Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

कुवैतमा खुलेको एम्नेस्टी(इलिगल)को फाईदा लुट्ने गिरोह सकृय !

2011-03-13 01:44:33 | मेरो सिन्धु

बालकृष्ण घिमिरे, कुवेत,मार्च-११-२०११,
कुवेतमा लामो समयको पर्खाइ पछी एम्नेस्टी (आममाफी) अर्थात इलिगल खुलेको छ। गत १ तारिख बाट इलिगल खुलेको भएपनी इलिगल खुले पछी घर अथवा नेपाल पठाउन सहयोग गर्ने नाममा महिनौ पहिला देखी पैसा लिने र दिने काम भएको बुझिएको छ | गुम्बा ८ सिन्धुपाल्चोक स्थाइ घर भएकी दुर्गामाया लामा धन कमाउने ठुलो सपना बोकी साँढे चार बर्ष पहिला आफ्नो भिनाजुको ठुलि आमाको छोराको सहयोगबाट कुवेत आएकी थीइन। नेपाल बाट कुवेतमा घरायसी कामको लागि भनी आएकी दुर्गालाई कुवेत स्थित हवेली अफिसमा कार्यरत नेपाली महिला जुली सेर्पाको पहलमा साउदी अरब पुर्याइेको थियो।

साउदिको मालिकले एक बर्ष २ महिनाको तलब नदिए पछी रोई कराइ गरी पुन कुवेत फर्किएकी दुर्गालाई साउदी मालिकले हवेलिको अफिसमा नपुर्याही फाहाहिलको अफिसमा पुर्याएको थियो | फाहाहिलको उक्त अफिसमा काठमाण्डौ ठमेल घर बताउने सर्मिला नामकी नेपाली महिलालाई नै भेटेपछी केही राहातको महसुस गरेकी दुर्गालाई सर्मिलाको माध्यमबाट पुन कुवेतिको घरमा घरायसि  कामको लागि पठाइयो | उक्त कुवेतिको घरमा दुई बर्ष ७ महिना काम गरेपछी आफु(स्वदेश)घर फर्किन्छु भन्दा कुवेती मालिकले पख-पख भनी चार महिना झुलाएको र घर जान्छु भने पछी आफुले पाउने चार महिनाको मासिक तलव नदिएकाले फाहाहिलको अफिसमा कार्यरत सर्मिलाको ६७०३८०१३ मोबाइल नम्बर र २३९१०९८८ अफिसको लोकल नम्वरमा संपर्क गरी आफुलाई मालिकले चार महिनाको तलव नदिएको र नेपाल फर्कन्छु भन्दा नेपाल पनि नपठाएकाले मालिकलाई सम्झाइ दिनु भन्दा सर्मिलाले त्यो घर बाट भागेर आईज म अर्को घरमा काम लगाइ दिन्छु र बाँकी तलव पनि दिलाई दिन्छु भनेकाले दुर्गा उक्त कुवेतिको घर बाट भागेर आएकीथीईन।

           (यो सम्वाददाताले सर्मिलाको भनिएको ६७०३८०१३ नम्वरमा संपर्क गर्दा सर्मिला नेपाल गएको कुरा त्यहा कार्यरत अर्की नेपाली महिलाले आफ्नो बोली लर्बराउदै बताइन ) तर दुर्गा घर बाट निक्लिएर बंगालीले चलाएको ट्याक्सि चढी बाटोमा आउँदै गर्दा सर्मिलाले उन्लाई फोन गरी आज अफिस बन्द छ त नेपाली दुतावास जा भनी गाली गलोज र झर्की फर्की गर्दै आफ्नो मोवाइल(सुइज्ज अफ)बन्द गरेकी थिहिन | दुतावासको ठेगाना थाहा नभएकाले दुर्गा पुन हवेलिमा रहेकी अर्की नेपाली महिला टिका पोखरेलको ६५११५०१४ नम्बरको मोवाइलमा संपर्क गरी टिकाकोमा शरण लिन पुगेकी थिहिन तर तिनै नेपाली महिला टिका पोखरेले दुर्गाका लागि दुर्भाग्य बन्दै गईन| टिकाले कुवेतमा एक्लै बस्न गाह्रो हुने भएकाले बंगाली सित बस भनेको तर बंगालिले भने आफुलाई अहिले कार्यरत कुवेतिको घरमा काम लगाई  दिएको कुरा दुर्गाले फोनमा यो सम्वाददाता सित रुदै बताइन | (दुर्गा हाल इलिगल रुपमा त्यही बंगालिले पठाएको कुवेतिको घरमा काम गर्दै छिन)त्यती मात्रै कहाँ हो र,टिका पोखरेलले एम्नेस्टी अथवा इलिगल खुले पछी म तलाई घर पठाइ दिन्छु भनी दुर्गा सित ११० दिनार लिएको र हाल पनि पटक पटक फोन गरी अरु रकम माग्ने गरेको दुर्गाले बताइन | दुर्गाको भनाइ अनुसार करिव दस-बाह्र हजार बरावरको जिन्सी सामान टिकाको जिम्वामा छाडेकोमा हाल उक्त सामान पनि हराएको छ भने उक्त घटनाको बारेमा स्याङ्जा घर बताउने टिका पोखरेललाई यो सम्वाददातले संपर्क गर्दा दुर्गा(माया)सित आफुले नेपाल पठाउन नभएर उसले राख्न दिएको ११० दिनार राखी दिएको सुइकारेकी छिन | टिका पनि कुवेतमा इलिगल भएर बसेको बुझिएको छ तर किन उनी महिला भएर महिलालाई ठग्दै छिन ?

किन इलिगल बनाइन नेपाली चेलीलाई नेपाली चेली सर्मिलाले ? किन कुवेत भनी झिकाएर साउदी पठाइन जुली सेर्पाले ? के सर्मिला,जुली र टिका पोखरेल जस्ता तत्वहरुलाई नेपाली दुतावासले कारवाही गर्छ त ? दिन रात नेपाल फर्कने सपना बोकी कुवेतिको घरमा काम गर्दै आएकी नेपाली चेली दुर्गालाई दुतावासले नेपाल फर्काउन बिशेष पहल गर्छ वा कागजी रुप्मा एम्नेस्टीमा नेपाल फर्काउन सहयोग गर्न भनी सार्वजानिक गरेका मोवाइल नम्वर र दुतावासका टेलिफोन नम्वरहरुमा संपर्क गर्दा फोन रिसिव नै नगर्ने र बल्ल तल्ल रिसिव गरे पनि पिडितको गुनासो नै नसुनी आफ्ना कुराहरु मात्रै एकोहोरो फत्फताउने दुतावासका कर्मचारीहरु बाट दुर्गामाइ लामा जस्ता पीडितहरु नेपाल फर्कलान त ? यो र यस्ता अन्य घटनाहरु आज आम कुवेतवासी नेपाली दाजु भाई,दिदी बहिनिहरुको जिज्ञासा र चासोको बिषय बनेको छ |


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box