Air Ticketing in Nepal Contact to Merosindhu.com

स्थानिय समाचार

नारी दिवस मनाउने भिन्न तरिका

2011-03-09 07:44:36 | मेरो सिन्धु

शर्मिला ठकुरी, सिन्धुपाल्चोक २५ फागुन
विभिन्न गोष्ठीहरुमा मात्र अल्झेर राजधानीका महिलाले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा साहसिक क्षेत्रमा कार्यरत महिलाले भने यो दिवस भोटेकोसी नदीमा र्‍याफि्टङ गरेर मनाएका छन् ।

छुट्टै पहिचान बनाउन सफल यी साहसिक महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि छुट्टै कार्य गरेर मनाउने योजनाअनुरुप भोटेकोसीमा र्‍याफि्टङ गरेका हुन् ।

सो दिवसका अवसरमा समावेसी महिला सगरमाथा आरोही टोली, महिला एड्भन्चर गल्र्स र महिला र्‍याफि्टङ तथा कायाकिङको दुइहप्ते तालिममा सहभागी भएका महिलाका साथै पर्यटन सचिवको समेत सहभागिता रहेको थियो ।

पाँचपोखरी पर्यटन विकास तथा व्यवस्थापन समितिले दिएको दुईहप्ते महिला र्‍याफि्टङ तथा कायाकिङ तालिमको समापन तथा नारी दिवसको अवसर पारेर साहसिक क्षेत्रमा कार्यरत महिलालाई सो र्‍याफि्टङ गराइएको थियो ।

सो समितिका अध्यक्ष एवम् महिला समावेशी सगरमाथा आरोही माया गुरुङले अन्तर्राष्ट्रिय नारी दिवसमा नयाँ कार्य गर्ने योजनाअनुरुप यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले नेपालमा कतिपय महिलालाई नारी दिवसका बारेमा जानकारीसमेत नभएको बताउँदै सहरका महिलामा मात्र नारी दिवसको बारेमा जानकारी भएर नपुग्ने धारणा राख्नुभयो ।

नेपालका प्रत्येक कुनामा बसोबास गर्ने नारीलेसमेत अन्तर्राष्ट्रिय नारी दिवसका बारेमा जानकारी पाउनुपर्ने बताउँदै आरोही गुरुङले भोटेकोसीमा र्‍याफि्टङ गराउँदा पर्यटन प्रवर्द्धनका साथै सिन्धुपाल्चोकका महिलालाई नारी दिवसको बारेमा जानकारी हुने बताउनुभयो ।

यसैगरी समितिका सचिव मिलन तामाङले नारी दिवस र पर्यटन वर्ष नेपालका लागि उत्तिकै महत्वपूर्ण भएकाले यी दुवैलाई एकै स्थानमा मनाउन सकिन्छ भन्ने सन्देश दिनका लागि यस नदीमा र्‍याफि्टङ गराएको बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोक जिल्लामा विश्वकै दश सर्वोत्कृष्ट नदी भोटेकोसी परेकाले यस नदीप्रति विश्वको ध्यानाकर्षण गराउन सकिन्छ भन्नुभयो ।

पर्यटनसचिव किशोर थापाले नारी दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले भोटेकोसीमा र्‍याफि्टङ गराउनु प्रशंसनीय काम हो भन्नुभयो ।

सो र्‍याफि्टङ कार्यक्रममा साहसिक महिला सगरमाथा आरोही शैली बस्नेत, चुनु श्रेष्ठलगायतका नौ महिला सहभागी थिए भने र्‍याफि्टङ गाइडमा संलग्न महिलाहरु, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।
- रासस


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box