Air Ticketing in Nepal Contact to Merosindhu.com

विचार । दृष्टिकोण

चौतारामा रात परेपछि झ्याप्प झ्याप्प …..

2011-03-09 22:41:23 | मेरो सिन्धु

केदार न्यौपानै 'विचार'
लोडसेडिङ भनुँ त्यो होईन । खम्बा ढलेको,  तार जलेको वा ट्रान्सफर्मर विग्रीएको, त्यो पनि होईन तर जब घाम डुब्न थाल्छ र अँध्यारो बढ्न थाल्छ अनि विधुतको प्रवाहमा गडबढी शुरु हुन्छ । कहिले बल्व नै जल्ला जस्तो चम्किलो प्रकाश त कहिले मधुरो यो त नियमित नै भईसक्यो तर चौतारा आसपासमा संधैजसो रात पर्नासाथ झ्याप झ्याप बत्ति निभ्न थाल्दछ ।

पुरानो विधुत प्रसारण लाइन भएकोले र उपभोक्ता थपिदै गएकाले नियमित रुपमा विधुत प्रवाह नभएको हो । विधुत त एक उदाहरण मात्रै हो समस्याको चर्चा र परिचर्चा गर्ने हो भने अनगिन्ती समस्याका पोका फेला पर्छन  चौतारामा। सदरमुकाम भएर पनि थुप्रै समस्याको जालोले झेलेको छ चौतारालाई ।

समस्या चौतारा बसपार्कबाटै सुरु हुन्छ,  सरकारी कार्यालय र बसपार्क लगभग दुई ध्रुवमा छन् । सरकारी कार्यालयसम्म पैदल पुग्न फटाफट हिड्न सक्ने सेवाग्राहीलाई पनि जान आउन दशपन्ध्र मिनेट कम्तीमा हिड्नै पर्छ । त्यसमाथि झन् वृद्ध र बच्चा वोकेका महिलाको लागि चै यो समय पनि अझ बढी लाग्छ । चौतारामा यात्रु ओराल्ने बसले टुडिखेल आसपाससम्म यात्रुलाई छोडिदिने र चढाउने गरे यात्रुलाई केही सजिलो हुन्थ्यो कि

अर्को प्रसंग जिल्ला प्रशासन कार्यालय जाने बाटोको नै अवस्था नाजुक छ भने अन्य बस्तिमा जाने सहायक बाटोमा कालोपत्रे हुने आश त निकै टाढाको प्रंसग हो । तापनि केहि चासो दिए राम्रो हुन्थ्यो । सडक अत्यन्तै सांगुरो छ । एउटा मोटर वीचमा भेटियो भने कि पछाडी हट्नुपर्छ कि घन्टौं जाम हुन्छ । सडक खाल्डाखुल्डीमय छ । जुन थोरै मेहनत र बजेटमा पनि मर्मत गर्न सकिन्छ । यस्ता ससाना कुराले दैनिक जनजीवनमा पर्ने असर प्रति सरकारी प्रतिनिधी मुखदर्शक बनेर बस्न मिल्छ ? केही नँया काम गरेर जनतालाई राहत दिन सके जनताले पनि आफ्नो कर र राजस्वको उचित सदुपयोग भएको महसुस गर्न सक्थे ।

सरकारी कार्यालय भवन कोठा भवन जाने आउने बाटो भवन अगाडी जमेको पानी,  कार्यालयको फोहोर शौचालय अनि दुर्गन्ध, महत्वपूर्ण कागजपत्रको लथालिंग भण्डार, आधिकारीक व्यक्तिको अनुपस्थिती समयमै कामको टुंगो नलाग्नु, काम गर्न आनाकानी गर्नु, ढिलासुस्ती अन्यत्र झै यहाँपनि छ नै । वृद्ध र शरीर जीर्ण भएका कर्मचारीले कुर्सी ओगट्ने, सरकारी कार्यालयमा पनि हाकिमको निगाहमा कर्मचारीको नियुक्ति, साटफेर निष्काशन जस्ता गैर नैतिक कि्रयाकलापले प्रसय पाउने, भद्र ईमान्दार कर्मचारीको मुल्याङ्कन नहुने जस्ता नेपालको कर्मचारीतन्त्रका आधारभूत सिद्धान्त र मूल्य मान्यतावाट हाम्रो जिल्लाका सरकारी कार्यालय कर्मचारी अछुतो छन् जस्तो लाग्दैन् ।

काम गर्ने लाई पनि स्वतन्त्रता छैन । उपल्लो पदाधिकारी राजनैतिक दल एंवम् स्थानिय चल्तापूर्ताबाट काम गर्ने वातावरणमा प्रतिकुलता र जटिलता थपिएका छन् ।

दैनिक जीवनमा भोगिएका अनगिन्ती समस्या, आफ्नै आँखामा टल्किएको संम्भावना, अनि त्यसको मुकदर्शक बन्नुपर्दाको पिडाले कसलाई पो चित्त बुझ्ला र । गएको हप्ता दुई रातको चौतारा बसाईमा यस्तै अनगिन्ती समस्याको प्रतिविम्वले मलाई पनि झक्झकाई रह्यो । दुई साँझमा कति चोटी बत्ति निभ्दै र बलदै गर् यो गन्नै सकिएन जे होस् ट्रान्सफर्मर थपेर हुन्छ वा बिधुत प्रसारण लाइनमा देखिएका खराबी हटाएर चौताराबासी र विभिन्न सरकारी काम लिएर सदरमुकाम आउने जानेलाई यो समस्याबाट मुक्ति दिनेतर्फ सम्वन्धित निकायको ध्यान गए स्रोत र साधनले सम्पन्न भएर पनि पछि परेका सिन्धुबासीको पनि मुहारमा खुशी आउथ्यो कि !


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box