Air Ticketing in Nepal Contact to Merosindhu.com

प्रवासी समाचार

पोर्चुगलको लिस्बोनमा साहित्य अनुरागीहरुको बृहत भेला सम्पन्न

2011-02-01 00:26:44 | मेरो सिन्धु

बिनोद घिमिरे, योगेंद्रमिलन छन्त्याल
३१ जनवरी, लिस्बोन
रोजगारीको शिलशिलामा पोर्चुगलमा बसोबास गर्ने साहित्य अनुरागीहरुको बृहत भेला गैर आवाशीय नेपाली संघ पोर्चुगलको लिस्बोन-रोसियो स्थित कार्यालयमा आइतवार सम्पन्न भएको छ। भेलाले यहाँ रहेका साहित्यिक गतिविधिलाई सबैतिर प्रशारण गर्न र एउटा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नका लागि अर्को भेलाको आयोजना गरी एक समिति गठन गर्ने निर्णय गरेको छ ।

साहित्य सर्जक र साहित्यलाई माया गर्ने व्यक्तित्त्वहरुको बाक्लो उपस्थिति रहेको यस भेलामा सर्जकहरुले आफना कृतिहरु सुनाएका थिए। सर्जकले कविता, गजल, हाइकु, निबन्ध मार्फत कतै माया प्रेम त कतै बिछोड अनि देशप्रेम र ममतामयी आमाको सम्झनाले ओतप्रोत भएका साहित्यिक रचनाहरु वाचन गर्दा सभा हलमा उपस्थित साहित्य अनुरागीहरुको कतिबेला हासोको फोहोरा छुटथ्यो त कतिबेला भाव ब्रिह्रल हुन पुग्थे। एक सर्जकले आफ्नो गजलमा भन्नुभयो : 'बेहाल रैछ धेरै यहाँ काम नहुनेको, नेपालबाट मगाउने दाम नहुनेको । हिड्छन् सबै ठाँटिएर काम हुनेहरु, मुहार हेर निन्याउरो छ माम नहुनेको ।'

यस्तै देशभक्तिपूर्ण, वैदेशिक समस्या र मायाप्रीतिका रचनाहरु वाचन गर्नेहरुमा कमल सिटौला, केशव भट्टराई, विष्णु खनाल, अनुराग कँडेल, भीम केसी कमल, इन्द्रेणी शर्मा, योगेन्द्रमिलन छन्त्याल, सुनिल सङ्गम लगायतका हुनुहुन्थ्यो ।

शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण र राष्ट्रिय गानबाट प्रारम्भ भएको भेलाको उद्घाटन मोतीराम भट्टको गजल इ सानै उमेर देखि मन हर्न लागे वाचन गर्दै गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य मकर हमालले गर्नु भएको थियो भने भेलाको संचालन बहुमुखी प्रतिभाका धनि सर्जक सुनिल संगमले गर्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस्

प्रकाशित लेख रचना तथा समाचारहरु चित्त बुझे पनि वा नबुझे पनि प्रतिक्रिया लेख्नुहोस् र पठाउनुहोस्। प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला। तपाइको प्रतिक्रिया सम्पादन पश्चात प्रकाशन हुनेछ। प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं।


नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

verification image, type it in the box