शर्मिला ठकुरी, सिन्धुपाल्चोक २५ फागुन
विभिन्न गोष्ठीहरुमा मात्र अल्झेर राजधानीका महिलाले
अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा साहसिक क्षेत्रमा कार्यरत महिलाले भने
यो दिवस भोटेकोसी नदीमा र्याफि्टङ गरेर मनाएका छन् ।
छुट्टै पहिचान बनाउन सफल यी साहसिक महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि छुट्टै कार्य गरेर मनाउने योजनाअनुरुप भोटेकोसीमा र्याफि्टङ गरेका हुन् ।
सो दिवसका अवसरमा समावेसी महिला सगरमाथा आरोही टोली, महिला एड्भन्चर गल्र्स र महिला र्याफि्टङ तथा कायाकिङको दुइहप्ते तालिममा सहभागी भएका महिलाका साथै पर्यटन सचिवको समेत सहभागिता रहेको थियो ।
पाँचपोखरी पर्यटन विकास तथा व्यवस्थापन समितिले दिएको दुईहप्ते महिला र्याफि्टङ तथा कायाकिङ तालिमको समापन तथा नारी दिवसको अवसर पारेर साहसिक क्षेत्रमा कार्यरत महिलालाई सो र्याफि्टङ गराइएको थियो ।
सो समितिका अध्यक्ष एवम् महिला समावेशी सगरमाथा आरोही माया गुरुङले अन्तर्राष्ट्रिय नारी दिवसमा नयाँ कार्य गर्ने योजनाअनुरुप यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले नेपालमा कतिपय महिलालाई नारी दिवसका बारेमा जानकारीसमेत नभएको बताउँदै सहरका महिलामा मात्र नारी दिवसको बारेमा जानकारी भएर नपुग्ने धारणा राख्नुभयो ।
नेपालका प्रत्येक कुनामा बसोबास गर्ने नारीलेसमेत अन्तर्राष्ट्रिय नारी दिवसका बारेमा जानकारी पाउनुपर्ने बताउँदै आरोही गुरुङले भोटेकोसीमा र्याफि्टङ गराउँदा पर्यटन प्रवर्द्धनका साथै सिन्धुपाल्चोकका महिलालाई नारी दिवसको बारेमा जानकारी हुने बताउनुभयो ।
यसैगरी समितिका सचिव मिलन तामाङले नारी दिवस र पर्यटन वर्ष नेपालका लागि उत्तिकै महत्वपूर्ण भएकाले यी दुवैलाई एकै स्थानमा मनाउन सकिन्छ भन्ने सन्देश दिनका लागि यस नदीमा र्याफि्टङ गराएको बताउनुभयो ।
उहाँले सिन्धुपाल्चोक जिल्लामा विश्वकै दश सर्वोत्कृष्ट नदी भोटेकोसी परेकाले यस नदीप्रति विश्वको ध्यानाकर्षण गराउन सकिन्छ भन्नुभयो ।
पर्यटनसचिव किशोर थापाले नारी दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले भोटेकोसीमा र्याफि्टङ गराउनु प्रशंसनीय काम हो भन्नुभयो ।
सो र्याफि्टङ कार्यक्रममा साहसिक महिला सगरमाथा आरोही शैली बस्नेत, चुनु
श्रेष्ठलगायतका नौ महिला सहभागी थिए भने र्याफि्टङ गाइडमा संलग्न
महिलाहरु, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो
।
- रासस