यो गाढा रात
र पि्रयतमाका न्याना श्वासहरु ।
जून पग्लेर झरेका
मोतिला शीतहरु
र पि्रयतमाका उच्छवासहरु ।
यसपल हृदयको सारंगीमा गुिाजरहेको
पियारको मधुर सिम्फोनी
र ओठहरुमा उर्लिएको मादकताको नाद
हामी घोषणा गरीरहछौं
यी सब क्षणभंगुर हुन्
काउकुतीको हाँसाजस्तै ।
हामी उठिरहेछौं
सल्काइरहेछौं बत्ती
चिरेर यी अध्याँराका फाल्साहरु
बाहिर बिजुली चम्किरहेछ
क्षितिजमा चट्याङ बजि्ररहेछ
बिजुली संक्रमित हाम्रा पाइलाहरु
हामी पनि चम्किरहेछौं
हामी पनि बजि्ररहेछौं
हाम्रा पाइलाहरु चलिरहेछन्
निरन्तर अघि बढिरहेछन् ।