Air Ticketing in Nepal Contact to Merosindhu.com

दुगुना गढी

तातोपानी गाविस वढा नं ६ यार्मासिङ्गमा निर्मित दुगुनागढी ऐतिहासीक र पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण मानिन्छ । नेपाल तिब्बत सिमानाको मितेरिपुलबाट साढेँ चार कि मी पूर्व लार्चा भन्ने ठाँउबाट करिब एक घण्टाको उकालो हिँडेपछि उक्त गढीमा पुग्न सकिन्छ ।

सुकुटे बजार

सुकुटे बजार क्षेत्र नं २ अन्तर्गत पर्ने साँगाचोक गा वि स वडा नं. १ मा अवस्थित छ । राजधानिबाट करिब ६५ किलोमिटर दुरिमा पर्ने यो बजार कालीका, ठोकर्पा गा.वि.स. स्थानीय बासिन्दाहरुले समेत सदरमुकाम र राजधानि लगाएतका स्थानहरुमा आवतजावत गर्दा सजिलो पर्ने स्थान भएकोले यसलाई पनि राजमार्गीय वजारको रुपमा लीन सकिन्छ ।

मुडे बजार

यो बजार काठमाडौबाट करिब १०० किलोमिटर दुरीमा रहेको उच्च पहाडी भुभागमा अवस्थित बजार मध्यकै पहिलो र एकमात्र राजमार्गीय बजार हो । समुन्द्री सतहबाट करिब ७५०० फिट उचाईमा रहेको क्षेत्र नं १ अन्तर्गत पर्ने यो बजार जेठल गाविस को वडा नं ८ मा पर्दछ ।