Air Ticketing in Nepal Contact to Merosindhu.com

विचार । दृष्टिकोण

नारी दिवसःफगत एक नयाँ नारा

2011-03-07 02:56:59 | अमित घिमिरे

सिन्धुपाल्चोक चौतारा-८
८ मार्च अर्थात नारी दिवस । हरेक वर्षझैं यो वर्ष पनि सरकारी गैरसरकारी कार्यालयका महिलालाई बिदा दिएर दुईचार जना टाठाबाठाले नारी उन्मुक्तिको सुक्ति सुनाएर यो औपचारिकतालाई पूरा गरिन्छ/गरिदैछ । यसरी हेर्दा लाग्छ यो दिवसको लक्षित वर्ग कर्मचारी महिलाहरु मात्र हुन् । यो दिनमा अफिस जान नपर्ने भन्दा उच्चताको महत्व अरु क्यै छैन । हाम्रो भित्तेपात्रोमा रक्तिम भएका धेरैजसो उत्सव-दिवसहरुको लक्षित वर्ग को भन्ने अस्पष्टतामा नै पात्रो रक्ताम्मे भएको छ । डलरमा तलब खानेहरुको लागि महिला विकास र उत्थानका लागि भनेर आफ्नो थैलो भर्ने माफियाहरुको प्रतिवेदन सार्वजनिक गर्ने एवम् दाताहरुलाई दयनीयता दर्शाउँदै हरियो दाँत देखाएर सहयोग माग्ने एउटा पाटोको मात्र राम्रोसँग फस्टाएको छ ।

त्यस अलावा महिलाकालागि कुनै उल्लेख्य र लक्षित कार्यक्रम कार्यान्वयन भएको छैन । मानव इतिहासमा पाषण कालखण्डको आदिमतादेखि २१ औं शताब्दीको मिलिनियम नामक अत्याधुनिकता सम्म आईपुग्दा मान्छेको दुनियाँमा निकै समयपरक तथ्यहरु समयानुरुप नै सभ्यताले स्वीकार गरेका छन् । त्यसैअनुसार समय चेतना व्यवहार आदिले यहाँ सत्यलाई समेत परिमार्जन र संशोधन गरी अंगिकार गरिएको छ । अपितु परिमार्जन संशोधन र अंगिकारमा जुन हदसम्म पुरुषहरुको पौरुषत्व यहाँ स्वीकार्य हुन्छ त्यही मापनमा महिलाहरुको हुदैन भएको छैन । अपवादबाहेक संसारमा जति जन्मेका महापुरुष भनिनेहरु तथाकथित स्वघोषित ईश्वरको प्रारुप्ा सम्म भएका छन् -ति पुरुषहरु नै छन् । महिला ईश्वरको प्रारुप भएनन् किन आजको यो युगमा पनि भगवान भनेर बुद्धहरु दलाई लामा साईबाबाहरु जन्मदै छन् । समुह÷जुलुस र हुज्जत बढाईरहेका छन् । तर आधा-आकाशका दाबेदार महिला केवल धर्तीको स्थुलताबाट क्षितिजसम्म चियाउन सकेका भने छैनन् । आज पनि सम्पूर्ण विश्वमा पुरुषहरुको ज्योत्सनामा महिला विलुप्त छन् ज्योतिहीन भएका छन् । आफ्ना इच्छा त परै जाओस् अधिकारको पनि उपभोग गर्न पाईरहेका छैनन् ।

