Air Ticketing in Nepal Contact to Merosindhu.com

व्यवसायीका हक हित र नेपाल चीन ब्यापार प्रवद्धनका लागि विशेष पहल हुनेछः नर बहादुर नेपाल (विष्णु)

नेपाल–चीन व्यापार व्यवसायीहरुको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघको १८ औँ साधारण सभा यही माघ २८ गत हुन गईरहेको छ । यस १८ औँ साधारण सभाले नयाँ कार्य समिति छनाैट गर्नेछ । कार्यसमितिमा जानका लागि विभिन्न व्यवसायीहरुले विभिन्न पदमा आफ्नो उम्मेद्वार दिएका छन् । यसै सन्दर्भमा मेरोसिन्धु डटकमले नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेद्वारी दिनुभएका सिन्धुपाल्चोक जिल्ला, लिसंखु–पाखर गाउँपालिका वडा नं. ३ का जुजारु युवा व्यवसायी श्री नर बहादुर नेपाल (विष्णु) संग कुराकानी गरेको छ ।

नेपालको पहिलो महिला राष्ट्रपति बनिन् विद्या भण्डारी

काठमाडौं, ११ कात्तिक । नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष रहेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । योसँगै उनी नेपालको पहिलो महिला राष्ट्रपतिसमेत बन्न सफल भएकी छन् ।

सिके राउतको विचार होइन, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको वकालत गरेका हौंः एम्नेस्टी

काठमाडौं, असार १ – एम्नेस्टी इन्टरनेसनले राजीनामा दिएका आफ्ना पदाधिकारीहरुले लगाएको आरोपको खण्डन गरेका छन् ।

राहदानी वितरण अब विहान ८ बजेदेखि नै गरिने

२२ असार, काठमाडौँ । राहदानी वितरण प्रक्रियालाई सहज बनाउन सरकारले आइतवारबाट विहान ८ बजेदेखि काम सुरु गरेको छ । राहदानी लिन चाहने सेवाग्राहीले सास्ती झेल्नुपरेको गुनासो बढेपछि कार्यालय समयभन्दा दुई घण्टा अघि देखि नै राहदानी वितरण सुरु गरिएको हो ।

एसएलसीको नतिजा असारको पहिलो हप्ता

काठमाडौं २१ जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीब्ररुपमा अघि बढाइरहेको छ ।

साहित्यकार जगदिश घिमिरेको निधन

काठमाडौं, १४ कार्तिक । साहित्यकार जगदिश घिमिरेको ६८ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्ला ८ बर्षदेखि रक्त क्यान्सरपीडित घिमिरे दशैं अघिदेखि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिए ।

तातोपानी भन्सार मा व्यापक अनियमितता

नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाकास्थित तातोपानी भन्सार कार्यालयमा एक सातादेखि व्यापक अनियमितता भइरहेको व्यापारीहरुले वताएका छन् । यही रफ्तारमा राजश्व अनियमितता गर्दै जाने हो भने मासिक करोडौं रुपियाँ राज्यले नोक्सानी व्यहोर्नु पर्ने बताउँछन् ।

ट्रयाक्टर दुर्घटनामा एक परीक्षार्थीको मृत्यु, ३१ घाइते

५ चैत, सल्यान सल्यान सदरमुकाम खलङ्गाबाट श्रीनगर जाँदै गरेको ट्रयाक्टर सल्यान अस्पताल नजिकैको दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ भने अन्य ३१ विद्यार्थी घाइते भएका छन् । त्रिभुवन जनता माध्यमिक विद्यालयबाट परीक्षार्थीलाई लिई हिँडेको रा१च १९७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो ।

पशुपतिमा १ सय ११ पक्राउ, ४ लाख ७२ हजारले दर्शन गरे

रासस, काठमाडौं फागुन,२७ महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र परिसरमा होहल्ला गर्ने र अवैध लागुऔषधको कारोवार गर्ने १ सय ११ जनालाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र आसपासमा गाँजाको बेचविखन गरेको र त्यसको सेवन गरेको र लठ्ठ परेर बसेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो ।

पर्यटक साढे ५ प्रतिशतले बढे

काठमाडौ, फाल्गुन २१ जनवरीमा पर्यटक आगमन घटेर व्यवसायी निरास भइरहेका बेला फेब्रुअरीमा केही बढेकाले राहत महसुस गरेका छन् । फेब्रुअरीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा साढे ५ प्रतिशतले पर्यटक बढेका छन् । जनवरीमा भने २६ प्रतिशतले पर्यटक घटेका थिए ।