Air Ticketing in Nepal Contact to Merosindhu.com

सपनाको मन

कला अनुरागी सपना अक्सर कमै सपना देख्ने गर्छिन् । देख्छिन् देख्न त, तर बिसिन्छिन् र मनैले भन्छिन् पूरा नहुने सपना देख्नु वा सम्झिनुको के अर्थ । तर यो सपना उनले चाहेर पनि बिर्सन सकिनन् । र, आजको पत्रिका पढेपछि त उनलाई विपनामै पनि त्यही सपना देखेंझै भइरहेको छ ।

हंगामादार अनुगमन : कमजोर कारबाही

कला अनुरागी 'अब के चाहिँ खाने होला ' अहिले राजधानीबासीहरुको मनमा यो प्रश्नले घर गरेको छ । जब राजधानीका खाद्यपदार्थहरुमा हुने अखाद्य पदार्थको मिसावट र लापरवाहीपूर्ण उत्पादनका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थाले तब थाहा भयो कि राजधानीबासीले त खान नहुने चिज नै पो बढी खाइरहेका रहेछन् ।

नेपालमा जारी शान्ति प्रक्रिया र पर्यटन

पवन भण्डारी पर्यटनमा यात्राको ठूलो महत्व छ यात्राले मासिनलाई सवैभन्दा ठुलो ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्छ । यस्तो अवसरलाई नेपालले अध्ययन तथा अनुसन्धानको केन्द्रलाई पनि प्रर्वद्धन गर्न सक्नुपर्दछ । किनकी नेपाल भौगोलिकरुपमा बिषमताको छ जसमा म्याग्दीको दाना गा।वि।स।मा कालीगण्डकी नदीले बनाएको संसारको होचो गल्छी रहेको छ भने विश्वको प्रसिद्ध र उचाईमा रहेको सगरमाथा समेत रहेको छ ।

पर्यटकीय दृष्टिकोणमा सिन्धुपाल्चोक

- मिलन तामाङ हाम्रो देश ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक भण्डार हो । नेपाल संसारकै एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । देशका ७५ जिल्ला मध्ये सिन्धुपाल्चोक मुलककै एक नमूना पर्यटकीय स्थल हो भन्दा अत्युक्ति नहोला । नेपालको राजधानी काठमण्डौ र विश्वमै आर्थिक प्रगतिले अचम्मित पार्ने मित्र राष्ट्र चीनको मूख्य ब्यापारीक नाकासँग जोडिएको यो जिल्ला मनमोहक हिमश्रृंखला प्राकृतिक हरियाली बन जंगल खोला नाला तथा अन्य विविध ऐतिहासिक तथा साँस्कृतिक सौन्दर्यता िसंगारिएको छ । जिल्लामा पर्यटकहरुको निमित्त आफ्नै किसिमको सौन्दर्यता र मौलिकता भेटिन्छ । पर्यटनका विशेषज्ञहरुले अध्ययनले आन्तरिक तथा वाह्य पर्यटकहरुले चाहना गरेको चिज कम खर्च र छोटो दुरीमा पाउने एक मात्र जिल्ला सिन्धुपाल्चोक रहेको बताउँछ ।

पृथ्वी बचाउन प्लाष्टिक त्यागौं

अमित घिमिरे थुप्रै असमानता विभेदको वर्गचरित्र भएको हाम्रो मुलुकमा एउटै कुरामा समानता छ एउटै कुरा विभेदरहीत छ त्यो हो- प्लाष्टिक । करोडौंका गाडी भएका धनवान हुन् मध्यमवर्गका हुन् वा चरचर्ति पैताला फुटेका हँुदा मात्र खान पाउने अति विपन्न वर्गका हुन्; प्लाष्टिकमा भने पहँुच छ ।

चलचित्रमा रहस्यमय नै रहेको दासढुङगा सुनियोजित दुर्घटना प्रकरण

-जितेन्द्र श्रेष्ठ एउटा रहस्यमय घटना जो जनताले पटक पटक खोज्ने प्रयास नगरेका होइनन् । कालो दिनको निस्सा चिर्न जन्मेका होनहार सपुतको अन्त्य आखिर दासढुङ्गामा लगेर षडयन्त्रमुलक तरिकाले गरियो । राजालाई मैदानमा उत्रन चुनौती दिँदै आएका नेता मदन भण्डारीको सुनियोजित हत्या आखिर कस्ले गर् यो यो प्रश्नको उत्तर खोजिरहेका छन् आम नेपाली जनताले ।

यी गुण्डा के गुण्डा ती गुण्डा पो गुण्डा !

अमित घिमिरे पछिल्लो हप्तादेखि सिन्धुपाल्चोकमा एक प्रकारको सनसनी र तरंग पैदा भएको छ । १०२ गुण्डा प्रकरणले । विभिन्न विकास निर्माण र समाजमा आपराधिक कि्रयाकलापमा संलग्न राजनीति दलका कार्यकर्ता भनिएका सार्वजनिक १०२ नामको पछाडि गुण्डाको ट्याग झुण्डाइएपछि यसले केही गम्भिर कानूनी सामाजिक र राजनैतिक प्रश्नहरु खडा गराएको छ ।

विवाहः सुपारी दृष्य परिदृष्य र ऐंठन

अमित घिमिरे सिन्धुपाल्चोक चौतारा-८ मंगलवार एक अभिभावकले सुपारीको टुक्रो तेस्याउँदै छोराको विहेको निम्तो भनेर दिनुभयो । मैले प्रतिप्रश्न गरे -अनि चाडै गरिदिन लाग्नु भएछ - पढाइसढाइ सकिन दिनु भएको भएँ हुने थियो । वृद्धाअस्वथामा पुग्नुभएको उहाँले भन्नु भयो 'के गर्नु सर ! घरवुढीले नसक्ने भई - आफ्नो हालत यस्तो छ घरमा वरको सिन्को पर सार्ने कोही छैन…' त्यस पछि उहाँले लामो वाध्यताको दुखेसो पोख्नु भयो जो नितान्त वास्तविक थिए ।

गाला र हातविहीन मान्छे कहाँ हुन्छन् र ?

अमित घिमिरे चौतारा-८ सिन्धुपाल्चोक एमाले अध्यक्ष झलनाथ खनाललाई एक कार्यकर्ता ले माचमा हजारौं दर्शक स्रोताको भीडमाझ जमाएर गालामा बजाए । रातापीरा डम्म भएका उसमाथि बाक्ला झलनाथजीका गालामा दाबिएका झापड र त्यसको चड्काईले सुकेको खरघारीमा चैत्रमासमा लगाइएको आगोझैं संसार टिप्यो र समाचार गफको नयाँ विषय बन्यो ।

दशैं आतंकमा प्रहरी पनि !

अमित घिमिरे भनिन्छ सकारात्मक सोच लिनुपर्छ । तर जब सतहका परिदृश्य नै नकारात्मक भ्रामक झुट छन् भने के सोच सकारात्मक होला नकारात्मक छ यत्र-तत्र अचेल स्थानीय अखबारका पानामा मनपरी पैसा चन्दाका नाममा असुलेका खबरहरुले ठुलै स्थान पाएका छन् । विभिन्न क्लब समूह राजनीतिक दलहरु हुँदाहुँदै प्रहरी समेतले चन्दा माग्ने गरेको समाचारप्रति के सकारात्मक सोच निर्माण गर्नु खै यतिबेला राजमार्गहरु आतंकित छन् । त्यस बाटो भएर गुज्रने सवारी साधनले पाइलैपिच्छे जस्तो चन्दा दिएर मात्र निर्बाध् चल्न पाएका छन् ।