समीक्षकहरु शहरमा बस्छन् त्यसैले त्यही वृत्तको दृष्टिपरक परिभाषा महिलामाथि लेख्दछन् । किन्तु नेपाल भनेको शहर मात्र हुदै हैन एवम् सबै दुनियुका ठाउँहरु सर्वसुलभ बजार हैनन् । केही सम्भ्रान्त पट्ठीहरुले नाइटोमा मुन्द्री छेडेर चौराह चाहर्छन् भनेर मखमली र सुन्तलीको विपन्नतालाई खिसी गर्न पाईदैन । उनीहरु त सखारै ठाउँ-ठाउँमा मक्किएको चोली सिलाईओरी सोत्तर काट्न जंगल पुगेका हुन्छन् । पिङ्की÷शलिना र स्वीटी; माईकल÷जोन र समिरसँग डिस्को पसेको देखेर पातली साँहिली र सीता; माईला जिते र सुब्बासँग लाठे पौंठो जोरी रोपारको काचन भावुकतालाई संदिग्ध गर्न कहाँ मिल्छ र कोदोको बाबर बोकेर डोकोमा भुन्टे हातले कैलेलाई डोर् याएर गाँउबेशी गर्ने जुनकीरी एवम् ुकिड ब्यागमाु बेबी हालेर न्युरोडको सपिङ सकेर रेष्टुरामा वियर तान्दै बच्चालाई ल्याक्टो निप्पल चुसाई दिने जस्मीनमा केही अन्तर छैन …! अवश्य छ । जुनकीरीको बूढा ुलुरेु हलो जुवा र गाईगोठमा नै पल्ला स्वाँरा बारीमा छन् । जस्मीनको हजब्याण्ड ुलक्कीु भन्सारमा सुब्बा छन् । रोमा र रोमन मोटरसाइकलबाट नगरकोटको उपवनमा खुलेआम स्वान-कि्रडा गर्दैछन् भनेर चाचली र चेतनारायणको पुलकित प्रेमलाई विज्ञापन भन्न पनि नमिल्ला । किन पनि भने रोमाले जस्तो ुएवर्शनु गर्न पर्दैन चंचलीलाई । न त रोमनलेझैँ चेतनारायणले पि्रयङ्का फेर्न जानोस् । चेतनारायणको प्रेममा वासना छैन । उसको एउटा मुटुमा त चाचली सदाका लागि बस्नेछ अर्धाङ्गिनी भएर । हर्रर ुपफ्र्यूमु हावामा महकाएर आफ्नो जवानीलाई अर्धनग्न तुल्याएर हुल र भीडबाट आकर्षण पाएको कुटील कामुक अभिमानलाई पसिनाले मक्काएको मजेत्रोबाट कवै सम्मोहन मिल्दैन । भीड र गल्लीका पाशविक आपराधिक भ्रमित आँखाबाट अछुतो छ अनि कष्टमय छ नेपाली महिलाका वास्तविक जीवन चर्याका किस्साहरु,कथाहरु ।

पसिनात्मक छ जीवन । परन्तु अघात श्रद्धा र विश्वासमा हाँसोयुक्त छ । उत्सव विशेषमा नाचिदिन्छ निश्चल सौन्दर्य औ वेदना-समवेदनामा अश्रुपात गरेर रोइदिन्छ ह्दय । यो त सामान्य गुणमात्र हो । सहनशिलताको कुनै समसीमा छैन । दिनभरी निराहार भोको बसेर सदावाहार जाँडभट्टीमा धूत लाग्नेकालागि दीर्घायूको कामनामा आँेठमुख सुकाउँछे अनि साँझ त्यै लोग्नेको हात-लात खपेर मन चाहे आपराधिक मुद्राहरुमा मध्यरातसम्म लोग्नेबाटै बलात्कृत हुँदै भोकै भोलिपल्टको सूर्योदय अगाडि छाद लिपपोत कपडा धोइपखाली घाँसदाउरामा निस्केकी हुन्छे । रातदिन सासुदेउरानीको कचकच सहेरै मीठो धून गुनगुनाएकी हुन्छे सन्तान जन्माएकी हुन्छे घर चलाएकी हुन्छे गाईगोठ गरेकी हुन्छे र पनि ुआइमाईको के भरु भन्ने तुच्छ गाली पाएकी हुन्छे । ुपानीमरुवा लोग्नेको करतुत सौताको श्राप गुजारेकी हुन्छे । ुआईमाई-आईमाईका शत्रु ुरुद्रघण्टी नभएकाहरु भन्ने अविश्वासको गलौच पाएकी हुन्छे । कुलटा भएकी हुन्छे कलङ्कीनी बाँझी बाजर भनिएकी हुन्छे । यहाँसम्मकी उमेर ढल्केपछि सौन्दर्य नभएपछि बूढाबूढी दुःखी र गरीब भएपछि बोक्सी भएर मान्छेकै मलमूत्र खुवाइएकी हुन्छे । यस्ता अमानवीय सन्त्रासबाट क्षय हुने मखमली सुन्तली सीता माईली जुनकीरी र चाचलीहरु कहाँ पिङ्की शलिना स्वीटी जस्मीन र रोमाहरु…के दुवै खेमाका आइमाईमान्छे हुन होला बनौट आकृति र प्रजातिका हिसाबले मात्र । कर्मका हिसाबले दोश्रो दर्जाका महिलालाई हेरेर सम्पूर्ण आईमाईजातिको अस्तित्वलाई उखान कहावत र कथनको नीच प्रयोगमा अभ्यस्त हुन मिल्दैनथ्यो तर व्यवहारमा भइरहेछ ।

