Air Ticketing in Nepal Contact to Merosindhu.com

सुझाब जनताको होईन, कार्यकर्ताको आयो

रामचन्द्र नेपाल, चौतारा । नयाँ बन्ने संविधानको मस्यौदामा सुझाब संकलन गर्न जनता माझ गएका सभासद्हरुलाई जनताले भन्दा पनि दलका कार्यकर्तानै बढी सुझाब दिएका छन् । सुझाब दिन उभिएका प्रायको अनुहार र उनिहरुको सुझाब सुन्दा दलको निर्देशनमा सुझाब दिएको भान सजिलै बुझ्न सकिन्थ्यो ।

हैन ए गाँठे यो मोटर गुड्ने बाटो हो कि धान रोप्ने खेत

तौथलीका स्थानीय अगुवाहरु नचाहिदो काममा मात्र अगाडी सर्छन आफैलाई सुबिधा हुने काम कुरोमा चाही तै चुप मै चुप, तेत्रो १३ करोड बालुवामा पनि खन्याए झैँ भयो l ग्रामीण सडक नियमानुसार सडकको चौडा ५ मिटर हुनुपर्ने

चौतारा अस्पतालमा उपचारसेवामा हेलचेक्र्याईं

बिरामीको उपचारमा प्रत्यक्ष संलग्न रहनुपर्ने चिकित्सकहरु कमिसनको चलखेलमा लागेर स्वास्थ्यप्रति खेलवाड गर्दै आएको रहस्य खुलेको छ ।

श्रीमानलाई थाहै नदिइ श्रीमती बहराइनमा

जितेन्द्र श्रेष्ठ भदौ ६, काठमाडौं थाहै नदिई एजेन्टको सहयोगमा बैदेसिक रोजगारको लागि आफ्नो श्रीमती चिनु तामाङ बहराइन पुगेको थाहा भएपछि सिन्धुपाल्चोक सिङ्पालकाभ्रे घर भै जोरपाटी बस्दै आएका राज दोङलाई पर्नु पीर परेको छ । अचानक घरबाट श्रीमती हराएपछि उनी विगत एक महिनादेखी श्रीमतीको खोजीमा लागि परेका थिए ।

वैदेशिक रोजगारी नोट कति, चोट कति

शर्मिला ठकुरी/रासस सिन्धुपाल्चोक। ‘दिनभरि पसिना काढेर मजदुरी गर्दा पनि जम्मा रु ५० ज्याला पाइन्छ । त्यो पनि सधैंजसो काम पाइदैँन, कामको मौसममा मात्र हो । पचास रुपैयाँले अहिलेको महँगीमा के आउँछ र ? आफूमात्र बाँचेर भएन, परिवारको पेटपनि त पाल्नै पर्‍यो नि ।’

छियाछिया छाना

दामोदर न्यौपाने ठोकर्पा (सिन्धुपाल्चोक), अषाढ ४ - नेपाली सेनाले ६ वर्षपहिले माओवादी कार्यक्रमस्थलमा हवाई आक्रमण गर्दा क्षतिग्रस्त बाघभैरव उच्चमाविको भवन बनाउन विद्यालयले भारतीय दूतावासलाई आग्रह गरेको छ । दूतावास सकारात्मक भएकाले भवन बन्नेमा विद्यालय परिवार आशावादी छ ।

आमा चट्याङ्ले लग्यो, बुबा झुण्डिए हामी विचल्ली भयौं

जितेन्द्र श्रेष्ठ 'रसिक', सिन्धुपाल्चोक कमजोर अर्थिक अवस्थासँग पैठेजोरी खेल्दै काठमाडौंको ठेकेदारी कामबाट सुस्ताउन घर पुगेका सिन्धुपाल्चोक स्याउले-२ खाल्डेका धनबहादुर भारती घर पुगेको भोलिपल्टै आकास गजधुम्म भयो । प्रकृति पनि यति निर्दय बनिदियो कि महिनौंपछि आफ्नी अर्धाङ्गिनी उमा र घर परिवारसँग सुस्ताउन पुगेका भारतीको पारिवारिक जीवनदेखि सायद दैवलाई पनि इष्र्या लाग्यो ।

आमा नपाएसम्म पानीमुनि गए पनि छाड्दिनँ

जितेन्द्र श्रेष्ठ कुवेतमा रहेको नेपाली दूतावासका सहायक बताउने पुष्पा भट्टराईले दलालकै पक्षमा वकालत गरेर भनिन् ‘हेर भाइ † तिमीले केही पनि क्षतिपूर्ति पाउँदैनौ खुरुक्क नेपाल फर्के हुन्छ । हराएको मान्छे खोजेर काहाँ भेट्टाउने यति ठूलो सहरमा । हराएको मान्छेको क्षतिपूर्ति मागेर पनि पाइन्छ ‘ मनभिर रीस उठ्यो । अर्काको देशमा आफ्नैले गाली गर् यो कम्ता चित्त दुखेन कुमारको ।

खै कहाँ छ राज्य?

अमित घिमिरे चौतारा १४ चैत ४० हजारलाई एक हजार कम रकम चोरी भए पछि राज्य खोज्दै रुपलाल८४ वर्ष पार गरेका सिन्धुपाल्चोक जिल्ला सिम्पालकाभ्रे गाविस-८ भीरखर्कका रुपलाल तमाङ् १ दिन लगाएर न्याय पाऊन दोस्रो पल्ट सदरमुकाम चौतारा आए । पहिलो पल्ट उनी ७ महिना अगाडि छिमेकी मातेको ठिटोले मुक्का हानेर दाँत खुस्काइ दिए पछि दाँत दसीप्रमाण सहित लिएर जिल्ला प्रहरी कार्यालय चौतारा आएका थिए । त्यस बेला प्रहरी परिसरबाटै दसीप्रमाण दाँत हरायो ।

हेलम्बुका स्याउ अब इतिहासमात्र

राम केसी हेलम्बु २४ मंसीर एकताका चर्चाको शिखरमा पुगेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसको स्याउ रोगका कारण निमिटयान्न भएपछि पहिलेकै अवस्थामा पुर्‍याउन किसान लागिपरे पनि विभिन्न कठिनाइका कारण उनीहरूको मेहनत पुनः असफल हुँदै गइरहेको छ।