जितेन्द्र श्रेष्ठ भदौ ६, काठमाडौं थाहै नदिई एजेन्टको सहयोगमा बैदेसिक रोजगारको लागि आफ्नो श्रीमती चिनु तामाङ बहराइन पुगेको थाहा भएपछि सिन्धुपाल्चोक सिङ्पालकाभ्रे घर भै जोरपाटी बस्दै आएका राज दोङलाई पर्नु पीर परेको छ । अचानक घरबाट श्रीमती हराएपछि उनी विगत एक महिनादेखी श्रीमतीको खोजीमा लागि परेका थिए ।
शर्मिला ठकुरी/रासस सिन्धुपाल्चोक। ‘दिनभरि पसिना काढेर मजदुरी गर्दा पनि जम्मा रु ५० ज्याला पाइन्छ । त्यो पनि सधैंजसो काम पाइदैँन, कामको मौसममा मात्र हो । पचास रुपैयाँले अहिलेको महँगीमा के आउँछ र ? आफूमात्र बाँचेर भएन, परिवारको पेटपनि त पाल्नै पर्यो नि ।’
दामोदर न्यौपाने
ठोकर्पा (सिन्धुपाल्चोक), अषाढ ४ - नेपाली सेनाले ६ वर्षपहिले माओवादी कार्यक्रमस्थलमा हवाई आक्रमण गर्दा क्षतिग्रस्त बाघभैरव उच्चमाविको भवन बनाउन विद्यालयले भारतीय दूतावासलाई आग्रह गरेको छ । दूतावास सकारात्मक भएकाले भवन बन्नेमा विद्यालय परिवार आशावादी छ ।
जितेन्द्र श्रेष्ठ 'रसिक', सिन्धुपाल्चोक कमजोर अर्थिक अवस्थासँग पैठेजोरी खेल्दै काठमाडौंको ठेकेदारी कामबाट सुस्ताउन घर पुगेका सिन्धुपाल्चोक स्याउले-२ खाल्डेका धनबहादुर भारती घर पुगेको भोलिपल्टै आकास गजधुम्म भयो । प्रकृति पनि यति निर्दय बनिदियो कि महिनौंपछि आफ्नी अर्धाङ्गिनी उमा र घर परिवारसँग सुस्ताउन पुगेका भारतीको पारिवारिक जीवनदेखि सायद दैवलाई पनि इष्र्या लाग्यो ।
जितेन्द्र श्रेष्ठ कुवेतमा रहेको नेपाली दूतावासका सहायक बताउने पुष्पा भट्टराईले दलालकै पक्षमा वकालत गरेर भनिन् ‘हेर भाइ † तिमीले केही पनि क्षतिपूर्ति पाउँदैनौ खुरुक्क नेपाल फर्के हुन्छ । हराएको मान्छे खोजेर काहाँ भेट्टाउने यति ठूलो सहरमा । हराएको मान्छेको क्षतिपूर्ति मागेर पनि पाइन्छ ‘ मनभिर रीस उठ्यो । अर्काको देशमा आफ्नैले गाली गर् यो कम्ता चित्त दुखेन कुमारको ।
अमित घिमिरे
चौतारा १४ चैत
८४ वर्ष पार गरेका सिन्धुपाल्चोक जिल्ला सिम्पालकाभ्रे गाविस-८ भीरखर्कका रुपलाल तमाङ् १ दिन लगाएर न्याय पाऊन दोस्रो पल्ट सदरमुकाम चौतारा आए । पहिलो पल्ट उनी ७ महिना अगाडि छिमेकी मातेको ठिटोले मुक्का हानेर दाँत खुस्काइ दिए पछि दाँत दसीप्रमाण सहित लिएर जिल्ला प्रहरी कार्यालय चौतारा आएका थिए । त्यस बेला प्रहरी परिसरबाटै दसीप्रमाण दाँत हरायो ।
राम केसी हेलम्बु २४ मंसीर एकताका चर्चाको शिखरमा पुगेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसको स्याउ रोगका कारण निमिटयान्न भएपछि पहिलेकै अवस्थामा पुर्याउन किसान लागिपरे पनि विभिन्न कठिनाइका कारण उनीहरूको मेहनत पुनः असफल हुँदै गइरहेको छ।
कला अनुरागी
लामोसाँगु र खरीढुंगाको स्थलगत भ्रमणबाट फर्केर
नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड नेपालको एकमात्र म्याग्नेसाइट कम्पनी हो । आजभन्दा करिब तीन दशक अघि स्थापना भएको यो उद्योग सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविस-१ सिम्ले लामोसाँघुमा रहेको छ भने यसको खानी क्षेत्र दोलखा जिल्लाको लाँकुरीडाँडा गाविसको खरीढुंगा भन्ने स्थानमा छ।
काभ्रे- , जेष्ठ १४ के तपाईं कुनै नयाँ बालीको खेती गर्न ज्ञानको अभावमा भौंतारिरहनु भएको छ ? खेतीबाट उत्पादित वस्तु बिक्री गर्नका लागि बजारको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस् । इन्टरनेटको प्रयोगबाट घरमै बसीबसी तपाईंले खेती गर्ने तरिका र उत्पादित सामान बिक्री गर्न सक्नुहुन्छ । यहाँको नासिकास्थान- ७ का कृषक प्रेम लामाले घरमै बसेर इन्टरनेटको माध्यमबाट विदेशमा माग बढी रहेका तरकारी खेती गरी बिक्री गर्दै आएका छन् ।
लामो जिबनको छोटो यात्राको क्रममा आफ्नो प्यारो सन्तान अनी आफ्नो जिबन साथी मात्र होइन सबै आफ्न्त अनी शुभचिन्तकलाई केही उन्नति गरेर देखाउने शाहास बोकेर आएकी थीइन डोल्मा शेर्पा कुवेतमा। सिन्धुपाल्चोकको दुर्गम ठाउमा जन्मिए पनी आफ्नो ज्यान पाल्नकै निम्ती अनी आफ्नो बाल-बच्चाहरुको उचित हेरचाह र उच्चशिक्षा कै निम्ती उनको नेपाल देखी कुवेतको यात्रा तय भएको थियो। शुरुका दिनमा यो कुवेतको मरुभुमिको बसाइकै क्रममा उनको जिबन हामीजस्तै एक बिदेशी कामदारको रुपमा दु:ख-सुखका साथ बितेको थियो होला। जब उनको जिबनमै अकल्पनिय आफ्नै सहकर्मी उनिजस्तै खान लाउनकै निमित्त यो मरुभुमिमा आर्काको घरमा काम गर्न वाध्य एक फिलिपिनी नारी जस्ले उनिलाई भाँडा माझ्न मात्र होइन सबै काममा सघाँउथिन होला र उनिहरु दु:ख सुखमा दिदी-बहिनी जस्तै हुन्थे होलान उनिकै हत्याको आरोप लाग्यो??तब एक अनपढ नेपाली चेलीले कुवेतको जेलमा कसरी समय कटाउदै आफ्नो प्यारो जन्म भुमी,गाउ-घर अनी आफ्न्तलाई सम्झदै होलिन त? त्यस माथि मृत्युडन्डको सजाय सुनाइएको थियो।मानौं उनलाई जिउदै मारे सरह बनाइएको थियो र कुन समयमा यमराजको दुत आफुलाई लिन आउँदै छ शायद यस्तै कल्पना हुन्थो होला। शायद आफ्नो वकिल वा आफ्नो पक्षमा बोल्ने मान्छे आउँदा उनलाई काल आएको होकी भने जस्तो हुन्थो होला??
