Air Ticketing in Nepal Contact to Merosindhu.com

लेख रचना

विवाहः सुपारी दृष्य परिदृष्य र ऐंठन

2011-02-13 03:06:12 | अमित घिमिरे

अमित घिमिरे
सिन्धुपाल्चोक चौतारा-८
मंगलवार एक अभिभावकले सुपारीको टुक्रो तेस्याउँदै छोराको विहेको निम्तो भनेर दिनुभयो । मैले प्रतिप्रश्न गरे -अनि चाडै गरिदिन लाग्नु भएछ - पढाइसढाइ सकिन दिनु भएको भएँ हुने थियो । वृद्धाअस्वथामा पुग्नुभएको उहाँले भन्नु भयो 'के गर्नु सर ! घरवुढीले नसक्ने भई - आफ्नो हालत यस्तो छ घरमा वरको सिन्को पर सार्ने कोही छैन…' त्यस पछि उहाँले लामो वाध्यताको दुखेसो पोख्नु भयो जो नितान्त वास्तविक थिए । 

हामी छुट्टीयौ । सुपारी चपाउँदै मेरो दिमागमा लाख चित्रहरु चलचित्र झै नाँच्न थाले । जति हद सम्म ती विवश बाबुको वास्तविकता चाम्रा थिए - त्यति नै मेरा आँखा अगाडिको विम्व पनि कठोर नै थिए । 

पहिलो विम्वमा म आफू -आफैसँगको कटाक्षमा थिए । हामी एक्काइसौ शताब्दी भन्छौ विवाहको दशथरी परिभाषा लगाउँछौ-नारीको संवोधनमा परिमार्जन चहान्छौ र अझौ पनि कामका लागि वुहारी भित्र्ाउने वाध्यतामा वाँच्छौ !

आजको कालजुग धेरथोर पढेकी केटी अनि वृद्ध आमाबुबाको त्यो आशा -दिलाशा । के सार्थक होला प्रश्नका अरु थप सगरहरु ठूलो हुदै जान्छ । कामको लागि भित्र्याएकी वुहारीले वा कामका लागि भित्र्याएकी स्वास्नी माथि हुने भोलिको अज्ञात डरले म पसिना - पसिना हुन्छ । किटिएका दाँतले सुपारी टुक्राउँछ । 

अर्को विम्व नाँच्छ -नाङ्गो भएर । देख्छु - घर भत्काएर गुँढ वनाउँदै ढुकुर जोडी भएर दुई जोइपोइ टुकुर÷टुकुर गर्ने सभ्यताले दग्ध गराएको समयले कतै छोराले वुहारी टिपेर घर वुढावुढी वाआमालाई लठपत्र पार्दै सुगम-सरल ठाउँमा पो पलायन हुन्छ कि वा ुबुबाआमा र घरकोलागि गरेको विहे मेरोलागि हो र ु भन्दै फुत्त अर्की टिपेर पो हिड्छ कि ुआधुनिकु भनिएका आजका नारी - उनीहरुको फेसन उनीहरुको चर्तिकलाले निर्माण गरेका हजारौ उप-विम्व औंसा सल्वलाए झै सल्वलाउँछ । कानको उपल्लो छेउमा तोडले वाजा बज्छ - म ढुनमुनिन्छु - पयरमा ठेस लाग्छ । सुपारी टोकिरहेको दाँतले जिब्रो टोक्छ किन किन पनि भने अक्सर संगै रहने दाँतले नै जिब्रो टोक्छ ।

वृद्ध वावुआमाको सपना र कथाको श्रवणकुमारको पाठ फनफनी घुम्दछ । वास्तवमा आज वृद्धाहरुको हालत एकदमै नाजुक छ । तथाकथित आधुनिकताले र घर भत्काएर गुँढ वनाउने संस्कारको कालो वादलले सामाजिक परिवेश दारुण बनेको छ । हामी सँधै ुतीधारु छौ । वुहारी घरको कामको लागि कि वृद्धहरुको सेवा सुसारका लागि कि छोराको लागि कि 

कलह यिनै गिनचुने प्रश्न भित्र नै छन् । अक्सर घर वाहिर रोजगारीमा बस्ने छोराले विवाह गरेर वुहारीसँगै लाँदा पनि वृद्धहरु आमा-बुबा को विजोगै हुने घरको स्याहार र कामकालागि वुहारीलाई घर छोडेर छोरा बाहिरिँदा पनि सौता हालिदेला घर विग्रला भन्ने डर जायजन्म देखि विभिन्न पारिवारिक किचोला सुरु हुने प्रवलता । जिब्रो पास्छ ।

सरसर्ती हाम्रो सामाजिक जीवन चर्यालाई अध्ययन गर्दा विवाहलाई लेनदेन र देखावाको भयानक कुरीतिको साँचोमा ढालिएको छ । महङ्गाइको जमानामा देखासिकी र दाइजोले प्रताडीत वनेकाहरुको झन् घरजम विग्रदा त खत्रक्कै हुन्छन् । हाँस्ने नै विस्रन्छन् - कतिले त आत्मदाह समेत गर्ने गरेका उदाहरण हामी वीच छ । दाइजो कै कारण कति वुहारीले जिउदै जलेर जीवन लीला नै गुमाएका छन् । ूदुनियाको छोराछोरीको विहेमा सरिक भएर खाइएको छ गोड्धु गरिएको छ -मैले साटक सुटुक गर्दा जोरीपारीले के भन्छन्ु भन्ने लोकाचारका खातिर ढोङ्गका खातिर पनि विवाह -ववण्डर भएर आएको छ ।

ुदुलही आफैमा दाइजो हो मलाई अरु अन्य भौतिक वस्तु चहिदैन ु भनेर भन्न नसक्ने दुलाहाले समयचक्रलाई वुझेको छ भनेर कसरी भन्ने नारी केवल बच्चा जन्माउने मेसिन घर चलाउने सरल यन्त्र मात्र हैनन् । न त फगत सहवासकालागि बनेका मासुका आकृति मात्र हुन् । भने आधुनिकताको अपव्यख्यामा परेका आफू कहिले पनि बुढो हुन नपर्ने सँधै सुकुमार कोमल झराझराउँदो रहि रहने ठान्ने केवल आँखी भांै खुर्कने र नानाप्रकारको लेपन पोतेर मगमगाउँदै लोग्नेसँग नारिएर लठ्ठारिएर हिड्ने मात्र मनोरती वुहारीहरुले पनि पाल्नु हुँदैन । यी सव सामाजिक संरचनाको आरोह-अवरोह अनि वच्चाका आमा - झन् हजुरआमाहरु पोइल गएका समचारहरुले अलपत्र परेका वृद्धहरुको अवस्वथाले कामकालागि विवाह गरिएकाहरुको सौता हालिएकाहरुको दृष्य परिदृष्यले ऐंठन हुन्छ । सुपारी धुलो -पीठो भएर सर्किन्छ ।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box