सिन्धुपाल्चोक कला र साहित्यको उर्बर भुमी हो। यही भुमिका दुई साहित्य अनुरागी जीतेन्द्र रसिक र दीपेन्द्र उदासले साहित्य साधनालाई साझा चिन्तन बनाएर नेपाली साहित्यमा नै नयाँ विधाको विकासमा जुटेका छन्। यस क्षत्रेमा अहोरात्र खटेका घरको भुगोल स्याउले गाविस र कर्मथलो नवलपुर (बाँडेगाँउ)लाई बनाउन पुगेका दुई अनुज गजल विधाका राम्रा पारखी हुन् । आफना पेशाबाट अतिरिक्त समय निकालेर एक रफ्तारमा एउटा साधनामा दाजुभाइ जुट्न उदाहरणीय कार्य हो ।
जिल्ला विकास समिति सिन्धुपाल्चोकले जिल्लाको समग्र गतिविधि समेटिएको पुस्तक सिन्धुपालचोक जिल्ला पाश्र्वृ चित्र २०६७ हालै प्रकाशन गरेको छ । २ सय ६० पेजमा संग्रहित यस पुस्तककमा जिल्लाको संक्षिप्त परिचय, जनसंख्या, भाषा, धर्म, जातजाति, महिला, अपाङ्ग, कृषि, पशुपालन तथा रोजगार पाचौं भागमा उद्योग, वन तथा भू-संरक्षण, शिक्षा तथा स्वास्थ्य, उर्जा तथा जलस्रोत समेटिएको छ । पुस्तक जिल्ला विकास समिति, सूचना तथा प्रकाशन शाखाबाट प्राप्त गर्न सकिनेछ । पुस्तकको संस्थागत रु. ५०० र व्यक्तिगत रु. २५० शुल्क निर्धारण गरिएको छ ।
पुस्तकका विशेषताहरु * सिन्धुपाल्चोक जिल्लाको भौगोलिक परिचय समाबेश गरिएको । * जिल्लाको समग्र विकासको संभावना तथा चुनौतीहरुका सम्बन्धमा अनुभव र विश्लेषण समावेश गरिएको । * राजनिति, सामाजिक क्षेत्र, विकास निर्माण, साहित्य, कला, धर्म, संस्कृति तथा पत्रकारिताका विषयमा जानकारी समेटिएको । लेखकः सरेश नेपाल प्रकाशक दुःखी प्रकाशन सिन्धुपाल्चोक, चौतारा
