Air Ticketing in Nepal Contact to Merosindhu.com

विचार । दृष्टिकोण

प्रचण्डको त्याग र लोभीपापीहरुको झुण्ड

2011-03-13 01:49:37 | कला अनुरागी

कला अनुरागी (kalaanuragi@yahoo.com )
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुले ुत्यागु र ुचमत्कारु शब्दलाई खुबै जोड दिने गरेका छन् र एकाध अपवादलाई छाड्ने हो भने नेपाली राजनीतिमा उनले यी शब्दहरुलाई व्यवहारिक रुपमा पनि पटक-पटक पुष्टि गर्दै आएका छन् । जनयुद्धकालका विभिन्न घटनाक्रम जनआन्दोलन माओवादीको शान्तिप्रकि्रयामा प्रवेश प्रधानमन्त्री पदबाट राजीनामा हुँदै पछिल्लो पटकको प्रधानमन्त्रीको निर्वाचन र मन्त्रीमण्डल गठनसम्म आइपुग्दा पनि उनले आफ्नो नेतृत्वमा माओवादी त्यागको नमूना देखाएका छन् । मुलुकमा जटिल गतिरोध पैदा हुँदा पनि त्यसको गुत्थी सुल्झाउनतिर नलागी जब दलहरु आ-आफ्नै दुनो सोझ्याउनतिर लागछन् । त्यस बेला त्याग प्रदर्शन गरेर भएपनि माओवादीले गतिरोधको चमत्कारपूर्ण समाधान दिएको छ । पछिल्लो समयमा पनि प्रचण्डको नेतृत्वमा माओवादीले आफ्नै पार्टीभित्र देखा परेको असहमतिका बाबजुद अत्यन्तै सुझबुझपूर्ण ढंगले आफ्नो प्रधानन्त्रीको उम्मेदवारी त्याग नगरेको भए मुलुकले यति छिट्टै सरकार पाउने सम्भावना निकै न्यून थियो यदि बनेकै भए पनि नेपालीहरु इच्छाविपरित र नेपालहरुको भलो नचाहने विदेशी शक्ति र तिनको दलालहरुको इशारामा चल्ने सरकार निर्माण हुने निश्चित थियो । तर प्रचण्डको त्याग र दूरदर्शिताको कारण नेपालीहरुको आफ्नै विवेकमा तथा नेपाल र नेपालीहरुको भलो नचाहने तत्वहरुको योजनाविपरित भलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भए ।

प्रचण्डको नेतृत्वमा माओवादीले गरेका यस्ता त्याग र चमत्कारपूर्ण निर्णयहरुले नेपालको शान्तिप्रकि्रयालाई अगाडि बढाउँदै अग्रगमनलाई संस्थागत गर्नमा निकै नै योगदान पुर् याएको कसैबाट पनि छिपेको छैन । तर पछिल्लो समयमा देखिएका प्रवृति र विकास भएका घटनाक्रमहरुलाई हेर्दा माओवादी पार्टीले त्यो विरासतलाई थाम्ने कुरामा आशंका उत्पन्न भएको छ ।

प्रसंग पछिल्लो समयमा माओवादी सरकारमा सहभागी हुने भएपछि मन्त्री बन्नको लागि प्राप्त भएको ११० जनाको सूचीको हो । माओवादीलाई ११ मन्त्रालय दिने सहमति एमाले र माओवादीबीच भएपछि मन्त्रीमा जानेहरुको नाम फिसारिस गर्न बसेको बैठकमा ११० जनाको नाम सिफारिस भएको समाचार प्रकाशमा आएको थियो । साथै आफूलाई र आफ्ना गुटकालाई मन्त्री बनाउनको लागि प्रचण्डलाई भेट्ने र दवाव दिने कार्य पनि निकै तीव्रताका साथ भएको थियो । सिफारिसमा भएका त्यत्रा मान्छेहरुबाट कसरी ११ जना मन्त्री छान्ने भन्ने समस्याका कारण चार जनालाई मात्रै मन्त्रीको सपथ गराइयो । हुनत यो बिषयलाई माओवादीमा सयभन्दा बढी नेताहरु मन्त्री हुन योग्य छन् भनेर व्याख्या गरिएको पनि पाइयो तर वास्ताविकता त्यतिमात्रै होइन भन्ने कुरा अहिलेसम्म पनि अन्य मन्त्रीको नाम सिफारिस गर्न नसक्नुबाट पुष्टि भएको छ । बरु पछिल्लो समयमा माओवादीमा माओवादी मूल्य र मान्यतालाई तिलााजली दिदै आफ्नो स्वार्थसिद्धिलाई प्रधान देख्नेहरुको जमात बढ्दै गएको उदाहरणको रुपमा यो बिषय चर्चामा आएको छ । माओवादीमा विकास भएको गुट उपगुटहरु र तिनले आफ्नो पक्षका बढीभन्दा बढीलाई लाभान्वित गर्न गरेको प्रयत्न यसमा छताछुल्ल भएको छ । निश्चय पनि पदलाई ठूलो नठानी योग्यताकै आधारमा मात्रै छलफल चलेको भए यतिबेलासम्म निष्कर्ष निस्किसक्थ्यो भन्ने कुरा जसले पनि बुझ्न सक्छ । तर सबैलाई पद चाहिएको छ र कोही पनि टसका मस हुन चाहँदैनन् । कतिपयले आफूले पद नपाए गुट छोड्ने धम्कीसमेत नेताहरुलाई दिइरहेका छन् भने गुटका नेता बन्न चाहनेहरु जसरी पनि आफ्ना पक्षलाई पार्न कम्मर कसेर लागिरहेका छन् । माओवादीमा देखिएको यो लोभीपापी माहौलले निश्चय पनि पार्टीको हित त गर्न सक्दैन नै मूख्य नेतृत्वले स्थापित गर्दै लगेको त्याग र चमत्कारको धारलाई पनि भुत्ते बनाउने निश्चित छ ।

