सिन्धुपाल्चोक जिल्ला लिसंखु ७ का ४ बर्षिय सुसान उप्रेती रक्त सन्चार सम्बन्धी (थालासेमिया मेजोर) रोगले ग्रसित परेको करिब ३ वर्ष पुगेको छ । सुसान को जन्म भएको १ बर्ष पछि मात्र पत्ता लागेको उक्त रोगको उपचार नेपालमा एकदमै महङगो र दुर्लभ भएकाले थप उपचारका लागि बिदेश लैजान पर्ने भएको ती अबोध बालक लाई बचाउनका लागि सहयोग गरिदिन सुजनका पिता चिन्ता मणि उप्रतीले सबैमा अनुरोध गनुभएको छ ।
नेपालमा उपचार गराउदा सरदर मासिक ३० हजार रुपैया लाग्ने भए पनि सो रोगलाई निर्मुल गरि निको पार्ने पद्धती हाल नेपालमा नरहेकोले सो रोगको उपचार गर्न अमेरिका लैजान डाक्टरहरुले सल्लाह दिएपछि उप्रेती परिवारले सहयोगका लागि सबैमा अनुरोध गरिएको हो । करिब ३ वर्ष लगातार रुपमा उपचार गराउदा चलअचल सम्पती समेत सकिएको हुँदा थप उपचारको लागि अमेरीका लैजानकोलागि १८ लाख भन्दा बढि नेपाली रुपैयाँ लाग्ने जानकारी पाएपछि उप्रती परिवार थप पिंडामा परेको हो । बिभिन्न सञ्चार माध्यमबाट सहयोगको याचना गरेपछि इजरायलमा कार्यरत नेपालीहरुद्धारा मुना लोहोरुङ्गको सक्रियतामा करिब २२ हजार रुपैया सुजनका पिता चिन्ता मणि उप्रेतीको बैक खातामा जम्मा भइसकेको मुना लोहोरुङ्गलाई उद्धित गर्दै दिप्स शाहले जानकारी दिनुभएको छ ।
विदेशमा रहेका नेपालीहरुले सुसानको उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरिसकेका छन्। डि.सीनेपाल डट कमबाट प्रकाशीत सुचनाको आधारमा बिभिन्न राष्ट्रमा कार्यरत नेपालीहरुबाट करिब १५६९ डलर जम्मा भइसकेको डि.सी.नेपाल डट कमले जनाएको छ ।
ती अबोध बालक जो मृत्युसँगको अन्तिम लडाईसँगै उपचारको पर्खाइमा बसिरहेका छन, उनलाई तपाईको थोरै सहयोगले पनि उनको जीवन रक्षा गर्न सक्नुहुनेछ। त्यसकोलागि तपाईले खाता नम्बर ०३४००५०१२०२५८१ एभरेष्ट बैंकमा जम्मा गरिदिन सक्नुहुनेछ ।