आर्यहरुको संरचना कालखण्डदेखि नै गमनमात्र नभै सिङ्गो नारीत्वलाई दमन गिरंदै आएको महाभारत रामायण एवं शालीन बुद्धत्वदेखि वर्तमान बेली-चमेली चाचलीहरुको ज्योतिलाई आफ्नो बर्बर तेजले निस्तेज तुल्याउने सत्प्रयासमा लागेको थियो पुरुष लागेको छ पुरुष । अभिमान गर्ने पुरुष अभिषापित हुने नारी । नशवन्दी विवेकको पराकाष्ठा स्वरुप पुरुषको अहंकारले नारीहरुको अस्तित्वलाई चपाएको छ । लठ्ठक लाग्नेहरुले आईमाईलाई सिन्दुर-पोतेको धरोहरमात्र ठान्दछन् । सन्तान जन्माउने खेतीका रुपमा छाडा बोल्दछन् लापरवाही बोल्दछन् । जबरजस्ती गर्दछन् …हो प्रयोग-प्रयोजन अनि स्वादका रुपमा अंगिकार गरिएको छ आईमाईजातलाई ।

अब आईमाईहरुले विसर्जित भएका इतिहासका पन्नाहरु संशोधन गर्नु पर्दछ । हुतियार दुर्याेधनको अहम् नजर र सोचको प्रोपोगाण्डा हो महाभारत । निश्चल सुन्दरी पााचालीको यौनोउन्माद हैन । पााचालको लुब्ध लिप्सा हैन त्यो त पाण्डव अनुजहरुको यौनज्ञान अभावको नपुंसकत्व हो । राम र रावणको शितयुद्धमा छलकपटमा अब सीताले अग्निपरीक्षा दिनु हुन्न । निष्ठूरी पुरुषलाई यशोधराले प्रतिरोध गर्नु पर्दछ-चुपचाप लोग्नेले छाडेर हिड्दा आफू पनि सहकार्य गर्नेमा रोध-प्रतिरोध गर्नु पर्छ । यशोधराको हरेक तडप र त्याग पनि हो बुद्धत्व । चाचलीहरु उपावास बसेर आफुलाई स्वदमन गरेर लाछी पुरुष जातिलाई पोस्नु हुँदैन । धर्ती हुँ भनेर चुपचाप दमन उपर दमन सहन गर्नु हुँदैन ।

एवम् एकदुईटीले हिमाल उक्लदैमा हिमनारीहरुको देश भनेर डलर िभœयाउने र कुम्ल्याउने संाजालको नशा चँुडाल्नु पर्दछ । त्यस्तै एउटीले स्वीमिङ कस्टम लगाएर नितम्ब हल्लाउँदैमा चर्चित नायिकाहरुको देश भनेर घोषणा गरिहाल्ने कानुनमा स्नातक गर्दैमा वकिलहरुको देश भनेर कुर्लने दलगत प्रशिक्षणमा रटिएका कुराका डोका दुई-चार जनालाई आइमाईको भाषणबाजी देखाएर अनि महङ्गो होटलमा तयार पारेको दस्तावेज बोकेर सीमा वारिपारि भ्रमण गर्दैमा समानता ल्याउने जस्ता अफवाह फैलाएर दिग्भ्रमित तुल्याईरहेको परिवेशको अन्त गर्न सक्नुपर्छ । शारीरिक यातना र मानसिक यातना दुवै एकै साथ खेपिरहेका आधाकाशका दावेदार प्रति परिलक्षित जत्रोसुकै कार्यक्रम सफल पार्न सवै भन्दा पहिले घर-घर बाट नारीसंग सहवास मात्र हैन सहकार्य गर्ने संस्कृतिको व्यवहारिक शुरुवात गर्न पर्छ । केवल पुरुषको अधीनमा रहेको सत्ता र कूटनीति समानुपातिक रुपमा महिला-पुरुष दुवैले चलाउदैनन् तब सम्म िहंसा विभेद आदिको अन्त्य हुदैंन । अतः सुगम्य ठाँउको तीन चारजनाको तेजले तीसौं अरब महिलाहरु निस्तेज हुनुहुन्न । यही उन्मुक्तिको उद्घोष हो स्वप्राप्त अधिकारलाई तमाम् नारीहरु नमागुन्-खोसुन् ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box