नातीबावु धिताल सिन्धुपाल्चोक । फागुन २८ गते
लमजुङ जिल्ला इसानेश्वर गाविस-९ घरभई भोटसिपा गाविस स्थित जनता माविका २३ वर्षीय शिक्षक पारसमणी घिमिरेलाई ०६७ फागुन २६ गते दिउँसो भोटसिपा गाविस-४ निवासी पूर्व गाविस उपाध्यक्ष तथा एमाले २ नं क्षेत्रीय सदस्य विष्णु मैनालीले विद्यालय भित्र प्रबेश गरी शिक्षक घिमिरे विद्यालयमा नियुक्त भए वापत पैसा नदिएको आरोपमा कुटपिट गरी मार्ने धम्की दिए ।
पीडित घिमिरेले सोही दिन विद्यालय प्रशासनमा लिखित उजुरी दिएकोमा मैनाली विरुद्ध कानुनी कारबाही विद्यालय ब्यवस्थापन समितिले अधि बढाउने विश्वास प्रधानाध्यापकले आफुलाई दिलाएकोले अन्यत्र उजुरी नगरेको पीडितले बताए ।
पीडितका अनुसार विद्यालयमा शिक्षक आवश्यकता सम्वन्धी सूचना पाएपछि आफुले लिखित र मौखिक परिक्षा उत्तीर्ण गरी नियुक्ति पाएकोमा मैनालीलाई आफु शिक्षक नियुक्त भएवापत पैसा दिनुपर्ने वाध्यता नभएकोले पैसा नदिएको उनले बताए ।
तीन महिना अगाडि निमावि दरबन्दीमा नियुक्ति पाएका शिक्षक पारसमणीसंग मैनालीले रु. २५०० मागेको पीडितले बताए ।
घटनाबारे प्रअ गुणनिधि लम्साललाई सम्पर्क गर्दा पीडक विष्णु मैनाली विरुद्ध कानुनी कारवाही जिल्ला शिक्षा कार्यालय मार्फत अगाडी बढाइने बताए । उनका अनुसार राजनीतिक दलका कार्यकर्ताहरूबाट शिक्षकहरूमाथि भएका यस्ता आक्रमणले पीडित शिक्षक आतंकित भएको बताए ।
- inseconline.org