Air Ticketing in Nepal Contact to Merosindhu.com

विचार । दृष्टिकोण

उनी पाठशाला हुन्………॥

2011-03-02 23:10:45 | अमित घिमिरे

अमित घिमिरे
भनिन्छ जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् अरे कवि अनि जहाँ पुग्न सकेका हुँदैनन् रवि र कवि त्यहाँ पुगेका हुन्छन् रे अनुभवी । त्यस्तै अनुभवी व्यक्ति भक्तध्वज प्रधानको फागुन १५ गते जन्मदिन हो । १९८३ मा जन्मेका भक्तध्वज प्रधानको योगदान हाम्रालागि पाठशाला हुनसक्छ । ठेकेदार भएर भक्तपुरबाट भक्तध्वज प्रधानका पूर्खा चौतारा आएका हुन् । पछि यहाँ वसाई योग्य देखेर वरपर जग्गा जमिन खरिद गरी बसेका देखिन्छ ।

भक्तध्वज चौतारामा नै जन्मे यँहीको पाठशालामा सामान्य शिक्षा आर्जन गरेर स्व-अध्ययन गरे । १७-१८ वर्षको उमेरमा उनको संगत सूर्यबहादुर भारद्वाज अम्मिरबहादुरहरुसँग भएपछि पितापूर्खा राणाका मुलाजिम भएपनि राणा विरुद्ध उत्रिए । त्यो उमेर- त्यो विद्रोहको आयामहरु । उनले राष्ट्रिय काँग्रेसको सदस्य भएपछि झुटा मुद्दा र विप्लवको मुद्दा समेत खेपे ।

राष्ट्रिय काँग्रेस प्रजा परिषद् पछि नेपाली काँग्रेस हुँदै पाचायतसम्म भक्तध्वजको राजनीति यात्रा आरोह-अवरोह रहेको छ । प्रजातन्त्रको शिशु अवस्थामा नै गला रेटीएपछि सम्पूर्ण राजनीतिक दलमा प्रतिबन्ध लाग्यो । टंकप्रसाद आचार्य रामहरिहरुको सहकार्यमा रहेका भक्तध्वज पाचायतमा आवद्ध भए ।

त्यतिवेला पार्टी प्रतिवन्धित भएपछि काँग्रेसका धेरै व्यक्तिहरु योजना बनाएर नै पाचायतमा छिरेका थिए । कम्युनिष्टहरु पनि पाचायतमा छिरेका थिए । कम्युनिष्टहरुमा पनि पाचायतमा पार्टी निर्देशनमा छिरेका थिए । त्यो किन पनि भने प्रतिवन्ध भएको अवस्था संगठन विस्तार गर्ने आधार र सुरक्षाको पनि त्यो योजना थियो ।

पाचायतमा उनी चौतारा गाउँ पाचायतको प्रधानपाच भए । त्यसपछि सिन्धुपाल्चोक जिल्ला पाचायतको सभापति अनि राष्ट्रिय पाचायतका सदस्य सबै पद २÷२ कार्यकाल नेतृत्व गरे । उनको कार्यकालमा सदरमुकाममा सडक जिल्ला सदरमुकाम आउने बाटो सदरमुकाममा सरकारी खानेपानी र विद्यालयको स्थापनामा खास महत्व राख्ने योगदान देखिन्छ ।

राजनीतिक आयामको हिसावले राष्ट्रिय काँग्रेस प्रजापरिषद नेपाली काँग्रेस पाच हुँदै २०४६ पछि पुनः काँग्रेस बनेका भक्तध्वजका प्रगतिहरु दोहोर दृष्टिमा बन्दक परेको देखिन्छ । राष्ट्रिय पाचायतमा २÷२ कार्यकाल व्यतित गर्दापनि उनी मन्त्री भएनन् । कारण उनको विगतको राजनीतिक पृष्ठभूमि काँग्रेसको थियो र प्रजातन्त्र २०४६ पछि पनि उनी छायाँमा परे विश्लेषकहरु भन्छन् अतिवादबाट च्यूत भएर आएका चौताराका ूआयतितू काँग्रेसको ओभमा यहाँनिर पनि पूर्व पाचको राजनीति विगत हेरियो र छाँयामा पारियो सजिलो दलील थियो विगतकै राजनीति उनी पाच थिए ।

शीर्षकमा पाठशाला भनेर लेखिरहँदा भक्तध्वजको जीवन वृत्तको घटनाक्रम प्रसङ्ग व्यवस्था सबै त्यसका कारण हुन् । उनका पिता पूर्खा द्वारे ठेकेदारभएर जिल्लामा आएका फलाम खानीबाट फलाम कर बुझ्न आएका । अहिले त्यो फलामको खानी स्याउले गाविस मा फलामको अवस्था के छ भनेर प्रश्न गर्ने पाठ सिकाएको छ । जिल्लामा भएका प्राकृतिक खानीको अवस्था बुझ्नसके नागरिक समृद्ध हुनेछन् । जिल्ला सक्षम हुनेछ र राष्ट्र निर्माणमा टेवा पुग्न सक्छ । भक्तध्वज प्रधान साक्षी छन् हामी रैती थियौं प्रजा भयौं प्रजाबाट जनता भयौं जनताबाट आज नागरिक भइसकेका छौं र पनि हाम्रो जीवनशैली समृद्धी सक्षमताका हिसावले हामी रैती जस्तै नै छौ ।

भक्तध्वज प्रधान पाठशाला यसर्थ पनि हुन् कि उनले राणाकालीन कालो भोरमा शिक्षाको चेतनाको लैंस लगाउने हिम्मत गरेथे- प्रमिथसले झैं । समुन्द्रप्रसादलाई पठनपाठन गर्न लगाउने चाँजोपाँजो जुटाउने पसलको दलानमा पढाइ गर्ने गराउने भक्तध्वजले छात्रावास ल्याउने र अहिले पनि उनको परिवारबाट शिक्षा प्रति योगदान गरिनु अर्को सिको- पाठ हुनसक्छ ।

यस्ता मूर्धन्य व्यक्तिको उच्च कार्यको सिको गर्नु त छँदै छ यस्ता कार्यको अभिनन्दन उनीहरुकै जीवनकालमा गर्न सकिए अरुका लागि अभिप्रेरणा स्वयम् कर्तालाई एक अज्ञात सन्तुष्टी हुनसक्छ अनि सत्कार्यको कृति फिजाउनु पछिल्लो पुस्ताको नैतिक धर्म पनि हो । यसो भनिरहँदा हुण्डी खाएर गरिएको कीर्तन देख्ने आरिसेलाई ुधक्कु गर्नसक्छ । अपितु लोक हीतलाई कस्ले गर् यो आफ्नो अर्काको जस्तो दुराग्राही भाव राख्नेले इतिहासलाई मारिरहेको हुन्छ ।

८४ वर्ष प्रवेशको यो शुभप्रभातमा पाठशालाको ज्योत्सना भएका भक्तध्वज प्रधानलाई हार्दिक अभिनन्दन शुभ कामना दीर्घायु र सुस्वास्थ्यको कामना ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box