-जितेन्द्र श्रेष्ठ रसिक
दुन्दुभीको पर्रा जव वर्षिने छन् अनि मात्रै ठाप्लोमा हात राखेर सोच्ने नेपाली प्रवृत्तीलाई चुनौत्ती दिँदै संविधान लेखनको समय यसरी नजिकिँदै छ कि जस्ले सारा राष्ट्रभक्त लाई एकचोटि निधार खुम्च्याएर सोच्न वाध्य बनाएको छ । मन भरी आसा बोकिरहेका आम नेपाली जनताहरुको ढुक्ढुकी संविधान सभाको नजििकंदो समय सँगै बढ्दो छ । जनता सिर्फ लोकतान्त्रिक संविधानको पक्षमा छन् । दलहरुको एकआपसमा हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ती किन्तु हटेको छैन । संविधान निर्माणको लागि खर्चनु पर्ने विगतका अति महत्वपूर्ण समयहरु खिचातानी र सत्तालिप्सामै विते । थाहा छैन जनतालाई संविधान कतै हाँत्ती आयो हाँत्ती फुस्सा पो हुने हो कीभन्ने चिन्ताले पिरोल्न थालेको छ । जनता सिर्फ लोकतान्त्रिक संविधान चाहान्छन् । त्यो अन्यौलतालाई वर्तमान सरकार अनि दल र नेताहरुले कसरी निकास दिनेछन् त्यो भने हेर्न बाँकी नै छ ।
विश्वकै जनता लोकतन्त्रको पक्षमा ।
विश्वमै लोकतन्त्र र नयाँ शाषणशैलीको माग बढ्दो छ । हरेक राष्ट्रमा चलिरहेको युद्व र आन्दोलन विश्वका जनताहरुको ल्ााेकतन्त्र प्रतिको मोह हो भन्दा कुनै अत्युक्ती नहोला । जनता र लोकतन्त्र पछिल्लो समयमा आएर त्यस्तो चिज बन्यो जो नङ् र मासु बन्दैछ । जसको कारण सत्ता लोकतान्त्रिककरण गर्न लिवियावहराइन्यमनलगायत देशका जनताहरु ढिलै भए पनि जुर्मुराइसकेका छन् । नव्वेको दशकमै लोकतन्त्रको वहार आएपनि त्यस्लाई व्यवस्थित गर्न नसक्दा र केहि निरङ्कुस शाषकहरुको गलत प्रवृत्तिले लोकतन्त्रको मुद्दाहरु ओझेलमा परेको देखिन्छ । आज त्यहि ओझेलमा परेको मुद्दा उठाउने क्रममा ति विभिन्न मुलुकहरुमा नराम्रो सँग आन्दोलन चर्किएको छ । ढिलो चाँडो मात्र हो अवश्य बढारीनेछन् लोकतन्त्र विरोधिहरु । किनकि राष्ट्रको लागि जनता नै सर्वेसर्वा हुन् जनता भन्दा माथी कोहि पनि हुन सक्दैनन् । आजको नेपालको परिवेश पनि दुई शक्ति संघर्षमा यसरी खुम्चिएको छ मानौ जापानमा गएको भुकम्पको उर्जासील शक्ती अर्थात लोकतन्त्र विरोधि प्लेट लोकतन्त्र र संविधान निर्माण गर्न चाहनेहरुको जमिन तर्फ यसरी घुस्दैछ कि कुनै दिन त्यो लोकतन्त्र र संविधान बिरोधि चट्टानसंग ठोक्कीएर सारा संसार डग्मगाउने छन् ।
छोिटंदैछ संविधानको निर्माणको आयु ।
पाठकवृण्द संविधान निर्माणको लागि थपिएको म्याद अव मात्र ५९ दिन बाँकि छ । संविधान निर्माणको ढिलाइबारे राष्ट्रपति डा। रामवरण यादवले पछिल्लो दिनहरुमा खुवै चिन्ता प्रकत गर्न थालेको छ । प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवाष नेम्वाङले उनिसँग गर्ने नियमित भेटघाटले संविधान निर्माणमा अहिले सम्म भएको प्रगती र जेठ १४ गते भित्र स्रविधान निर्माणको सुनिश्चितताका बारेमा जिज्ञासा राख्न थालेका छन् । तर समयावधि भित्र संविधान बन्ने सुनिश्चितता नभएकोमा व्यापक आशंका गर्न थालिएको छ । नेपाली