Air Ticketing in Nepal Contact to Merosindhu.com

सोनामडोल्माको देशभक्ति

कथाकारः-जयशंकर देमामा खा।.न.पा.-७ माल्टा संखुवासभा सोनामडोल्माको घर हिमाली जिल्लाको हिमाली एरियामा पर्छ । उनको बुवा चोरी पालन गर्नुहुन्छ । घिउ छुर्पि थाक्पा डोरी सेरगम आदी उनको बुवाको आम्दानी श्रोतहरु हुन । यसै आम्दानीको भरमा सोनाम डोल्मालाई उनको बुवाले शहरको राम्रो बोर्डिङ्ग स्कुलमा पढ्न पठाउनु भयो । जसको फलस्वरुप उनले प्रथम श्रेणीमा एस।एल।सी। उत्तिर्ण गरीन

पूजा

पुरूषोत्तम गौतम म बिहानै उठ्दा ऊ चौखटमा बसेर बासी भातको डल्लो कोपर्दै हुन्छ निस्तै । आँखाभरि कचेरा भरिएको छ उसको । मलाई बाटो छोडिदिएर ऊ चौखटको छेउमा सर्छ हातमा बासीभातको बटुको लिएरै। कि खाच्छोक नुनु ? म सोध्छु उसलाई । मतिर पुलुक्क हेर्छ कचेरे आँखाले अनि जवाफमा मुस्कुराउँछ अनौठो पाराले । म नित्यकर्म सकेर फर्किँदा उसले पनि बटुको रित्याइसकेको हुन्छ । चौखटभरि भातका सिताहरु छरपष्ट हुन्छन्। ऊ अघाएर एकचोटि डकार्छ बिस्तारै अनि चौखटबाट आँगनमा झर्छ । उसले हिजोको साटो पनि आजै खाएको छ अघाउँजी । आमा कामबाट फर्किँदा ऊ निदाइसकेको थियो । आमाले खाना पकाइसक्दा शायद अघाउँजी भात खाएको सपना देख्दैहुन्थ्यो होला । नजानेरै पनि उसको दैनिकी यसैगरी बित्छ ।