हिसावले पनि युक्तियुक्त देखिँदैन ।
राजनीतिक हिसावले १०२ को नाम हैन कि माओवादी काँग्रेस एमाले र राप्रपाका कार्यकर्ता गुण्डा हुन भन्ने आसय प्रष्ट देखिन्छ । किन पनि भने महिना दिने अल्टिमेटमका साथ कार्यकर्ताको हवला दिईएकाले प्रष्ट पार्छ । गुण्डाको बलबुतोमा पो माओवादी काँग्रेस एमाले र राप्रपा चलेका रहेछन् । राजनीति ुथ्री एमु मनी पैसा माइण्ड दिमाग मसल्स पाखुरा तिघ्रा गुण्डेताकत ले चल्छ भन्ने मान्यता छ क्यार । अब गरिवको मुलुकमा पैसा छैन दिमाग भएका नेता छैनन् उही पाखुरा तीघ्रा र गुण्डेतागत मात्र रहेछ । के लोकतन्त्र भनेको यही हो
राजनीतिक दलहरु नागरिकलाई गुण्डा बनाएर उनीहरुलाई भर् याङ् नबनाए आफ्ना राजनीतिक पसल चलाउन सक्दैनन् भन्ने कुरा पनि १०२ प्रकरणले प्रष्ट गरेको छ । त्यसो त देश गुण्डाहरुकै हो । सत्ताधारी गुण्डा वर्दीधारी गुण्डा कुसर्ीधारी गुण्डा सबैले अस्ति हिजो र आज गुण्डागर्दी नगरेका हैनन् पो । पार्टी चलाउन उनीहरुकै संरक्षणमा साठगुठमा सबै प्रकारका गुण्डाका अतिरिक्त नागरिक गुण्डा १०२ गुण्डा अब संयुक्त डकैती गरेर मुलुकलाई हरिकंगाल बनाउने पक्का भएको अवस्था हो
ठूलाठूला सपना बाढ्ने राजनीतिक दलहरु सोलोडोलो मान्छे हुलेर पतकर झैं सोहोरेर टीका लगाएर पार्टी परिवर्तन गराएर आफ्ना लठैत तुल्याउने बेलामा अग्रदस्तामा रहेको राजनीतिक संरक्षणको अव्वल कारण हो १०२ । अतः १०२४ को हिसाव गर्नु पर्छ । कानूनको सर्वमान्य सिद्धान्तले भन्छ अपराध गर्ने भन्दा अपराध गराउने ठूलो सजायको भागिदार हुन्छ । राज्यसत्ताको चरित्र र राजनीतिक दलहरुको नियतले ुगुण्डाु जन्मिएका हुँदा मुख्य अपराधिलाई किन छोड्ने ।
विकास निर्माण कार्यमा अवरोध गर्न राजनीतिक दलका कार्यकर्ता सामाजिक शान्तिमा खलल पुग्ने कार्य गर्ने उनै कार्यकर्ता ठेक्का पट्टा उनै कार्यकर्ता भएपछि १०२ व्यक्ति भन्दा पार्टीको नाम मात्र सार्वजनिक गरेको भए काफी हुने थियो । र राजनीतिक दलले हात उठाएर मम भनेको भए आत्मसमपर्ण गरेको भए उत्तम हुने थियो । वेरोजगारी जर्जर अर्थतन्त्र घुसखोरी नातावाद पार्टीवादको दलदलमा देश चोपेर आलोपालो सत्तामा बसेर धनी हुन मात्र जानेको राजनीति संस्कार गुण्डाको डन हो । जड हो । जडताालई नफ्याले सम्म यी झिनामसिना पातपतिङ्गर ताकेर केही नापिन्न ।
ुल यो हाम्रो पार्टीको होइन यो फलानो पार्टीको मान्छे यो मान्छे र यो काम हामीलाई यति हानीकारक यति बढी लाभान्वित हुने रहेछन् जाओ अधिकार भन अधिकारको नाममा अवरोध गर क्षेत्रको नाममा वर्ग भाषा जात आदिको नाममा आक्रमण गर भनेर धाप मार्दै ुपरेको हामी व्यहोरौंलाु भने र न अराजक बन्यो गुण्डागर्दी बढ्यो तब १०२ लाई किन नागरिक गुण्डा नभन्ने । चार प्रकारका गुण्डाहरुको ताण्डव सत्ताधारी वर्दीधारी कुसर्ीधारी र नागरिक गुण्डाको आततायीमुलुक सधै अब यस्तै संक्रमणमा सहिद हुने क्रमा छ ।
कानून समाज सुधारक हुनु पर्छ । १७÷१८ शताब्दी तिर वेलायतमा चोरी गर्ने पकेट मार्नेलाई सार्वजनिक स्थानमा मान्छेहरु जम्मा गरेर कोर्रा हान्ने चलन थियो । पाकेटमारी र चोरी गर्नेलाई सजाय दिइने त्यो हुलबाट नै पाकेट मारिन थाले पछि त्यहाँ कानून पनि परिर्वर्तित भयो । त्यस्तै भारतमा गान्धी जुनजुन जेलमा पुग्दथ्ये त्यति नै पटक एउटा उही व्यक्तिलाई कैदीकारुपमा भेट्थे । दुई÷चार चोटी भेटेपछि गान्धीले त्यस कैदीलाई कारण सोधें । प्रतिउत्तरमा कैदीले ुराज्यसत्तामा मेरो कुनै संवोधन नै छैन । चोरी बाहेक मेरो अन्य काम गरी खाने मार्ग नै छैन ।ु गान्धीले राज्य सत्ताको दोष ज्यादा नागरिकको कम निक्र्यौल निकाले ।
यही उद्धरण जस्तै १०२ गुन्डा राज्यसत्ताका उपज हुन् । राज्यसत्ताले आफ्ना नागरिकलाई व्यवस्थित गर्न नसक्नु रोजगारी दिन नसक्नु भूमिको न्यायोचित बाँडफाँड गर्न नसक्नु राम्रा जाऊन गोलखाडी हाम्रा भए पुग्छको नीति शिक्षा फगत कागजको प्रमाणपत्र बाहेक बन्न नसक्नुको आदीको उपज हो । उनीहरु पनि यही समाजका उपज हुन् । समाज तपाई म ऊ र हामी मिलेर बनेको छ । त्यस उपर राजनीतिक दलको अराऊपराऊ र खटनमा गुन्डाको सुत्रपात भएकै हो अनि विधिगतरुपमा मूल कानूनको मर्मसंग बाझिएको कानूनी प्रकृयाले राजनीति दलको इशारा मार्गमा हिँडेको अवस्था सिन्धुमा उठेको १०२ गुन्डा प्रकरण कुमालकोटीको गनगन भन्दा बढ्ता हनुमन्ते चिन्तन भन्दा अगाडि र छेपारोको उखान भन्दा बढी अर्थको कुरै होईन ।
यसो भनिरहँदा गुन्डाहरुको संरक्षणार्थ लविङ् गरिएको हैन । कसुरदारलाई कानूनको दायरामा ल्याएर कारवाही हुनुपर्छ । समाजबाट बेथिति हट्नै पर्छ । तर कानून राजनीतिक दलहरुको इशारा मार्ग वन्नु हुन्न कठपुतली बन्नु हुन्न । अधिकारको नाममा अतिक्रम्य वन्नु हुन्न ।