Air Ticketing in Nepal Contact to Merosindhu.com

सिन्धु चेलीको लाश कुवेतमा बेबारिसे अवस्थामा

हरीकृष्ण न्यौपाने, कुवेत, २७ साउन। पासपोर्टमा सिन्धुपाल्चोक जिल्ला दुबाचौर-३ ठेगाना भएकी श्रीमती फुल माया तामाङको लाश कुवेतको सरकारी शब गृहमा करिब ३ महिना देखी बेबारिसे अवस्थामा रहेको छ।

आधारातमा मलेशियावाट खेदिए नेपाली कामदार

काठमाडौ,फागुन २७ मलेसियाको केलाङ मेहरुमा रहेको कम्पनी ‘टप ग्लोब’ ले आधा रातमा बन्दुक देखाएर नेपाली कामदारलाई फिर्ता पठाएको छ । कम्पनीका निजी सुरक्षाकर्मीले रातीको समयमा बन्दुक तेस्याएर थर्काएपछि नेपाली कामदार रित्तै त्रिभुवन विमानस्थल आईपुगेका थिए ।

गाडीले ठक्कर दिंदा मलेसियामा एक नेपालीको मृत्यु

११ माघ, क्वालालम्पुर । सडक दुर्घटनामा परेर मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ । खोटाङ जिल्ला राजापानी गाविस वडा न ७ डेराखानी घर भई जोहोरबारुको पासिरगुडाङमा रहेको हृवाइटहर्स कम्पनीमा कार्यरत कमलकुमार राईको बिहीवार साँझ आठ वजेतिर समयमा ज्यान गएको सहकर्मी राजु शर्माले जानकारी दिए ।

वर्ष दिनदेखि अलपत्र ९५ कामदार घर फर्कन पाउने

दोहा (कतार), १६ श्रावण साउदी अरबमा एक वर्षदेखि अलपत्र ९५ कामदार स्वदेश आउन पाउने भएका छन् । कम्पनीले ५ वर्ष बित्दा पनि घर आउन नदिएका कामदार त्यस समूहमा छन् । साउदीको राजधानी रियादस्थित अलहायरमा अल सोइया कम्पनीमा कार्यरत ९५ कामदारले पछिल्लो समय ६ महिना बित्दा पनि तलब नपाएपछि गएको सेटेम्बरबाट काम छाडेर बसेका थिए । उनीहरू सबै निर्माण मजदुर हुन् ।

हेलम्बुकी कामी शेर्पा इजरायलमा मृत फेला

इजरायल, ८ साउन । केयर गिभरको रुपमा जेरुसेलम स्थीत गोल्डमेन मेनपावर कम्पनीमा कार्यरत सिन्धुपाल्चोक हेलम्बु घर भएकी कामी शेर्पा नाम गरेकी २५९४२६९ नम्वरको पासपोर्ट, नेपाली महिला हिजो मृत अबस्थामा फेला परेको जेरुसेलमबाट एन आर एन ईजरायलका बिशाल ज्ञावाली र कोखला अभदीमका रमेश शर्माले जानकारी दिनुभएको छ ।

टोक्योमा भव्य तीज कार्यक्रम हुने

काठमाडौँ, २ साउन । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज जापानले तीज विशेष कार्यक्रम गर्ने भएको छ । बिदेशी भूमिमा रहेर पनि नेपाली कला र सस्कृतिको संरक्षण र सम्बर्धन गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज जापानले बर्षेपिच्छे आयोजना गर्दै आइरहेको कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागेको हो ।

८० हजार नेपाली घरफिर्न जेल जानु पर्ने

काठमाडौं, असार २१, साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका कम्तीमा ८० हजार नेपाली घरफिर्न जेल जानुपर्छ । जेलप्रशासनले आउदो साता तीनसय जनालाई स्वदेश फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले भोकहड्ताल तोडेका हुन् ।

कोरियामा मेरो दुईवर्ष

रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको दक्षिणकोरिया आउने धेरै युवाहरु मध्ये म पनि एक हुँ । कोरिया आउने रहरसँगैमेहनतपूर्वक कोरियन भाषाको अध्ययन तथा इपिएस केएल टी भाषा परीक्षा उत्तीर्णगरेपछि बधाईको ओइरो मलाई पनि आउन थाल्यो । नकि मैले कुनै विषयमा पिएचडि नैपो गरेछु कि जस्तो लाग्थ्यो । लामो समयको

माया तामाङ स्पोन्सरको घरको झ्यालबाट हाम्फालेर भाग्न सफल

रवि रोषी मेरो नाम माया तामाङ हो । सिन्धुपाल्चोक जिल्ला महांकाल गाविस वडा नं। ४ मेरो घर हो । मैले १० कक्षा सम्म मात्र अध्ययन गरेकी छु । मेरो घरमा २ जना दिदी र एक भाईको साथमा बुवा आमा पनि हुनुहुन्छ । म करीब २० महिना अघि गाउँको २ जना साथीहरु संग कतार जाने कुरा घरमा बुवा आमा र दीदीहरुलाई बताएकी थिएँ । मेरो बुवा आमाले मलाई कुनै पनि हालतमा कतार काम गर्न पठाउन मञ्जुर नहुँदा पनि आफ्नै जिद्यीले म मेनपावरमा ९५ हजार बुझाएर कतार आएकी थिएँ ।

‘दुवई महोत्सव–२०१२’ मा नेपाल भवन

माघ ९ । दुवई – विश्वलाई नै आकर्षित गर्ने ‘दुवई महोत्सव–२०१२’ नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण सावित भएको छ । दुवईको ग्लोबल भिलेजमा चलिरहेको मेलामा नेपाल भवन पनि छ, जहाँ नेपाली संस्कृति झल्काउने विभिन्न स्टलहरु राखिएका छन् भने त्यहाँ नेपाली सरसमान पनि पाइन्छ ।