प्रचण्ड भन्छन यो सरकार माओबादीको मूल हो बादल भन्छन यो सरकार फोरमको गम्भीर भुल हो बैद्य भन्छन यो सरकार अस्ताउन लागेको घाम हो गच्छेदार भन्छन यो सरकारको ऐतिहासिक काम हो
रामकृष्ण पौडेल "अनयास" मै अभागि रै'छु बैनि मलाई माला नउने भो सप्तरंगि टिका यो साल,निधारमा नहुने भो । त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउछु भन्थे कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो ।
जमरा र रातो टिका बनाएर राख आमा एक्लै बस्न सक्दिनम स्वदेशमै डाक आमा । रुदै आँसु बगाउँदिहुन,मलाई पनि फर्कु लग्छ बिदेशको महल भन्दा तिम्रो प्यारो काख आमा ।
- कला अनुरागी उत्रनै नसक्ने गरी डुबेथें कुनै सुन्दर युवकको प्रेममा डुबेकी युवतीजस्तै म मेरो देशको प्रेममा ।
पर्खदै मा दिन बित्यो ,बित्यो रात पनि छुट्छ क्यारे जिन्दगि मा तिम्रो साथ पनि... दिन रात बहन्छ आकंछा को हुरी छुट्छ क्यारे जिन्दगि मा तिम्रो मेरो दुरी - सुरेन बाबु
- रामशरण थापा म छु नि तिम्रो भन्ने,बात् उतै बस्यो! दुख पर्दा थामिदिने,हात् उतै बस्यो!! रोइ-रोइ बितेकाछन्,परदेशिका पलहरु उनिसगै हासेका ति,रात् उतै बस्यो!
-रामेश्वर राउत 'मातृदास' पोल्टाका चराहरू घामका झुल्का रत्यौली खेल्छन् र, भोका बाँदरको नाङ्गो घर ताजमहलकी प्रेमिका चुम्बन मुस्कुराउँछिन् ।
रामशरण् थापा बतासे-१,सिन्धुपाल्चोक्,हाल्-यु य इ हामी डुल्ने रानीबनमा,ऐले को डुल्छ होला पाखाभरि फुल्थ्योउ हामि,ऐले को फुल्छ होला! अहा! कत्ति मिठा हुन्थे,बात् तिम्रो- मेरो गुरासले सुन्थ्यो तर,ऐले कल्ले सुन्छ होला?
- राम थापा संविधानको हलो हजुर्!कुन्नि के मा अड्क्यो भन्छन् ख्याल् गर्नु है हर्के दाइ!फेरि बन्दुक्'पड्क्यो'भन्छन्! भोका-नाङा,अशिछीत् र दुखि जनता तड्पीराछ्न् शान्ति आउला भन्दाभन्दै,फेरि त्यो नि'भड्क्यो'भन्छन्!
एक अंजूली माया दिन्थे जात भिन्ना भिन्नै ! तिमी पर् यौ कूल घरानकी बात भिन्ना भिन्नै मेरो हातको चल्ने भए बांड्थे आधा गास पनि बार्न खोज्लीन चुलो चौको भात भिन्ना भिन्नै