पद नपाएको झोकमा गुट निर्माण गर्ने र त्यही गुटको आधारमा पदमा बार्गेनिङ्ग गर्ने प्रवृत्ति संसदवादीहरुको प्रवृत्ति हो । अहिले माओवादीमा पनि त्यही प्रवृत्ति सल्केको छ । चारैतिरबाट शत्रुहरुले प्रहार केन्द्रीत गरेको बेलामा एकजुट भएर अघि बढ्नु पर्ने बेलामा गुट उपगुटलाई प्रश्रय दिदै नेतृत्वहरु िहंड्न छोडेका छैनन् । माओवादीको प्रभावशाली मानिने मजदुर संगठन तिन टुक्रा हुनु र गुट उपगुटका नेताहरु आफैं गएर तिनलाई प्रशिक्षित गर्नुले यसको पुष्टि गरेको छ । एमाले कांग्रेसका कतिपय नेताले राजनीतिक शक्तिको दुरुपयोग गर्दै १५ बर्षमा कमाएको भन्दा बढी आफूलाई पुग्ने अकूत सम्पत्ति कमाइसकेकाहरु अहिले गुटका पक्षपाती बनिरहेका छन् । उनीहरु कुनै न कुनै बहानामा पार्टी फुटाउन पाए त्यही निहुँमा आफ्नो स्वर्गलाई स्थायी बनाउन सकिने सपनामा छन् । तर कतिपय नेताहरु तिनकै उचालाईबाट उचालिएर गुट उपगुटलाई प्रश्रय दिइरहेका छन् अनि तिनैलाई लाभको पद दिलाउनको लागि मरिहत्ते गरेर लागिरहेका देखिन्छन् । अहिले माओवादीले पाएको मन्त्रालयका विभिन्न पदहरु र राजनीतिक नियुक्ति पाउन पनि तिनै लोभीपापीहरुको भिड उत्साहित भएको छ । कतिपय मन्त्रालयमा त्यस्ता नियुक्ति सुरु भएका छन् र अहिलेको माहौल हेर्दा निश्चय पनि त्यस्ता ठाउँमा त्यागी र सक्षम भन्दा पनि तिनै लोभीपापीहरुको बाहुल्य हुने खतरा बढिरहेको छ । नेताहरुमा को सक्षम र त्याग गरेको हो भन्ने भन्दा पनि आफ्नो भक्तिगान गायो कि गाएन भन्ने हेर्ने प्रवृत्तिको विकास भएको देखिन्छ । पछिल्लो समयमा माओवादीभित्र देखिएको गुट उपगुटमा कसले आफ्नो पक्षमा लागेर माहौल तताए तिनको हात समाउनेको बोलवाला बढेको छ । यदि तिनले त्यस्तो ठाउँमा नियुक्ति पाए भने बनेका र बन्ने मन्त्रीहरु साख कहाँ पुग्ला निश्चय पनि यो कुरा माओवादी नेतृत्वको लागि सोचनीय बिषय हो ।

अहिले प्रचण्डको नेतृत्वमा जुन त्याग र चमत्कारको प्रदर्शन गरेर सरकार निर्माण भएको छ । त्यसका विरुद्ध नेपालीहरुको भलो नचाहने विदेशी शक्ति र तिनका नेपाली दलालहरु लाग्ने नै भए । ती शक्तिहरुको अगाडि प्रधानमन्त्री झलनाथ खनालले पनि राम्ररी गोडा टेक्न नसक्दा प्रधानमन्त्री बनेको एकमहिना सम्म पनि आफूलाई सत्तामा पुर् याउने माओवादीललाई सरकारमा लान सकेनन् । त्यसका लागि माओवादीले फेरि पनि त्याग गर्नुपर् यो र गृह विना नै सरकारमा सहभागी हुने निर्णय गरेको छ । अहिले पनि विदेशी शक्ति केन्द्र र तिनका दलालहरु माओवादीलाई कसरी निर्णायक ठाउँबाट बाहिरै राख्ने भन्ने षड्यन्त्र बुनिरहेका छन् । यस्तो चुनौतिपूर्ण बेलामा माओवादी आफूभित्रको यस्ता भूलभूलैया विवाद र लोभीपापीहरुको झुण्डको स्वार्थमा रुमल्लिने हो भने निश्चय पनि राष्ट्र र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा पैदा हुने छ । तसर्थ जनता राष्ट्र र राष्ट्रियताको लागि प्रचण्डको नेतृत्वमा हुँदै आएको माओवादी त्याग र चमत्कार लोभीपापीहरुको झुण्डको स्वार्थसिद्धिको आधार हुन नदिन माओवादी नेतृत्व सचेत हुनु आवश्यक छ ।

प्रतिक्रियाहरु

कला अनुरागी जी यहाँ को विचार मैले पदने मौका पाए मा त्यसमा यक्दमै खुसि छु .......... तर यहाको माओबादी प्रति को धारणा मा अलि असहमत छु, माओबादी भित्र प्रचण्डको त्याग साच्चै हो त ? अनि त्यो पार्टीमा अरु नेताको कत्तिको value छ त ? दुनियाले मानेका नेता बाबुराम भट्टराई को कत्तिको अस्तित्व छ त सो पार्टीमा के एकिन छ त यहालाई ? माओबादीमा प्रचण्डको त्याग म कतै देख्दिन त्यो तपाई को भ्रम हो ...........

- प्रकाश न्यौपाने : धुस्कुन - ७, पतेरी सिन्धुपाल्चोक नेपाल


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box