- हरी दुलाल, मेलम्ची युवाहरुले रेडियोमा बोल्ने चाहना पूरा गर्ने र सिक्ने थलो मात्र एफएम रेडियो बन्ने हो भने त्यसको कुनै औचित्य नहुन सक्छ । जिल्लाका कुनाकाप्चादेखि विश्वका उदाहरणीय सकारात्मक कुराहरुलाई खोजी गरेर तल्लो तहका आम समुदायलाई उत्प्रेरणा सँगै काम गर्ने जोश जाँगर नेपाली कला, साहित्य, भाषा, शैलीलाई संरक्षण गर्दै विकासको गोरेटोमा आम समुदायलाई डोर्याउनु जरुरी छ ।
कला अनुरागी kalaanuragi@gmail.com चिया पसल, चोक, पत्रिका पसल वा फेसबुक । राजनीतिक दलका तल्ला तहका नेता, कार्यकर्ता र बुजु्रक नागरिकहरुको लागि अहिले यही नै हो सदन, यही नै हो खुल्लामञ्च । त्यसैले यी स्थानहरुमा दिनभर राजनीतिको बारेमा गफिनेको कमी हुँदैन । बडो फुर्सदिलो छु हिजोआज म र यिनैमा चक्कर लगाउँदै दिन बित्छ । म यो माहौलको कम सहभागी, बढी साक्षी बन्छु । तैपनि त्यसको रापले मलाई पनि उत्तिकै तपाउँछ ।
अमित घिमिरे त्यसो त प्रवेशिका मात्रै हैन कक्षा ११ कक्षा १२ स्नातक सबैखाले परीक्षाको गति उस्तै हो । नहोस् पनि किन जहाँ स्वयम् शिक्षकहरु चोरी गर्न पाएनौ भनेर बबाल गर्ने गर्छन् । यस पल्टको परीक्षा विद्यार्थीले कम राजनीतिक कार्यकर्ता र स्थानीय गुण्डाले परीक्षा केन्द्र नै सदरमुकाम बाहेकका केही केन्द्रहरु कब्जा गरेर संचालन गरेको हुँदा यति प्रतिशतले बढ्यो भनेर फर्जी अभिमान गर्नु मित्थ्या हो ।
कर्मठ ईमान्दार लगनशील शिक्षकहरु कार्य सम्पादन मूल्याङ्कनको अवमूल्यनमा परेर पेशाप्रतिको मोहभङ्ग हँुदै गएका शिक्षकहरुको फाईलबाट विगतमा झै अब पनि पन्ना नै गायब हुने छ÷छैन राजनीतिको प्रभावमा कोशेली र नजरानामा प्रभावित हुन्छ÷हुन्न; त्यो त केही समयपछि प्रष्ट हुने नै छ । तर माथि उल्लेख नियत र नियतिमा सुधार नआएसम्म कार्य सम्पादन मूल्याङ्कन कुण्ठित गराउने कुवा हुनेछ । कार्य सम्पादन मूल्याङ्कनूको पछाडि ुरिझाऊ सिफारिस ल्याऊ नजराना चढाऊ तेल घस राजनीतिक दलको सर्वश्रेष्ठ कारिन्दा बन् र सबै खाले मौका तालिम अध्ययन विदा अवसर देखि स्तर उन्नति गर-गराऊ मा समाप्त हुनेछ । चेतना भया ।
अमित घिमिरे, चौतारा८ सिन्धुपाल्चोक amurtaamit@gmail.com तस्वीरमा देखिएका असलमा भूइँमान्छे हुन् । भूइँमान्छे (कतै कुनै 'तिल' तुल्य नगनिएका मान्छे । हुँदामात्र खान पाउनेहरु । गरिखाने जमिनको सानो टुक्रा आधा वर्ष बेसौती र वुतो गरेर जीवन धान्न विवशहरु जग्गा जमिननै नभएकाहरु । साहूले मारेकाहरु श्रम शोषणमा परेकाहरु । वर्षोसम्म उही जडउरीमा हिउँदवर्षा कटाउनेहरु । भात खानलाई दशैं कुर्नु पर्नेहरु ।
कला अनुरागी (kalaanuragi@yahoo.com ) एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुले ुत्यागु र ुचमत्कारु शब्दलाई खुबै जोड दिने गरेका छन् र एकाध अपवादलाई छाड्ने हो भने नेपाली राजनीतिमा उनले यी शब्दहरुलाई व्यवहारिक रुपमा पनि पटक-पटक पुष्टि गर्दै आएका छन् ।
केदार न्यौपानै 'विचार' लोडसेडिङ भनुँ त्यो होईन । खम्बा ढलेको, तार जलेको वा ट्रान्सफर्मर विग्रीएको, त्यो पनि होईन तर जब घाम डुब्न थाल्छ र अँध्यारो बढ्न थाल्छ अनि विधुतको प्रवाहमा गडबढी शुरु हुन्छ । कहिले बल्व नै जल्ला जस्तो चम्किलो प्रकाश त कहिले मधुरो यो त नियमित नै भईसक्यो तर चौतारा आसपासमा संधैजसो रात पर्नासाथ झ्याप झ्याप बत्ति निभ्न थाल्दछ ।
अमित घिमिरे सिन्धुपाल्चोक चौतारा-८ ८ मार्च अर्थात नारी दिवस । हरेक वर्षझैं यो वर्ष पनि सरकारी गैरसरकारी कार्यालयका महिलालाई बिदा दिएर दुईचार जना टाठाबाठाले नारी उन्मुक्तिको सुक्ति सुनाएर यो औपचारिकतालाई पूरा गरिन्छ/गरिदैछ । यसरी हेर्दा लाग्छ यो दिवसको लक्षित वर्ग कर्मचारी महिलाहरु मात्र हुन् ।
अमित घिमिरे
भनिन्छ जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् अरे कवि अनि जहाँ पुग्न सकेका हुँदैनन् रवि र कवि त्यहाँ पुगेका हुन्छन् रे अनुभवी । त्यस्तै अनुभवी व्यक्ति भक्तध्वज प्रधानको फागुन १५ गते जन्मदिन हो । १९८३ मा जन्मेका भक्तध्वज प्रधानको योगदान हाम्रालागि पाठशाला हुनसक्छ । ठेकेदार भएर भक्तपुरबाट भक्तध्वज प्रधानका पूर्खा चौतारा आएका हुन् । पछि यहाँ वसाई योग्य देखेर वरपर जग्गा जमिन खरिद गरी बसेका देखिन्छ ।
