कला अनुरागी 'अब के चाहिँ खाने होला ' अहिले राजधानीबासीहरुको मनमा यो प्रश्नले घर गरेको छ । जब राजधानीका खाद्यपदार्थहरुमा हुने अखाद्य पदार्थको मिसावट र लापरवाहीपूर्ण उत्पादनका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थाले तब थाहा भयो कि राजधानीबासीले त खान नहुने चिज नै पो बढी खाइरहेका रहेछन् ।
पवन भण्डारी पर्यटनमा यात्राको ठूलो महत्व छ यात्राले मासिनलाई सवैभन्दा ठुलो ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्छ । यस्तो अवसरलाई नेपालले अध्ययन तथा अनुसन्धानको केन्द्रलाई पनि प्रर्वद्धन गर्न सक्नुपर्दछ । किनकी नेपाल भौगोलिकरुपमा बिषमताको छ जसमा म्याग्दीको दाना गा।वि।स।मा कालीगण्डकी नदीले बनाएको संसारको होचो गल्छी रहेको छ भने विश्वको प्रसिद्ध र उचाईमा रहेको सगरमाथा समेत रहेको छ ।
- मिलन तामाङ
हाम्रो देश ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक भण्डार हो । नेपाल संसारकै एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । देशका ७५ जिल्ला मध्ये सिन्धुपाल्चोक मुलककै एक नमूना पर्यटकीय स्थल हो भन्दा अत्युक्ति नहोला । नेपालको राजधानी काठमण्डौ र विश्वमै आर्थिक प्रगतिले अचम्मित पार्ने मित्र राष्ट्र चीनको मूख्य ब्यापारीक नाकासँग जोडिएको यो जिल्ला मनमोहक हिमश्रृंखला प्राकृतिक हरियाली बन जंगल खोला नाला तथा अन्य विविध ऐतिहासिक तथा साँस्कृतिक सौन्दर्यता िसंगारिएको छ । जिल्लामा पर्यटकहरुको निमित्त आफ्नै किसिमको सौन्दर्यता र मौलिकता भेटिन्छ । पर्यटनका विशेषज्ञहरुले अध्ययनले आन्तरिक तथा वाह्य पर्यटकहरुले चाहना गरेको चिज कम खर्च र छोटो दुरीमा पाउने एक मात्र जिल्ला सिन्धुपाल्चोक रहेको बताउँछ ।
अमित घिमिरे थुप्रै असमानता विभेदको वर्गचरित्र भएको हाम्रो मुलुकमा एउटै कुरामा समानता छ एउटै कुरा विभेदरहीत छ त्यो हो- प्लाष्टिक । करोडौंका गाडी भएका धनवान हुन् मध्यमवर्गका हुन् वा चरचर्ति पैताला फुटेका हँुदा मात्र खान पाउने अति विपन्न वर्गका हुन्; प्लाष्टिकमा भने पहँुच छ ।
-जितेन्द्र श्रेष्ठ एउटा रहस्यमय घटना जो जनताले पटक पटक खोज्ने प्रयास नगरेका होइनन् । कालो दिनको निस्सा चिर्न जन्मेका होनहार सपुतको अन्त्य आखिर दासढुङ्गामा लगेर षडयन्त्रमुलक तरिकाले गरियो । राजालाई मैदानमा उत्रन चुनौती दिँदै आएका नेता मदन भण्डारीको सुनियोजित हत्या आखिर कस्ले गर् यो यो प्रश्नको उत्तर खोजिरहेका छन् आम नेपाली जनताले ।
अमित घिमिरे पछिल्लो हप्तादेखि सिन्धुपाल्चोकमा एक प्रकारको सनसनी र तरंग पैदा भएको छ । १०२ गुण्डा प्रकरणले । विभिन्न विकास निर्माण र समाजमा आपराधिक कि्रयाकलापमा संलग्न राजनीति दलका कार्यकर्ता भनिएका सार्वजनिक १०२ नामको पछाडि गुण्डाको ट्याग झुण्डाइएपछि यसले केही गम्भिर कानूनी सामाजिक र राजनैतिक प्रश्नहरु खडा गराएको छ ।
अमित घिमिरे सिन्धुपाल्चोक चौतारा-८ मंगलवार एक अभिभावकले सुपारीको टुक्रो तेस्याउँदै छोराको विहेको निम्तो भनेर दिनुभयो । मैले प्रतिप्रश्न गरे -अनि चाडै गरिदिन लाग्नु भएछ - पढाइसढाइ सकिन दिनु भएको भएँ हुने थियो । वृद्धाअस्वथामा पुग्नुभएको उहाँले भन्नु भयो 'के गर्नु सर ! घरवुढीले नसक्ने भई - आफ्नो हालत यस्तो छ घरमा वरको सिन्को पर सार्ने कोही छैन…' त्यस पछि उहाँले लामो वाध्यताको दुखेसो पोख्नु भयो जो नितान्त वास्तविक थिए ।
अमित घिमिरे चौतारा-८ सिन्धुपाल्चोक एमाले अध्यक्ष झलनाथ खनाललाई एक कार्यकर्ता ले माचमा हजारौं दर्शक स्रोताको भीडमाझ जमाएर गालामा बजाए । रातापीरा डम्म भएका उसमाथि बाक्ला झलनाथजीका गालामा दाबिएका झापड र त्यसको चड्काईले सुकेको खरघारीमा चैत्रमासमा लगाइएको आगोझैं संसार टिप्यो र समाचार गफको नयाँ विषय बन्यो ।
अमित घिमिरे भनिन्छ सकारात्मक सोच लिनुपर्छ । तर जब सतहका परिदृश्य नै नकारात्मक भ्रामक झुट छन् भने के सोच सकारात्मक होला नकारात्मक छ यत्र-तत्र अचेल स्थानीय अखबारका पानामा मनपरी पैसा चन्दाका नाममा असुलेका खबरहरुले ठुलै स्थान पाएका छन् । विभिन्न क्लब समूह राजनीतिक दलहरु हुँदाहुँदै प्रहरी समेतले चन्दा माग्ने गरेको समाचारप्रति के सकारात्मक सोच निर्माण गर्नु खै यतिबेला राजमार्गहरु आतंकित छन् । त्यस बाटो भएर गुज्रने सवारी साधनले पाइलैपिच्छे जस्तो चन्दा दिएर मात्र निर्बाध् चल्न पाएका छन् ।
- केदार न्यौपाने
आफ्नो चिज नराम्रो देख्ने कसैको आँखा हुँदैन । आफ्नो चिजको कमजोरी लुकाउँदै सवल पक्षको मात्र वकालत गर्ने मानविय प्रवृति नै हो । तथापी मेरो मनमा जे गुञ्जियो मेरो आँखाले जे देख्यो त्यो शब्द भित्रमा उतार्नु मैले आफ्नो कर्तव्य सम्झिए। अत्याधिक संभावना हुँदा हुँदै सिन्धुपाल्चोक विकाशीय दृष्टिले पछाडि परेको छ। यहि भुमिको प्रयोग गर्दै हजारौँ मान्छेले करोडौँ लाखौँ रकम कुम्ल्याएका छन्। तर यहाँका वासिन्दा हेरेका हेर्यै छन् । उनिहरुको दुख दर्द जहाँको त्यँही छ । अनेकौँ विविधताले बनेको सिन्धुपाल्चोकको छुट्टै विगत छ, बेग्लै इतिहास छ र हामी सबैले देखेको भोगेको कटु यथार्थ र तितो वर्तमान पनि छ ।
