Air Ticketing in Nepal Contact to Merosindhu.com

नेपालको पहिलो महिला राष्ट्रपति बनिन् विद्या भण्डारी

काठमाडौं, ११ कात्तिक । नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी उपाध्यक्ष रहेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । योसँगै उनी नेपालको पहिलो महिला राष्ट्रपतिसमेत बन्न सफल भएकी छन् ।

सिके राउतको विचार होइन, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको वकालत गरेका हौंः एम्नेस्टी

काठमाडौं, असार १ – एम्नेस्टी इन्टरनेसनले राजीनामा दिएका आफ्ना पदाधिकारीहरुले लगाएको आरोपको खण्डन गरेका छन् ।

राहदानी वितरण अब विहान ८ बजेदेखि नै गरिने

२२ असार, काठमाडौँ । राहदानी वितरण प्रक्रियालाई सहज बनाउन सरकारले आइतवारबाट विहान ८ बजेदेखि काम सुरु गरेको छ । राहदानी लिन चाहने सेवाग्राहीले सास्ती झेल्नुपरेको गुनासो बढेपछि कार्यालय समयभन्दा दुई घण्टा अघि देखि नै राहदानी वितरण सुरु गरिएको हो ।

एसएलसीको नतिजा असारको पहिलो हप्ता

काठमाडौं २१ जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीब्ररुपमा अघि बढाइरहेको छ ।

साहित्यकार जगदिश घिमिरेको निधन

काठमाडौं, १४ कार्तिक । साहित्यकार जगदिश घिमिरेको ६८ वर्षको उमेरमा आज निधन भएको छ । पछिल्ला ८ बर्षदेखि रक्त क्यान्सरपीडित घिमिरे दशैं अघिदेखि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिए ।

तातोपानी भन्सार मा व्यापक अनियमितता

नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाकास्थित तातोपानी भन्सार कार्यालयमा एक सातादेखि व्यापक अनियमितता भइरहेको व्यापारीहरुले वताएका छन् । यही रफ्तारमा राजश्व अनियमितता गर्दै जाने हो भने मासिक करोडौं रुपियाँ राज्यले नोक्सानी व्यहोर्नु पर्ने बताउँछन् ।

ट्रयाक्टर दुर्घटनामा एक परीक्षार्थीको मृत्यु, ३१ घाइते

५ चैत, सल्यान सल्यान सदरमुकाम खलङ्गाबाट श्रीनगर जाँदै गरेको ट्रयाक्टर सल्यान अस्पताल नजिकैको दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ भने अन्य ३१ विद्यार्थी घाइते भएका छन् । त्रिभुवन जनता माध्यमिक विद्यालयबाट परीक्षार्थीलाई लिई हिँडेको रा१च १९७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो ।

पशुपतिमा १ सय ११ पक्राउ, ४ लाख ७२ हजारले दर्शन गरे

रासस, काठमाडौं फागुन,२७ महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र परिसरमा होहल्ला गर्ने र अवैध लागुऔषधको कारोवार गर्ने १ सय ११ जनालाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको छ । शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्र आसपासमा गाँजाको बेचविखन गरेको र त्यसको सेवन गरेको र लठ्ठ परेर बसेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो ।

पर्यटक साढे ५ प्रतिशतले बढे

काठमाडौ, फाल्गुन २१ जनवरीमा पर्यटक आगमन घटेर व्यवसायी निरास भइरहेका बेला फेब्रुअरीमा केही बढेकाले राहत महसुस गरेका छन् । फेब्रुअरीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा साढे ५ प्रतिशतले पर्यटक बढेका छन् । जनवरीमा भने २६ प्रतिशतले पर्यटक घटेका थिए ।

२०६९ को एसएलसी परीक्षा चैत १ गतेदेखि

काठमाण्डौं, १३ मंसिर, । शैक्षिक सत्र २०६९ को एसएलसी परीक्षा आगामी चैत १ गतेदेखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसएलसी परीक्षा चैत १ गते बिहीबारदेखि सुरु भई चैत्र ८ गते सम्पन्न हुने सूचना प्रकाशन गरेको छ। परीक्षा बिहान ८ बजेबाट शुरु भई ११ बजे चल्नेछ।