Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

जर्मनीमा फुल्पिंग्कोटका शम्भुले आत्महत्या गरे

2011-03-14 00:24:41 | मेरो सिन्धु

जर्मनी   मार्च, १३
गत साता विभिन्न जर्मनी पत्र-पत्रिकाहरुको समाचार अनुसार निडरजक्सन क्षेत्र अन्तर्गत गिफ्होर्न शहरमा १ मार्चका दिन एक नेपालीले रेलको लिकमा सुतेर आत्महत्या गरेको छन् ।

गैरआवासीय नेपाली संघका अनुसार लामो समयको टेलिफोन सोध-पुछ पश्चात आत्मदाह गर्ने व्यक्ति नेपाली नै भएको नेपाली दुतावासबाट पनि पुष्टि हुन आएको छ जस अनुसार, मृतक १५ बर्षदेखि जर्मनीमा रहँदै आएको र शुरुको बसाइ नेपाली परिचयमा नभएको गत बर्ष मात्रै  नेपाली नागरिक भएको खुल्न आएको  बर्लिन अवस्थित नेपाली  दुतावासबाट जनाइएको छ ।

जसअनुसार नाम शम्भु लामा नेपालको घर  फुल्पिंग्कोट गाविस वडा नम्बर ६ सिन्धुपाल्चोक , नेपाल रहेको छ । एनआरएन जर्मनीका अध्यक्ष दिल गुरुङद्वारा जारी वक्तव्यमा सिन्धुपाल्चोक जिल्लामा घर भएका साथीहरुको खोजीमा हामीले मृतक शम्भु लामाको परिवारसंग परिचित व्यक्ति एनआरएन जर्मनीका  इभेन्ट प्रोमोटर बिजय मोक्तानसंग सम्पर्क गरी मृतक  शम्भु लामाको घरमा सम्पर्क गर्ने जिम्मेवारी दिएका थियौं भनिएको छ ।

एनआरएन जर्मनीका उपाध्यक्ष यज्ञराज सुवेदी र विजय मोक्तानको पहलमा विभिन्न चरणमा शम्भु लामाको परिवारसंग सम्पर्क भैरहेको र नेपाली दुतावास बर्लिनसंग पनि घटनाको बारेमा जानकारी लिंदा दुतावासको तर्फबाट कागजी कार्यबाही बाहेक अरु केहि गर्न नसकिने स्पष्टिकरण टेलिफोन मार्फत पाइएको छ उल्लेख छ।

एन आर एन ए जर्मनीका अध्यक्ष दिल बहादुर गुरुङले बक्तव्य जारी गर्दै  यो अवस्थामा जसरी भएपनि  मृतकसम्म पुगी लासको दाह-संस्कार गर्नुपर्ने वा लासलाई नेपाल पठाएर मृतकको परिवारलाई बुझाउन पर्ने  कर्तब्य प्रति हामी प्रतिबद्ध छौं  तर हालसम्म हामीलाई मृतकका परिवारको तर्फबाट कुनै पनि आधिकारिक मंजुरिनामा आइपुगेको छैन जसको कारणले हामी मृतकसाथी शम्भु लामा सम्म पुग्न सकिरहेका छैनौ भन्नु भएको छ ।

उहाँले आदरणीय जर्मनी वासी दाजुभाई दिदी बहिनीहरु, यस घटनाले हामीलाई अति नै मर्माहत तुल्याएको छ  र यस्ता घटनाहरु फेरी पनि नदोहोरिउन भन्ने चाहन्छौं  शिम्भु लामाको परिवारले तपाईं हामी जोसुकैलाई भएपनि मंजुरिनामा दिलाइदिएको खण्डमा तपाइँ हामी संगै मिलेर एक नेपाली साथीको मृत्यु पछी पनि उद्धार गर्न सकियोस र यस्तो सामाजिक एकता हामीबीच सदा कायम रहोस भन्ने कामना गर्दछौं (नेपालीको लागि नेपाली) भन्ने नारा सहित विश्व भरि संजाल फैलाई सकेको, विदेशमा रहने नेपालीहरुको साझा संगठन एन आर एन को जर्मनी शाखा यस संस्थाको मूल मन्त्रलाई हृदयंगम गर्दै जर्मनीमा रहने बस्ने कुनै पनि नेपालीहरुले यस्तो मृत्यु वरण गर्ने अवस्था सम्म पनि नआवोस भन्ने भावना राख्दछ यस दुखद घटनाले मृतक शम्भु लामाको परिवारप्रति पुग्न गएको अपुरनिय क्षतिको  धैर्य गर्ने  शक्ति भगवानले स-परिवारलाई प्रदान गरुन र चिरआत्माले शान्ति पाओस भन्दै हार्दिक श्रद्धान्जली प्रकट गर्दछौं भन्नु भएको छ ।

प्रतिक्रियाहरु

yesari jillaa ra jillaa baasiharuko yes pristhamaa samaachaar sampreson garnu gyaadai sarahaniya chha...Khushi laagchha malai ...

- Tirthalal Shrestha : Jalbir VDC 5, Jalbirbazar, Sindhupalchok-2


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box