हरुको बानीनै कुनै काम हुनु अघि त्यसलाई सम्पन्न गर्न कसरी आ-आफ्नो तह र टप्काबाट सहयोग गर्ने भन्नुभन्दा बढि संका र आसंका व्यक्त गर्नु र अझ बढि दलहरु अधिकारकर्मी र संविधानमा प्रत्यक्ष्य वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सरोकारवालाहरु नै काम भन्दा बढि तमासे बन्न अघि सर्नेजस्ता कि्रयाकलापले नै संविधान निर्माणको मुद्दा ओझेलमा परेको दृष्टान्त कस्ले बुझ्ने
संविधान निर्माणको विषयमा राष्ट्रपति को चासो के भन्छन् अधिकारकर्मी
संविधान नबने के हुन्छ भन्ने प्रश्न व्यापक रुपमा उठ्न थालिसकेको छ । दलहरु अहिलेकै ढाँचामा अगिाडि बढेमा जेष्ठ चौढ भीत्र संविधान नबन्ने मानव अधिकारकर्मी सुवोधराज प्यकुरेलको भनाइ छ । उनले राष्ट्रपतिले चाँदो संविधान बनाउन दिएको निर्देशन राष्ट्र प्रमुखको हैसीयतले दिएको गम्भीर निर्देशनको रुपमा लिएर दल र सरकार अगाडि बढ्नुपर्ने जोड दिएका छन् यदि त्यसरी जान सकेन भने म्याद मात्र थपिरहनुको औचित्य त छैन तै पनि संविधान नबने विकल्प केवल म्याद थपमात्रै हुने उनले व्यक्त गरेका छन् । नागरीक समाजका अगुवा श्याम श्रेष्ठले राष्ट्रपति यादवले संविधान बन्छ वा बन्दैन भन्ने बारे सोध्ने हक राखे पनि हस्तक्षेप गर्ने हक राख्न नसक्ने भन्दै राष्ट्रपतिलाइ केहि गर्न पनि संविधानले अधिकार नदिएकाले उनले नपाएको अधिकार प्रयोग गरेर बिबादमा आउने काम नगर्ने आशा गर्नु पर्ने श्रेष्ठको धारणा छ । संविधान निर्माणको विषयमा राष्ट्रपति चिन्तित हुन थाले पछि जनचासोको विषय बनेको छ । तर राष्ट्रपतिले देखाएको चिन्ता ले सकरात्मक मोड लियो भने जनता र राष्ट्रको लागि त्यस्तो कुनै आपत्ती नहोला ।
संविधान निर्माणमा दल र नेताहरुले खेल्नै पर्ने भूमिका ।
संविधान निर्माणको समय यसरी छोटिदै छ कि मानौ यो पुसमाघको सबै भन्दा छोटो दिन हो । यो महत्वपूर्ण दिनको सदुपयोग विगतमा दलहरुले पटक्कै गर्न जानेनन् । समय यसरी छोिटंदैछ कि हामी माझ संविधानको रुप लिएर वृद्व हजुर बा उभिएका छन् । वृद्व हजुर बा बाट जतिसक्दो उपदेस र अनुभवहरु सातासात गरी सम्मानपूर्वक हजूर बा लाई अन्तिम अवस्थामा विदाई गर्नु पर्ने बाध्यात्मक अवस्था छ त्यसैले कर्मठसील नाती नातीना हरु जसरी महत्वपूर्ण समयको सदुपयोग गरी हजूर बा लाई स सम्मानपूर्ण ढङ्गले विदाइ गर्न अघि सर्छन् बस् त्यसरीनै दल र नेताहरुले पनि सत्ता र शाषण भन्दा बढि आफुलाई राष्ट्रको लागि समर्पित गरी यो छोटो समयको भरपुर सदुपयोग गरी कसैको इशारा र प्रलोभनमा नपरी जनताको युगौं देखीको चाहाना र सपना साकार गर्न तर्फ लाग्नु पर्दछ । हैन भने छात्तीमा लेखेर राख्नुस इतिहुसमा दोषी ठहरीने कुनै पनि दल र नेताहरुलाई जनताले छाड्ने छैनन् । जनताको नजरमा दोषौ ठहरीएका हरेक शक्तीको यसरी पतन भएका छन् कि जस्ले कुनै पनि यूगमा आफुलाई जनताको मन जितेर पुन स्थापीत गर्न सकेका छैनन् । इतिहाँसले नै दोषीलाई कठोर सजायँ दिनेछ ।