माघ ९ । दुवई – विश्वलाई नै आकर्षित गर्ने ‘दुवई महोत्सव–२०१२’ नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण सावित भएको छ । दुवईको ग्लोबल भिलेजमा चलिरहेको मेलामा नेपाल भवन पनि छ, जहाँ नेपाली संस्कृति झल्काउने विभिन्न स्टलहरु राखिएका छन् भने त्यहाँ नेपाली सरसमान पनि पाइन्छ ।
रामचन्द्र नेपाल/क्वालालम्पुर - मलेसियामा कार्यरत नेपाली कामदार आफूहरुमाथि अपमान भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । जोहोर वातुपहातमा रहेको रामाटेक्स कम्पनीमा कार्यर नेपाली श्रमिकहरुले आफूमाथि भएको अपमानको विरोधमा श्रमिकहरुले १६ नोवेम्बर बिहानैदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
सिउल, दक्षिण कोरिया ६ नोभेम्बर दक्षिण कोरियामा रहेका नेपालीहरूले प्रवासी मजदुर दिबसको तयारी गरिरहेका छन् । यो दिन प्रवासी मजदुरको माग कोरियन सरकार समक्ष राख्ने अवसर पनि भएकोले यसलाई मजदूरहरूले बिशे महत्व दिने गरेका छन् ।
जय आले। क्वालालम्पुर, ११ साउन मलेसियामा एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । नेपालको स्थायी ठेगाना सिन्धुपाल्चोक भएकी अन्दाजी ३५ वर्षीया शर्मिला गोलेले गत आइतबार आत्महत्या गरेकी हुन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै निलाइमा रहेको एक कम्पनीमा प्याकेजिङ सेक्टरमा कार्यरत गोलेले सहकर्मी कामका गएको समयमा कम्पनीको होस्टलमा रहेको बाथरुमको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
प्रेम स्याङतान तामाङ, दोहा कतार नेपाल आदीवासी नजाजाति महांसंघ कतारको आयोजनामा यही जुलाई २९ तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा जनजाति चलचित्र महोत्सव २०११ हुने भएको छ । १७ औं विश्व विश्व आदीवासी दिवसको अवसर पारेर सो महोत्सवको आयोजना गर्न लागेको हो ।
प्रेम स्याङतान तामाङ, दोहा कतार
गत साल थाइल्याण्डको राजधानी र त्यसको वरपर भएको रातो र्सटधारीहरूको प्रदर्शनलाई विश्वले सजिलै बिर्सने छैन । त्यहा“का जनताले त कसरी बिर्सन सक्थे र । प्रजातन्त्र र राजनीतिक स्थायित्वको माग गर्दै रातो र्सटमा सडकमा शान्तिपपूर्ण प्रदर्शनमा ओर्लिएका थाई जनतालाई त्यहा“को राजतन्त्रप्रति बफादार रहेको सेनाले थेगेको अभिजित भिजाजिभा नेतृत्वको सरकारले निर्मम दमन गर्यो । ९० जना भन्दा बढी प्रदर्शनकारीहरूको हत्या भयो र आठसय जनाभन्दा बढी घाइते भए ।
दोहा, जेष्ठ २६ सिन्धुपाल्चोक युवा सिर्जना समूहको पाँचौ वाषिर्क साधारण सभाले विमल गिरीको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा कान्छा वम्जन, सचिव इन्द्रमणी नेपाल, कोषाध्यक्ष्य कैलाश गिरी, सह सचिव मिनबहादुर माझी र सदस्यहरुमा ललित वम्जन, अरुणकुमार भट्टराइ, दिपेन्द्र भट्टराई, रामकुमार भट्टराई, रामजी माझी, दिपक दनुवार, सूर्यबहादुर श्रेष्ठ, रामकाजी सुनुवार छन् ।
प्रेम लामा दोहा कतार । मे ६ २०११ का दिन दोहास्थित होमल्याण्ड रेष्टुरेण्टमा सम्पन्न नेपाल प्रवासी तामाङ समाज कतारको चौथो अधिवेशनले अध्यक्षमा पुनः शंखलाल तामाङलाई निर्विरोध चयन गरेको छ । ‘तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण’भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा कुमार मोक्तान तामाङ द्धितिय उपाध्यक्षमा रमी मोक्तान तामाङ, महासचिवमा माइला वाईवा तामाङ सचिवमा सुशिल तामाङ कोषाध्यक्षमा राज कुमार तामाङ र सहकोषाध्यक्ष रोशन दोङ तामाङ निर्वाचित भएका छन् ।
- कला अनुरागी पछिल्लो समय विश्वमा पश्चिमा मुलुक र विशेष गरी अमेरिकी दादागिरीविरुद्ध संघर्ष प्रत्यक्ष वा परोक्ष रूपमा भइरहेकै छ । कुनै पनि ढंगले विश्वमा आºनो साम्राज्य स्थापित गर्न दीर्घकालीन रणनीति तय गरेर अगाडि बढिरहेको अमेरिकालाई पुजीवादी अर्थनीतिले निकै भरथेग गरेको थियो । तर पछिल्लो समयमा आर्थिक मन्दी पैदा भई प“ुजीवादी अर्थनीति असफलसिद्ध हुदै जादा अमेरिका निकै गम्भीर संकटमा परिरहेको छ ।
